इटहरी/पूर्वाञ्चलको व्यापारिक केन्द्र इटहरी उपमहानगरपालिका वडा नं. १७ एकम्बा स्थित न्यू जय नेपाल इाटा भट्टाको चिम्नि सोमबार पौने पााचबजे विस्फोट हुादा आठ जनाको मृत्यु भएको छ भने चालीस भन्दा बढी घाइते भएका छन् ।
विगतका बर्षहरुझौ यस बर्ष पनि सोमबार पहिलो पटक चिम्निमा फायरिङ्ग गर्ने दिन थियो । भगवान श्रेष्ठ,
रामसुन्दर जलाल र धरानका विनोद अग्रवालको संयुक्त लगानीमा सञ्चालन भएको उक्त इाटा भट्टामा विधिवत पूजा आजा गरेर विनोद अग्रवालले फायरिङ्ग गरेका थिए । फायरिङ्ग गरेको करिव सात मिनेटमै चिम्नी ठूलो आवाजसहित विस्फोट भएको थियो ।
चिम्निीमा पहिलो फायरिङ्ग भएकोले सम्पूर्ण आफन्तहरुलाई बोलाइएको थियो कोशी अञ्चल इटा भट्टा व्यवसायी संघका कोषाध्यक्ष अनिल अग्रवालले बताउनुभयो । चिम्नी अचानक विस्फोट हुादा भारत विहारका ३२ बर्षीय मिथिलेश पासवान, इटहरी उपमहानगरपालिका वडा नं. २० का शिव नारायण चौधरी, भगलीदेवी
चौधरी, भारत पश्चिम बंगालमा सद्धाम हुसैन, गरिव नायारण पासवान, सलुन मिया, राहुल मियाा, भारत विहारका सुलभ मिया र भारत विहारका मस्थाप मियाको मृत्यु भएको छ । घटनामा घाइते भएका ३० जना भन्दा बढीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
व्यवसायी अग्रवाललाई मार्ने षड्यन्त्र ?
न्यू जय नेपाल इाटा उद्योगको चिम्नी विस्फोटलाई लिएर व्यवसायीहरुले एउटा षड्यन्त्रका रुपमा लिएका छन् । नेपालमा मात्र हैन अन्य मुलुमा पनि यसरी चिम्नी विस्फोट भएका घट्ना हालसम्म सुन्नमा नआएको सुनसरी अल्मुनियम उद्योगका सञ्चालक विनोद अग्रवालले बताउनुभयो ।
उहााले भन्नुभयो एउटा षड्यन्त्र हो । सोमबार चिम्नीमा पहिलो फायरिङ्ग हुने भएपछि अघिल्लै दिन सााझमा कसैले शक्तिशाली बम राखिदिएको हुनसक्छ । नत्र फायरिङ्ग गर्दैमा चिम्निमा पड्कदैन । धर्मकर्ममा त्यति साह्रो वास्ता नगर्ने अग्रवालले ब्राम्हण पढाएर अग्नीदेवको पूजा गरी चिम्निीमा टायर बालेको ५/७ मिनेटमै विस्फोट हुनुले यसमा गम्भीर षड्यन्त्रको आशंका सबैले गरेका छन् । फायरिङ्गको पहिलो दिन भएकोले स्थानीय समेत प्रसाद खान ठूलो संख्यामा उपस्थिति हुने गर्छन् । प्रसाद खान आएका स्थानीय समेत घाइते भएका छन् । अग्रवाल भन्नुहुन्छ देशको अवस्था अत्यन्तै कहालीलाग्दो
छ । विभिन्न समूहले चन्दाको डिमान्ड गरिरहेका हुन्छन् । कतिलाई कहिले दिन सक्ने अवस्थामा छैन भेर टाल्नुपर्छ, कतिलाई भरे भोलि भनेर ढाट्नुपर्छ । व्यवसायीको सु्रक्षा छैन । राज्यले व्यवसायीसाग कर मात्र असुल्छ तर
सुरक्षा दिादैन ।
चिम्नी विस्फोट हुनै सक्दैन
गत वैसाखमा आएको भुकम्पले चिम्नीको माथिले भाग केही चर्काएकोले त्यसको पुन: मर्मत गरिसकेको अवस्था थियो, इटाभट्टाका म्यानेजर राजनले बताउनुभयो । न्यू जय नेपालव इाटा भट्टाको मात्र हैन अन्य इटा भट्टाको चिम्नी समेत आरसिसी गरेर बनाइएको हुन्छ । चिम्नी १५ फुट तलबबाट आरसिसी गरेर ठड्याएको हुन्छ । चिम्नीको वाल ४० फिट माथिसम्म ४० इन्चको आरसिसी हुन्छ भने त्यसभन्दा माथि २० इन्चको
रहेको हुन्छ । आरसिसी ढलान गरेर बनाइएको चिम्नी सामान्य विस्फोटले ढल्नै सक्दैन । चिम्निमा आगो भट्टा मालिकले नै लगाउनुपर्ने परम्परा छ । त्यसदिन पनि चिम्नी तताउन टायर बालेको केही मिनेटमै विस्फोटन भएको छ । स्थानीय हरि चौधरीले भने, यति ठूलो विस्फोटनको आवाज हामीले अहिलेसम्म सुनेकै थिएनौं । चिम्नी पड्कदा पूरै गाउा नै आतंकित भयो । कोकाहोला मच्चियो ।
छानविनका लागि आग्रह
आठ जनाको ज्यान जाने र ४० भन्दा बढी घाइते हुने गरी भएको विस्फोटले व्यवसायी विनोद अग्रवाललाई सडकमा ल्याइदिएको छ । बैंक र साहु महाजनबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्न खोजेको थियो तर सबै चौपट्ट भयो व्यवसायी विनोद अग्रवालका पिता धरान वडा नं. ५ निवासी सजन अग्रवालले भन्नुभयो ।
चिम्नी विस्फोटनपश्चात इाटा व्यवसायीहरु आतंकित भएका छन् । उनीहरुले विस्फोटनको निष्पक्ष छानबिनका लागि प्रशासनसंग आग्रह गरेका छन् । कोशी अञ्चल इाटा भट्टा व्यवसायी संघका अध्यक्ष खगेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले चिम्नी विस्फोटमा प्रशासनले
गहिरो अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका हुन. । उनीहरुले चिम्नी विस्फोट व्यवसायकै हत्या गर्ने योजना देखियो व्यवसायीहरुले निष्पक्ष छानबिनका लागि इलाका प्रहरी कार्यालय पकलीमा उजुरी दर्ता गराएको संघका कोषाध्यक्ष अनिल अग्रवालले जानकारी दिनुभयो ।
