धरान/सम्भावना बोकेका नव गायक नवराज बस्नेतको केमस्ट्री एल्बम आइतबार विमोचन भएको छ । नेपाल पत्रकार महासंघ सुनसरीको हलमा महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, पत्रकारद्वय हर्ष सुब्बा, भवानी बराल, संगीत प्रशिक्षक विनोद प्रियदर्शी तथा जिल्ला ट्राफक प्रहरी कार्यालय धरानका प्रमुख नविन अधिकारीले संयुक्त रुपमा एल्बमको विमोचन गरेका छन् । विमोचनका क्रममा पााचवटा गीत समावेश गरिएका सो एल्बमको एउटा गीत नव गायक बस्नेतले सबै सामु गाएर सुनाउनुभएको थियो । तिमी रुन्छौ जब, कठै बरी, थाहा थिएन, डान्स डान्स र शुरुवात बोलको गीत समावेश भएको सो एल्बमको रचना रोशन कार्की, विकास भुजेल, प्रशान्त तामाड र गायक स्वयम्ले गरेका छन् भने संगीत विकास भुजेल, रोशन कार्की र गायव स्वम्ले गरेका छन् । गीत सुनिसकेपछि कार्यक्रममा सहभागी भएकाहरुले नव गायक वस्नेतको प्रशंसा सबैले गरेका थिए । सो अवसरमा बोल्दै पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, पत्रकारद्वय हर्ष सुब्बा र भवानी बराल, प्रशिक्षक विनोद प्रियदर्शी र ट्राफिक प्रहरी प्रमुख नविन अधिकारीले गायक वस्नेतको एल्बममा समिटिएका सम्पूर्ण गीतहरु प्रशंसनीय रहेको बताउदै पूर्वाञ्चलबाट उदाएका गायक वस्नेतको भविष्य उज्वल भएको बताएका थिए । पाचकन्या गाविसमा साधारण परिवारमा जन्मिएका गाएक वस्नेत सानैदेखि विभिन्न स्टेज कार्यक्रमहरुमा गीतहरु पस्किदै आउने गरेको र धेरै प्रयासस्वरुप पूर्वाञ्चलबाटै आफ्नो गीत विमोचन गरिएको बताउनुभयो । सो अवसरमा आफूले सार्वजनिक गीत सबै सुनेर हौसला बढाइदिन समेत कार्यक्रममा सहभागीहकरुलाई अनुरोध समेत गरे ।
