बाढी तथा प्रकोप नियन्त्रण सम्बन्धी नेपाल भारतको संयुक्त बैठक हालै सम्पन्न भएको छ । बाढी तथा प्रकोप नियन्त्रण (व्अषm) सम्बन्धी दशौं बैठकमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारतको गंगवादी नियन्त्रण आयोगका (जिएमसीसी)का सदस्य गोरखाका ठाकुर र नेपाली प्रतिनिधि मण्डलको नेतृत्व जल उत्पन्न प्रकोप विभागका महानिर्देशन
निरञ्जन पाण्डेले गर्नुभएको थियो ।
दुवै देशका प्रतिनिधि मण्डलले वागमति, लाल बकैया र कमला नदीको स्थलगत भ्रमण समेत गरेको थियो । हरेक बर्ष यी नदीमा आउने बाढी तथा बाढीजन्य प्रकोपका कारण नेपाल र भारत दुवै देशमा मानव बिपत्ति निम्त्याउदै आएको छ । दुई बर्ष अगाडिमात्र बागमति नदीले बगाएर दर्जनौको ज्यान गएको थियो भने हजारौ परिवार विस्थापित भएका थिए । अझसम्म त्यसरी विस्थापित भएका कैयौ परिवारको पुनस्र्थापना हुन सकेको छैन । दुवै देशका प्रतिनिधि मण्डलले पश्चिमी राप्ती नदीको अवलोकन गर्ने प्रस्ताव परे तापनि प्राविधिक कठिनाइका कारण उनीहरु पश्चिम राप्ती पुग्न भने सकेनन् ।
नेपाल भारत जल संसाधन तथा प्रशिक्षण सहयोग दुवै देशको सम्बन्धको महत्वपूर्ण पाटो हो ।
भारत सरकारले बागमती, लाल वैकैवा, कमला नदीका तटबन्धनलाई मजबुत बनाउनका लागि हरेक बर्ष अरबौ सहयोग समेत गर्दे आएको छ । बैठकमा तटबन्ध निर्माण सम्बन्धी प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो । हालसम्म यो नदीको तटबन्ध निर्माणका लागि भारत सरकारले ३ अर्ब ६७ करोड ६६ लाख रुपैयाा नेपाल सरकारलाई सहयोग स्वरुप प्रदान गरिसकेको छ । भारत जल संसाधनका क्षेत्रमा सहयोग गर्न प्रतिबद्ध रहेको र नेपालसाग मिलेर आगामी दिनमा हरप्रकारको सहयोग गर्ने तयार रहेको भारतीय प्रतिनिधि मण्डलका संयोजक गोरख ठाकुरले बताउनुभएको थियो ।
