आदिवासी जनजाति संघमा राई

धरान/ नेपाली कांग्रेस निकट नेपाल आदिवासी जनजाति संघ सुनसरीको सभापतिमा नन्दराज
राई चयन हुनुभएको छ ।
धरान वडा नं. ८ वाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित भई क्षेत्र नं. १ को आमन्त्रित सदस्यमा समेत मनोनित भएका राई लामो समयदेखि नेपाली कांग्रेसमा सकृय रहंदै आउनुभएको थियो । एक महिनाभित्र समिति विस्तार गरी छ महिनाभित्र संघको जिल्ला अधिवेशन गर्ने गरी उहालाई सभापति चयन गरिएको महामन्त्री एवम् केन्द्रिय प्रतिनिधि प्रशान्त राईले बताउनुभयो ।
यसै वीच उहालाई महामन्त्री
राई, जिल्ला सहसचिव विकास आचार्य, क्षेत्रीय सभापति चन्द्र प्रसाद श्रेष्ठ, युवा नेता तिलक राई लगायतले बधाई तथा शुभकामना दिनुभएको छ । क्षेत्रीय सभापति श्रेष्ठको अध्यक्षतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा उपसभापति सुरेशमान श्रेष्ठ, क्षेत्रीय सचिव सुजेन्द्र तामाङ, क्षेत्रीय सदस्य सागर प्रसाई, प्रेमकुमार राई, नेपाल विद्यार्थी संघका हात्तिसार ईकाई सभापति राजेश राई लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया