धरान/नेपालका राजनैतिक दलहरुको कुटनीतिक असफलताका कारण भारतीय नाकाहरुबाट पेट्रोलियम पदार्थ लगायत अन्य सामाग्री आउन नसक्दा जनजीवन नराम्ररी प्रभावित हुन पुगेको छ ।
पूर्वी नाका कााकडभिट्टाबाट सोमबार १ सय ३० वटा मालवाहक सवारी साधन नेपाल भित्रिएका छन् । तर त्यसमा पेट्रोलियम पदार्थ बोकेको सवारी साधन एउटा पनि नरहेको कााकडभिट्टा भन्सार कार्यालयले जनाएको छ । यसैबीच
विराटनगरको रानी भन्सार कार्यालय अगाडि सुरक्षाकर्मीलाई लक्षित गरी सोमबार राति अज्ञात समूहले विस्फोटन गराएको छ ।
टिनको बट्टामा रहेको विस्फोटक पदार्थ ठूलो आवाज सहित विस्फोट भएपनि कुनै क्षति भने नभएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । विराटनगरस्थित रानी भन्सार नाकाबाट सोमबार सााझ देखि एउटै पनि मालबाहक सवारी साधन भित्रिएका छैनन् । विगत १५ दिनदेखि नेपालकै सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्जबाट कुनै मालवाहक सवारी साधन भित्रिएका छैनन् । विराटनगरबाट भने ६७ वटा मालबाहक सवारी साधन भित्रिएको र २७ वटा इन्धन बोकेको ट्यांकर रहेको भन्सारले जनाएको छ । विरानगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार जोगबनी नाकाबाट भित्रिएका २७ वटा इन्धन बोकेका ट्यांकरमध्ये १३ वटा डिजेल, ११ वटा पेट्रोल र ३ बुलेट ग्याास रहेका छन् । सामान्य अवस्थामा विराटनगर नाकाबाट दैनिक ३ सय भन्दा बढी सवारी साधन भित्रिदै आएका थिए, बस्नेतले भन्नुभयो ।
