धरान/नेपाली कााग्रेस धरान उपमहानगर समितिले ४० औं मेलमिलाप दिवस विगतका बर्षहरुझौ यस बर्ष पनि भव्य रुपले मनाएको छ ।
नेपाली कााग्रेसका संस्थापक नेता स्व. बीपी कोइराला आठ बर्ष भारत प्रवास पश्चात राष्ट्रियता नै खतरामा
रहेको वास्तविकता बोध गरी २०३३ पौष १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरणमा नेपाली कााग्रेसले पौष १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा प्रत्येक बर्ष केन्द्रदेखि जिल्ला, क्षेत्र, नगर र गाउा तहमा मनाउदै आएको छ ।
धरान उपमहानगर समितिले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले बीपीले अंगीकार गरेको राष्ट्रिय मेलमिलापको नीति वर्तमान अवस्थामा अझ बढी अपरिहार्यता र सान्दर्भिक बन्दै गएको कुरामा जोड दिएका थिए । उहााहरुको जोड थियो राष्ट्रियता र लोकतन्त्र वर्तमान विश्व परिवेशमै एकअर्काका पुरक जस्तो देखिएका छन् । नेपालको सन्दर्भमा यसको अपरिहार्यता अझ बढेर गएको छ । नेपाली कााग्रेसमात्र हैन यहााका अन्य प्रमुख राजनैतिक दलहरुले समेत बीपीको मेलमिलाप नीतिलाई अंगीकार गर्नुपर्नेमा उहााहरुको जोड थियो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रित पूर्व मन्त्री तथा नेपाली कााग्रेसमा प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीले बीपी कोइरालाको मेलमिलाप नीतिको जगमा उभिएर नेपालको लोकतान्त्रिक संविधान जारी भएको बताउनु भएको थियो । उहााले भन्नुयो अब जारी भएको संविधानको सफल कार्यान्वयनमा नेपाली कााग्रेसकै अग्रणी र नेतृत्वदायी भूमिका रहनुपर्छ । उहााले भन्नुभयो बीपी जस्तो दूरदर्शी नेताकै कारण यहाा लोकतन्त्रको अभ्युद्य भएको हो । यसैगरी नेपाली कााग्रेसका अर्का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी सावदले प्रत्येक नेपालीबीचको भावनात्मक एकता वर्तमानको अवश्यकता भएकोले बीपीको मेलमिलाप नीतिलाई हामीले आत्मसात गर्नैपर्छ । यस्तै अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले बीपीको राष्ट्रिय मेलमिलाप नीतिले
राष्ट्रियता र प्रजातन्त्रलाई राष्ट्रिय एकता र मेलमिपालका माध्यमबाट जोड्ने काम भएको प्रष्ट पार्नुभएको थियो ।
नेपाली कााग्रेस धरान उपमहानगर समितिका सभापति किशोर राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली कााग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे, केन्द्रीय सदस्य दिलकुमारी
राई, महासमिति सदस्य एवम् आगामी १३ औं महाधिवेशनको सुनसरी क्षेत्र नं. १ का सभापतिका सशक्त प्रत्यासी मदन ढकाल, पूर्व क्षेत्रीय सभापति एवम् नेपाली कााग्रेसका युवा प्रभावशाली नेता विनोद राई, पूर्व सांसद हरिनाथ वास्तोला, सांसद सीताराम मेहता, जिल्ला सभापति राजीव कोइराला, आनन्द आचार्य, गिरिराज आचार्य, सुरेशमान श्रेष्ठ, विकास आचार्य, जीवन राई लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेका नगर सचिव राजुमान श्रेष्ठले गर्नुभएको थियो ।
