सरकारले कर र ट्याक्स मात्र असुल्न जानेको छ उद्योगको अवस्था बुझ्दैन

इटहरी/मधेशवादी दलहरुको बन्द, हड्ताल र सीमा नाकाहरुमा गरिएको अवरोधका कारण तीन महिना भन्दा अधिक समयदेखि मुलुकको जनजीवन अस्तव्यस्त भएको छ । भारत तथा तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थको समयमै आयात हुन नसक्दा तराई क्षेत्रमा रहेका उद्योग कलकारखाना पूर्ण रुपमा बन्द भएका छन् जसका कारण कार्यरत मजदुरहरु बेरोजगार हुादा उनीहरुको आश्रित परिवारको मुखमा माड लाग्न छाडेको छ ।
पूर्वाञ्चलको सन्दर्भमा वास्तविकता भन्नुपर्दा इटहरी र पूर्व सवारी साधन सञ्चालनका हिसाबले केही सहज देखिए तापनि नाकाहरुबाट आपूर्ति सहज हुन नसक्दा यहाा रहेका एक आद्य उद्योगहरुसमेत बन्द हुने अवस्थामा पुगेका छन् । इटहरीस्थित रहेको रिजाल टाासी इण्डष्ट्रिज प्रा.लि. समेत यतिबेला यस्तै अवस्थाबाट गुज्रिरहेको छ ।
वि.सं. २०३८ साल साउन २७ गते मंगलबारदेखि रिजाल र भुटानी नागरिको संयुक्त लगानीमा सञ्चालन भएको रिजाल टाासी इण्डष्ट्रिज प्रा.लि.ले हाल जाम, जुस, स्क्वायस, सस, स्लाइस, पिकल्स लगायतका ४८ प्रकारका आइटमहरु उत्पादन गर्दै आएको छ । पछिल्लो पटक बन्द, हड्ताल, कच्चा पर्दाको सहज आपूर्ति हुन नसक्दा केही आइटमहरुको कटौति गरेर भएपनि, उद्योग घाटामा सञ्चालन गरेर भएपनि मजदुरहरुलाई रोजगारी दिइरहेको छ । रिजाल टाासी इण्डष्ट्रिज प्रा.लि.का सिनियर प्रशासन म्यानेजर खेलनारायण पराजुली भन्नुहुन्छ, यतिबेलाको मूल समस्या भनेकै कच्चा पदार्थको आयात नै हो । भारतकै नाका भएर कच्चा पदार्थ आउने हो । खास गरी यस उद्योगलाई फलफूल, सुन्तला, पाइनापल, हरियो खोर्सानी, आाप, प्याकिङ्गका सामान, बोतल, विर्को सबै भारत तथा तेस्रो मुलुबाट आउाछन्् । लेवल, काटुन यहाा बने तापनि यसका लागि चाहिने कच्चा पदार्थ भारतबाटै आउाछन् । खासगरी सिजनमा अलि अलिमात्र यहााको कच्चा पदार्थले धान्ने हो । फूल फेसमा १२ महिना चलाउनुपर्दा भारतबाट आएको कच्चा पदार्थमा भर पर्नुपर्छ । उद्योगका लागि सरकारले स्कर्टिङ्गमा सामान ल्यादिन सक्छ तर त्यो पनि भएको छैन । आÏनै ढंगले जेनतेन गरेर कच्चा पदार्थ ल्याउादै छौं तर यसरी ल्याउादा लागत बढेको छ । ट्रान्सपोर्टबाट उत्पादित सामान अन्यत्र पठाउादा पनि बढी मूल्य तिुर्नपरेको छ । स्थानीय स्तरबाट कुनै प्रकारको सहयोग छैन । कुपनमा उद्योगलाई चाहिने डिजल पाइन्छ भन्ने सुनेर ट्राफिकमा गयौ, सिडियोलाई भन्नुस भन्छ । सिडियोलाई भन्यो निगमलाई भन्नुस भन्छन् । निगमलाई भन्यो विभागलाई भन्नुस भन्छ । यस्तो असहज अवस्थामा पनि उत्पादन कटाैिति गरेर भस्पनि हामीले मजदुरलाई रोजगारी दिइरहेका छौं, सिनियर प्रशासन म्यानजर पराजुलीको कथन छ ।
