मधेशी मोर्चाको मागलाई सम्बोधन गर्ने संविधान संशोधनको प्रस्ताव ल्याउने मन्त्री परिषद्ले निर्णय गरेपछि नेपालस्थित भारतीय राजदूत रञ्जित राय र सभामुख ओमसरी घर्तीका बीच हिजो अपरान्ह ३ बजे भेटवार्ता भएको छ ।
सभामुख घर्ती र राजदुत रायबीच सभामुखको सचिवालयमा भएको भेट वार्तामा रायजले संविधान संशोधनको प्रस्ताव स्वातयोग्य भएको र यसले नेपालको आन्तरिक समस्या समाधान गर्न सभाउ पुग्ने आशा व्यक्त गर्नुभएको थियो । राजदुत राय अगाडि दक्षिण कोरिया, मलेसिया र इजरायलका राजदुतहरुले सभामुख घर्तीसाग भेटवार्ता गर्नुभएको थियो ।
