प्रसस्त मात्रामा यातायातका साधन नचल्दा दशैमा टिका लगाउन जाने यात्रुहरुको विजोग पेट्रोलियम पदार्थको अभाव देखाउदै यातायात व्यवसायीले तेब्बर भाडा असुले

धरान/ यस बर्षको दशैमा यात्रुहरुले यात्रा गर्दा दोहोरो मारमा
परेका छन् । गन्तव्यसम्म हिडेका यात्रुहरुले पेट्रोलियम पदार्थको अभावका कारण सवारी साधन पर्याप्त नचल्दा झुण्डिएर यात्रा गर्नुपर्ने अवस्था भयो भने पेट्रोलियम पदार्थको अभावको कारण देखाउदै सवारी सञ्चालकहरुले दोब्बर भाडा लिने गरेको पाइएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका धनकुटा मुर्तिढुंगा रामवावु काफ्लेले दुई दिनपछाडि धरानबाट घरसम्म चल्ने सवारी साधनमा जाने मौका त पाए तर गन्तव्यसम्म गएको भाडा दोब्बर तिर्नुपर्‍यो । घरसम्म पुग्ने भाडा ३ सय रुपैया भएपनि ट्याक्सीले उहालाई १ हजार २ सय रुपैया लियो ।
यस्तै अवस्था धरान ४ का डा.प्रमोद यादवले समेत भोग्नुपर्‍यो । विहान ४ बजेदेखि सवारी साधनको पर्खाइमा बस्नुभएका उहाले समेत साविक भाडा भन्दा दोब्बर भाडा तिर्नुपर्‍यो । स–परिवार तेह्रथुम जानु भएका उहाले ट्याक्सी व्यवसायी संघले ५ सय रुपैया भाडा दर तोकेपनि दशैको मौकामा १ हजार ५ रुपैया तिर्नुपर्‍यो ।
ट्याक्सी व्यवसायी तथा चालकहरुले मागेको भाडा नदिएसम्म घर जान नपाइने भएकोले बाध्यताबस बढी भाडा तिर्नुपरेको यात्रुहरुको भनाई छ ।
रामबाबु काफ्ले र प्रमोद यादब त प्रतिनिधि पात्रमात्र हुन् । यस्ता धेरै यात्रुहरु दोहोरो मारमा परेका छन् । ट्याक्सी चालकहरुले आफूले बढी भाडा लिएको स्वीकारेबाट प्रष्ट हुन्छ यात्रुहरुले कतिको सास्ती भोग्नुपरेको छ भन्ने कुरा । ट्याक्सी चालकहरुले बाध्यताबास आफूहरुले भाडा बढी लिने गरेको स्वीकारेका
छन् । उनीहरुले पेट्रोलको अभावका कारण थोरै सवारी साधनबाट धेरै यात्रु ओसार्नु परेकाले यस्तो भएको बताएका छन् ।
यता सुनसरी यातायात व्यवसायी संघका सचिव सुरेश श्रेष्ठले पेट्रोलियम पदार्थको अभाव देखाउदै बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्ने भनिए पनि यस्तो अवस्था खुलेआम डबल तेब्बर भाडा लिदा समेत मौन पाइएको छ ।
साना सवारी साधनमा बढी भाडा तिर्नुपर्ने बाध्यतासंगै सार्वजनिक बसमा समेत कोचाकोच तथा छतमा बसेर जोखिमपूर्ण बाध्य छन् यात्रुहरु । सन्तान लिएर गएका महिलालाई पहिलो प्राथमिकता दिने भनिए तपानि उनीहरु समेत ढोकामा झुण्डिएर जानुपर्ने बाध्यता रहेको गुनासो गर्दै आएका
छन् ।
साना सवारी साधनले दोब्बर तेब्बर भाडा असुलेको भएपनि बसले भने तोकिएकै भाडामा यात्रुहरु
बोकिरहेको व्यवसायीको दाबी छ । डिजेल अभावका कारण आवश्यता अनुसार सवारी सञ्चालन गर्न नसक्दा यात्रुहरुलाई छतमै राखेर भएपनि यात्रुहरुलाई गन्तव्य स्थलसम्म पुर्‍याउने काम गरेको व्यवसायीहरुको दाबी छ ।
उनीहरुले दशैजस्तो महत्वपूर्ण चाडमा समेत नाकाबन्दी र मधेशवादी दलको आन्दोलनको असर यातायात व्यवसायी, यात्रु सबैले भोग्नुपरेको भन्दै सरकारको नायालकीपनको कारण यस्तो अवस्था आएको बताएका छन् ।
विगतका दशैका समयमा पहाडी क्षेत्रमा जाने यात्रुवाहक बसहरुको संख्या ३ देखि ४ सयसम्म हुने, ट्याक्सीको संख्या ४० देखि ५० र माइक्रो भेनको संख्या ५ सय भएपनि पेट्रोलियम पदार्थको अभाव कारण आधा भन्दा बढी सञ्चालनमा आएको व्यवसायीहरुको भनाई छ ।
यस्तो अवस्था आउदा समेत प्रशासनले आखा चिम्लिनु र यातायात व्यवसायीले समेत पेट्रोलियम पदार्थको अभावको हवला दिदै बढी तेब्बर भाडा लिएर यात्रुहरुले यात्रा गर्नु सरकारकै नालायकी पन भएको भन्दै यस्तो अवस्था आउन नदिन प्रशासनले अनुगमन गरेर यात्रुहरुलाई यात्राको सहज वातावरण बनाउन सर्वसाधारणले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया