मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई पद्मश्री साधना सम्मान

यस बर्षको पद्मश्री साधना सम्मानबाट कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य सम्मानित भएका छन् । त्यसैगरी पद्मश्री साहित्य सम्मान ‘लाटो पहाड’ कृतिका लागि साहित्यकार उपेन्ऽ सुव्वा र ‘मान्ठा हराएको जुग’का लागि पत्रकार मोहन मैनालीलाई प्रदान गरिएको छ ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको विशेष समारोहमा उक्त सम्मान प्रदान
गरिएको हो । गैरआवासीय नेपाली अभियानका अभियन्ता जीवा लामिछानेले नेपाली साहित्य र सिर्जनाको सम्वद्र्धन गर्ने उद्धेश्यले स्थापना गरिएको यो सम्मान संयुक्त रुपमा रु २ लाख राशीको रहेको छ ।
एक दशक अघि चितवनको
रत्ननगरमा स्थापना गरिएको पद्मश्री साहित्य सम्मान हरेक बर्षको दशैपछिको कोजागत र्प्ूिर्णमाको दिन प्रदान गरिदै आएको छ । बर्षभरि प्रकाशित भएका कृतिमध्ये उत्कृष्ट ठहरिएका सिर्जनालाई यो सम्मान प्रदान गरिन्छ ।
लाटो पहाड कृतिमा पूर्वी पहाडको रहन सहन र बोलीचालीलाई उपेन्ऽ सुव्वाले लाटो पहाड कृतिमार्फत उतारेका छन् । त्यस्तै दशक लामो द्वन्द्वका बेला नेपाली जनताले विभिन्न स्थानमा भोगेका पीडा र मर्मस्पर्सी अनुभवलाई पत्रकार मैनाली आफनो मान्ठा हराएको मान्छेमा समेटेका छन् ।
प्रतिष्ठान तथा सम्मानका
संरक्षक लामिछानेले आगामी वर्षदेखि पद्मश्री साहित्य सम्मानका लागि म्याद तोकेर पुस्तक वुझाउनु पर्ने प्रावधान हटाएको उक्त समारोहमा जानकारी दिए । साथै उनले भने, ‘संस्था आफैले हरेक बर्ष नेपाली साहित्यका पुस्तकहरु संकलन गरेर सम्मान प्रदान गर्ने छौं ।’
त्र

तपाईको प्रतिक्रिया