घरभित्र चितुवा पस्यो, हेर्नेको भीड

गोरखा /गोरखाको
बराहस्थित एक घरमा चितुवा भेटिएको छ । तीन फ्ल्याटको आरसीसी गरिएको घरको दोस्रो फ्ल्याटको कुनाको कोठामा चितुवा भेटिएको हो । स्थानीय राममाया भन्नेको घरको कोठाभित्र चितुवा देखिएको जिल्ला बन कार्यालयले जनाएको छ ।
खाटमुनी बसेको चितुवालाई कोठामा थुनेर
राखिएको छ । अहिले चितुवा हेर्न सदरमुकाम आसपासका मानिसहरु बराह पुगेका छन । घरको छतस्थित ढोकाबाट चितुवा भित्र पसेको हुनसक्ने अनुमान गरिएको छ । जिल्ला बन कार्यालयका प्रमुख दुर्गाबहादुर कार्कीले चितवनको सौराहस्थित कार्यालयबाट चितुवा नियन्त्रणको लागि टोली आउने बताए ।
’प्राबिधिक टोली हामीसागै छ’ उनले भने, ’सौराहबाट भेटेरेनरीका साथीहरु आउदै हुनुहुन्छ ।’ बिहान आठ बजे घरमा चितुवा पसेको थियो । घरका केटाकेटीले खातमुनी बसेको चितुवा देखेका स्थानीयले जानकारी दिए । सदरमुकामको बोक्सेपानीस्थित ढााडमा दुईओटा माउसहित दुई बच्चा चितुवा गत चैत्र ४ गतेदेखि देखिदै आएको छ । उक्त चितुवामध्ये घरभित्र पस्ने एक भएको हुनसक्ने वन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया