अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी र ए डिभिजन क्लब पदाधिकारीहरुको सोमबार बसेको बैठकले भदौं १५ देखि २५ गते सम्म दशरथ रंगशालामा नक–आउट फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगितामा सहभागी हुने टिमहरुलाई गत वर्ष गोर्खा कप फुटबलमा उपलब्ध गराइएको सरह नै सुविधाहरु दिइने एन्फाले जनाएको
छ ।
एन्फाले कातिर्क २१ गते देखि
राष्ट्रिय लिग (होम एण्ड अवे) गर्ने भएको छ । लिगका लागि खेलाडी दर्ता असोज १ गतेबाट खुला
गरिनेछ ।
बैठकमा मछिन्द्र, फ्रेण्ड्स, हिमालयन शेर्पा र सरस्वती युवा क्लबका प्रतिनिधि भने अनुपस्थित थिए । एन्फाको अनुरोध अनुसारको प्रतिवद्धता पत्र बुझाई प्रतियोगितामा सहभागी हुन अनुरोध गरेमा नियम बमोजिमको प्रतियोगितामा सहभागीता प्रदान गराइने एन्फा उपाध्यक्ष एवम् प्रवक्ता ललितकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
