दशैको मौका छोपेर सरसफाइ गर्ने संघ संस्था दशै सकिनासाथ कानमा तेल हालेर बस्न थाले

धरान/ दशै भित्रिएसंगै मन्दिर वरपर सरफाइ गर्ने संघसंस्था दशै सिद्धिएपछि भने कानमा तेल हालेर बसेका छन् ।
दशै भित्रिएसंगै धरानका विभिन्न संघ संस्थाले सरसफाईलाई तिब्रता दिन गरे तापनि दीर्घकालीन सरसफाइको अभियान भने कसैले चाल्न सकेका छैनन् ।
नौराथा लागेसंगै धरानमा रहेका सम्पूर्ण मन्दिरहरुमा दर्शन गर्न जाने सर्वसाधारणका भीड बढेसंगै मन्दिर आसपास र वरपर सरसफाइ गर्ने संघ संस्थाको तछाडमछाड हुने गरेको छ । अरु बेला कानमा तेल राखेर बस्ने यस्ता संघ संस्थाहरुले अरु बेला समेत यस्ता धार्मिक पर्यटकीय क्षेत्रको सरसफाइ
गरिदिए धरान स्वच्छ र सफा हुनेमा दुविधा छैन ।
पछिल्लो समयमा मानव सेवामा समर्पिथ सेवक नामक संस्थाले समेत नौराथा लागेसंगै धरान विजयपुरमा
रहेको बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली र पञ्चकन्या मन्दिर आसपासमा सरसफाई गरेको छ । चाडपर्वमा मात्र हैन समयमा पनि सरसफाइलाई निरन्तता दिने सेवक धरानका संयोजक राजीव हलुवाईले जानकारी दिनुभयो ।
मानव सेवामा समर्पित गर्ने यस संस्थाले धरानका अत्यन्तै महत्वपूर्ण स्थानको प्रचारप्रसारमा समेत आफूहरु जुट्ने उहाले जानकारी दिनुभयो ।
यता सरसफाइमा सरिक बन्नुभएका इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले
सरसफाइसंगै जनचेतना फैलियोस् भन्ने उद्देश्यले आफूहरु समेत सरसफाइ कार्यक्रममा सरिक भएको बताउनुभयो । उहाले चाडपर्वका बेला मात्र हैन अरु बेला समेत सरसफाई अभियान चलाएर धरानलाई सफा र स्वच्छ बनाउनुपर्नेमा जोड दिनुभयो ।
दशै भित्रिएसंगै मन्दिरमा जाने भक्तजनहरुले बढी फोहोर गर्ने गरेको पाइएको छ । यसैलाई ध्यानमा दिई प्रत्येक सरसफाइलाई निरन्तरता दिने उनीहरुले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया