म्याच फिक्सिङको आरोपमा पक्राउ खेलाडी र प्रशिक्षक निलम्बित

काठमाडौं । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टीमका कप्तानसहित चार खेलाडी र प्रशिक्षक निलम्बनमा परेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार विज्ञप्ति जारी गरी मुद्धाको टुङ्गो नलागेसम्म उनीहरुलाई फुटबलको कुनै पनि गतिविधिमा संलग्न नगराइने जनाएको छ ।
‘फुटबल खेलमा मिलेमतो जस्तो संवेदनशील विषयको किनारा नलगाएसम्म अनुसन्धानमा रहेका खेलाडी एवं प्रशिक्षकलाई फुटबलको कुनै पनि गतिविधिहरुमा संलग्न नगराइने जानकारी गराउाछौं’
(विज्ञप्तिमा भनिएको छ ।
एन्फाले छानविन प्रक्रियामा प्रहरीलाई सबै खाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ । उसले खेल मिलेमतोको आरोपमा कप्तानसहितका खेलाडीहरु पक्राउ परेको खबरले स्तब्ध भएको समेत बताएको छ ।

तपाईको प्रतिक्रिया