म्यानेजर पराजलुी भन्नुहुन्छ, धन्न उद्योग इटहरीमा भएकोले यतिसम्म सम्भव भएको हो । उहाा भन्नुहुन्छ यतिबेला उद्योगमा १ सय २७ जना स्थायी र क्याजुअल ३० देखि १ सय १० उद्योगमा आश्रित छन् । उहााले आक्रोस पोख्दै भन्नुभयो सरकारबाट कुनै पं्रकारको सहयोग पाइएको छैन । न नियिमत विद्युत छ न जेनेरेटर चलाउन डिजल छ, न भट्टी चलाउन दाउरा छ । तर सरकार कर र ट्याक्स मुरियाएर लिन्छ तर सहुलियत र छुट छैन । उहाा भन्नुहुन्छ यो अवस्था अझ केही समय रहे उद्योग बन्द गर्नुको विकल्प छैन । यस सम्बन्धमा तपाईहरुले सरकारलाई कुनै प्रकारको दबाब दिनु भएको छैन त भन्ने सवालमा पराजुली भन्नुहुन्छ सरकारका आाखा फुटेका छैनन् । सरकार टुलुटुलु हेरेर बसेको छ । हामीले व्यक्तिगत रुपमा सरकारलाई भन्नुभन्दा पनि संस्थागत रुपमा घच्घच्याएका छौं । उद्योव वाण्ज्यि महासंघले अब उद्योगका तालाचाबी नै सरकारलाई जिम्मा लगाउछौं भनिसकेको छ । सरकारको कुनै सहयोग बिनै धन्न अहिलेसम्म हामीले धानिरहेका छौं ।
सरकारले अब उद्योग सञ्चालनलाई सहज बनाउन के गर्नुपर्ला भन्ने सवालमा सिनियर प्रशासन म्यानेजर परजुली भन्नुहुन्छ उद्योग धन्दा सहज ढंगले सञ्चालन होस् भन्ने सरकारको मनस्थिति भए पहिला यातायात भाडामा सुहिलयत दिनुपर्छ । डिजल सहज ढंगले उपलब्ध गराउनुपर्छ । विद्युत नियमित आपूर्ति हुनुपर्छ, आयात हुने सामान स्कर्टिङ्ग गरेर भएपनि उद्योगसम्म आउन सक्ने व्यवस्था हुनुपर्छ, डिडेन्सन (विलम्ब शुल्क) मिनाहा गरिदिनुपर्छ ।, यस्तो अवस्थामा जेनतेन उत्पादन कटौति गरेर भएपनि उद्योग सञ्चालन गरिरहनु भएको छ उत्पादन भएको वस्तुको मूल्य पनि वृद्धि गर्नु भएको होला नि हैन भन्ने हाम्रो जिज्ञासामा उहााले भन्नुभयो अहिलेसम्म हामीले मूल्य वृद्धि गरेका छैनांै । तर सधै यसरी धान्न सक्ने अवस्था पनि छैन । मूल्य वृद्धिको सोच हामीले बनाएका छौं । बजारमा अभाव नहोस्, अरुले आफ्नो बजार कब्जा गर्न नसकून भनेर अहिलेसम्म घाटामै भएपनि उद्योग चलाउन बाध्य भएका छौं ।
यहाा स्मरणीय कुरा के छ भने भुटानी नागरिक र रिजालको ज्वाइन्ट भेन्चरमा उद्योग सञ्चालन हुनुभन्दा अगाडि
रिजाले मात्र एक्लौटी उद्योग सञ्चालन गर्दे आएको थियो । त्यसबेला उद्योगको नाम रिजाल क्यानिङ्ग एण्ड कम्पनी रहेको थियो । त्यसबेला जाम, जुस, सर्वत, स्लाइसहरु लगायत ८/१० आइटम उत्पादन हुने गर्दथ्यो । २०४३ सालपछि अन्तर्राष्ट्रिय स्तरका उच्च गुणस्तरका
मदिराहरु समेत उप्दान आरम्भ भयो ।
भारतको प्रख्यात मेकिङ्गस कम्पनीसाग मिलेर मदिराको उत्पादन भएपनि हाल मदिरा उत्पादन बन्द रहेको छ ।
त्र

तपाईको प्रतिक्रिया