नयाँ संविधान निर्माणसंगै लगातारको बन्दले व्यवसायी मारमा

नया संविधान निर्माणपछि सबै भन्दा बढी मारमा व्यवसायीहरु भएको एक कार्यक्रमका सहभागीहरुले बताएका
छन् ।
प्रेस चौतारी धरान नगर कमिटीको आयोजनामा सुनसरी उद्योग वाणिज्य संघको सभाकक्षमा सोमबार आयोजित नया संविधान २०७२ चुनौति र अवसर अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले ९० प्रतिशत भन्दा बढी सहभागितामा नेपालको संविधान निर्माण भएपनि असन्तुष्ट मधेशवादीले लगातार रुपमा गरेको बन्द, हड्ताल र भारतले गरेको अघोषित नाकाबन्दीका कारण व्यवसायीहरुको व्यवसाय, उद्योगधन्दा, कलकारखाना चौपट भएको भन्दै अब यस्तै समस्या केही दिन रहे व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था आइसकेको बताएका छन् ।
अन्तरक्रियामा बोल्दै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले नया संविधान निर्माणसंगै व्यवासायीको लगानी डुबेको बताउनुभयो । उहाले यस विषयमा सरकारले कुनै चासो नदेखाएकोले र मधेशवादीले गरेको अवरोधलाई समाधान गर्न वैकल्पिक बाटो बनाउन नसकेकै कारण आज पूर्वाञ्चलका व्यवसायीहरुले अरबौ घाटा व्योर्नुपरेको बताउनुभयो ।
यस्तै पुराना होलसेल कपडा व्यापारी उपेन्द्र चाम्लिङ्गले चाडवाडको समयमा यसरी भारतले नाकाबन्दी गरेर व्यवसायीहरुलाई विस्थापित गर्न खोजेको बताउनुभयो । उहाले अहिलेको असहजतालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमा अरबौको सामान भित्रिने र सोही बराबरको कारोबार हुने हुादा नेपाल सरकारलाई समेत लाखौ रुपैया राजस्व घाटा भएको स्मरण गराउदै उनीहरुले जसरी भएपनि अहिलेको असहज
परिस्थितिलाई सुल्झाउन सुझाव दिएका छन् ।
प्रेस चौतारी धरानका अध्यक्ष योगेशबाबु काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा सुनसरी क्षेत्र नं. १का सभासद कृष्णकुमार राई, नेकपा एमाले सुनसरीका उपाध्यक्ष नारायण सुवेदी, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य निलिफा सुब्बा लगायतले अहिलेको संविधान भारतको भन्दा पनि उत्कृष्ट भएकोले यसलाई संस्थागत गरेर लग्न पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा पत्रकार किशोर कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेपाली कांग्रेसका क्षेत्रीय सचिव सुजेन्द्र तामाङ्ग, एमाओवादीका स्थानीय नेता चोत्लुङ, एमालेका क्षेत्रीय अध्यक्ष इन्द्र राई र जनगायक, पत्रकार एवम बुद्धिजीवि किशोर थुलुङले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया