धरान/संयुक्त मधेशी मोर्चा र थरुहटको ५४ दिन यता तराई–मधेशमा जारी आन्दोलनका कारण धरान लगायत पूर्वका अन्य सहर तथा ग्रामीण क्षेत्रमा अत्यावश्यक औाषधिको चरम अभाव देखिएको छ ।
औषधिको चरम अभाललाई पूर्वका आम सर्वसाधारण, विरामी तथा औषधि व्यवसायीहरुले तीन दलीय नेताहरुको भारतसागको कुटनैतिक असफलतासाग जोडेर हेरेका मात्र छैनन् आक्रोस समेत व्यक्त गर्न थालेका छन् ।
औषधिजस्तो गम्भीर प्रकृतिका कुराहरु समेत राज्यले उपलब्ध गराउन नसक्नु भारतसाग तीन दलीय नेताहरुको पूर्ण कुटनीतिक असफलता हो अमरदिप मेडिकल हल दुहवी सुनसरीका सञ्चालक अमरदिप शाहले भन्नुभयो । औषधि जस्तो कुरामा समेत राज्यले लापारबाही गरेको देखियो । स्वास्थ्य संस्थाहरुमा गम्भीर अवस्थाका
विरामीहरुलाई बचाउन प्रयोग गरिने औषधि र सुई नै पाइन छाडेको छ साहले भन्नुभयो । लाइफ सेभिङ्ग औषधि पाउनै छाडिएको छ । सुगर, प्रेसर, साइक्याट्रिकको विरामीहरुका लागि औषधि छैन । अन्य औषधिहरु पनि एक हप्ता भन्दा बढी धान्न सक्ने अवस्था छैन । पााच दिन दश दिनका लागि औषधि लैजाने
विरामीहरुलाई एक दुई दिनको भन्दा बढी नदिादा पनि यस्तो अवस्था सिर्जना भइसकेको छ साह भन्नुहुन्छ ।
गोदाममा भएका र स्टक गरिएका औषधि सकिएको र आयात ठप्प हुादा समस्या भएको धरानका थोक विक्रेता सिपी दत्त बताउनुहुन्छ । सुनसरी औषधि घर सञ्चालन गर्दै आउनु भएका दत्त अहिले स्लाइन पानी, इन्जेक्सनहरु, इन्सुलिन, साइक्याट्रिक औषधिहरु, प्रेसर, सुगर लगायतका औषधि रित्तिएका छन् । औषधिजस्तो संवेदनशील कुरामा समेत राज्यले आयातका लागि पहल नगर्नु हाास्यास्पद हो । उहाा भन्नुहुन्छ राज्य सञ्चालन गर्ने नेतृत्व नालायक देखियो । इन्जेक्सन लगायतका औषधिहरु जिएमटी कम्पनीबाटै ल्याउनुपर्ने भएकोले प्राइभेटहरुले त्यस्तो औषधि वान टाइममात्र मगाउन सक्छन् । दत्त भन्नुहुन्छ औषधि तीनवटा च्यानलबाट आउने गर्छ । सुपर, होलसेलर र रिटलबाट एक महिनाका लागि औषधि स्टक हुन्छ तर झण्डै दुइ महिनादेखि भारतबाट औषधि आयात भएकै छैन । भारतबाट नेपालमा आयात हुने औष्ािधको ९० प्रतिशत भन्दा बढी वीरगञ्ज नाकाबाट भित्रिन्छ तर लामो बन्द, हड्तालले गर्दा कुनै प्रकारको औषधि आउन नसकेको र स्टक पनि सिदिदै गएको उहााको भनाई छ । गोदाम रित्तिइसक्यो, हड्तालका कारण कम्पनीहरुबधाट औषधि आएकै छैन । अब धेरै दिन चल्न सक्ने अवस्थै छैन । उहाा भन्नुहुन्छ औाषधिका खुद्रा विक्रेताबाट धेरै माग आइरहेका छन् तर थोक विक्रेताले आपूति गर्न सकिरहेका छैनन् ।
दत्तकै जस्तो भनाई छ अर्का थोक विक्रेता तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हातामा सञ्चालित लाइफ केयर मेडिकल हलका सञ्चालक चेतन अग्रवालको । औषधिको चरम अभाव भइसक्यो तर आयात ठप्प छ । दौडधूप गरेर भारतीय बजारबाट मोटर साइकलमा ल्याएर कहिलेसम्म धान्ने ? अहिलेसम्म त जसोतसो म्यानेज गर्दैछौं तर यसरी धरै दिनसम्म चल्न सक्दैन । उता राजन मेडिकल हल
धरान ५ का सञ्चालक रामविनोद चौधरी भन्नुहुन्छ भएका औषधि सिद्धिदै गएका छन् थपिनेचाहिा सम्भावना नै छैन । जुन औषधि सिद्धिदै गएको छ त्यो पुन: नआउने भएपछि अप्ठेरो पर्दै गएको छ । एरेष्ट्रो कम्पनीका औषधि लगभग सिदिइसकेको चौधरीको कथन छ । इनरुवाका औषधि व्यवसायी राजन मेहता भन्छन् बालबालिका, हृदयरोगी, मानसिक विरामीका लागि चाहिने औषधि अभाव हुादा मानिसको जीवन नै जोखिममा पर्न थालेको छ । उनका अनुसार सिलिमन, फेलेक्स, क्लाइम, मलम लगायतका औषधि छैनन् । अप्रेशनमा प्रयोग हुने आषधि र इन्जेक्सन केही छैन । टाउको दुखेको, पेट दुखेका औषधिहरु छन् जुन सामान्य हुन् मेहताको भनाई छ ।
पूर्वमा ९० प्रतिशत भन्दा बढी औषधि वीरगञ्ज नाकाबाट भित्रिन्छन् । अरु केही दिन औषधि आउन बन्द हुने हो भने औषधि अभावमै धेरै मानिसको ज्यान जाने देखिन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार सरकारले निशुल्क उपलब्ध गराउने कुष्ट रोग, टिवी लगायतका औषधि भित्रिन नसकेका
कारण समस्या भएको छ । बन्दले अक्सिनजन समेत आपूर्ति हुन नसक्दा गम्भीर प्रकृतिका विरामी तत्काल सीमा क्षेत्रका अस्पतालहरुमा रिफर गर्नुपर्नेै बाध्यता रहेको चिकित्सहरु बताउाछन् । जसलाई सीमा क्षेत्रका बजारबाट ल्याएर भएपनि बचाउन सकियोस् ।
त्र
