माथिको आदेश भन्दै सीमा नाकामा कडाइ

भारतको विहारमा आसत्र विधानसभा निर्वाचन र नेपालको मधेशमा जारी आन्दोलनका कारण सिमा निगरानीमा कडाई सातौा दिन पनि यथावत
राखिएको भारतीय सुरक्षा बल एसएसबीले जनाएको छ ।
नेपालमा मधेसवादी दलको आन्दोलन चलिरहेकाले ढुवानी भएका कुनैपनि गाडीबाट बिष्फोटक पदार्थ तथा हतियार जान नपाउन् भन्ने उद्येश्यले कडा चेकजााच सुरु गरिएको भारतीय एसएसबीका असिस्टेन्ट सव ईन्सपेक्टर रमेश शर्माले बताए। भिट्ठामोडस्थित सीमा नाकामा तैनाथ उनले भने,‘यो माथिकै आदेश हो ।’
विहारमा हुन गईरहेको चुनाव र मधेसका जिल्लाको भई रहेको आन्दोलनलाई ध्यानमा राखेर नाकाबन्दी गरिएको उनले स्वीकार गरे। उनले दिल्लीस्थित हेडक्वाटरको आदेशले कडाइ गरिएको बताए ।
एसएसबीका सब–इन्स्पेक्टर शर्माले बिरामी आकस्मिक सेवा तथा अत्यावश्यक कामका सवारीलाई भने छाडिने गरेको बताए ।
‘यता इलेक्सन छ उता आन्दोलन,’ शर्माले नेपाली सञ्चारकर्मीसागको कुराकानीमा भने ‘यस्तो अवस्थामा दुवैतर्फबाट अवाञ्छित घुसपैठ नहोस भनेर हामीले सतर्कता अपनाएका हौं ं। कडाइ भए पनि नेपालीलाई सीमित मात्रामा दैनिक उपभोग्य वस्तु लैजान रोक लगाएका छ्रनौ ’
एसएसबीको कडाईपछि नेपाल
भारतबीचको निर्वाध आवागमन सातौा दिन पनि अवरुद्ध भएको हो । सीमामा तैनाथ एसएसबी जवानले दुवैतर्फका पैदल यात्रुलाई मात्र आवागमनको अनुमति दिएको छ ।
भारतको विहार राज्यको मधुवनी र सीमामढी जिल्लासाग ३८.४७ किलोमीटर सीमा जोडिएको महोत्तरीको १३ गाउा विकास समितिको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो सक्रियता बढाएको छ ।
भारतीय एसएसबीले महोत्तरीको मटिहानी, पर्सापतैली, जलेश्वर, नैन्ही, बथनाहा, कट्टीकटैया, खैरबन्नी, रघुनाथपुर नाकाहरुबाट प्रवेश गर्ने नेपाली सवारी साधन र सर्व साधारणहरुलाई भारततर्फ प्रवेशमा रोक लगाएका छन। एसएसवीले नेपालको मटिहानी नाकासंग जोडिएको मधवापुर र समसीनजिकको कन्हमा नाकामासमेत यस्तै कडाई गरेकाले लामो बन्दको चपेटामा परेका मधेशका सर्वसाधारण थप मर्कामा परेका छन।
भारतले महोत्तरीसाग जोडिएको नाकाहरुमा उच्च सुरक्षा व्यवस्था राख्दै नाका ठप्प पारेको छ।त्यहाा सूरक्षा कडा पारी चेकजााच शुरु गरिएको छ ।
सुरक्षा स्थितीलाई ध्यानमा राख्दै भारतले सिमामा रहेको प्रहरी चौकीहरुलाई पनि हाईएलर्ट गरेका छन । नेपाल तर्फको सुरक्षाकर्मीहरुले पनि सिमामा आउजाउ गर्नेहरुको चेक जााच गरिरहेका छन् ।
दसगजामा तैनाथ भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले भारतबाट आएका मोटरसाइकलबाहेक अन्य मालवाहक र यात्रुवाहक गाडीलाई
रोकेर चेकजााचको नाममा घण्टौंंसम्म अलमल्याउन थालेका छन। माथिको आदेश भन्दै भारतीय सुरक्षाकर्मीले ती नाकाबाट ढुवानी पनि रोकेको छ। यसले अघोषित रूपमा नाकाबन्दी भएको स्थानीयले बताएका छन। नेपाल बाट भारत जाने साइकल, मोटरसाइकल जस्ता सवारीमा आएका यात्रुका लागि प्रवेश निषेध छ। भारत छिर्ने नेपाली पैदल यात्रुको नाम ठेगाना जस्ता
विवरण लेखाउन थालिएको छ।
चेक जााचको लागि डााग स्क्वाायडपनि तैनाथ गरिएको छ भने नाईट विजन कैमराबाट पनि ग्रामीण क्षेत्र सम्म नजर राख्ने काम भएको
छ ।
सवारी साधनहरु पारि जान नदिएपछि सर्वसाधारणले अत्यावश्यक सामान खरिद गर्न भिठामोडमा नेपालतर्फको दशगजा र सडकमा
रिक्सा, साईकल , मोटरसाईकल टेम्पुको भिड नै लागेको छ। जलेश्वर १४ महादेवपट्टी घर भएका विनोद पासवानले २५ किलोसम्म चामल ल्याउन दिएको बताए। ‘दुईखेपमा ५० किलो चामल ल्याएको छु। त्यसले केही दिनलाई मात्र पुग्छ,’ पासवानले भने ‘सरकारले के गर्न खोजेको हो हामी जनतालाई त विजोगै विजोग भयो ।’
भारतीय सुरक्षा बल एसएसबीले नेपाल छिर्ने मुख्य नाकाहरू ठप्प
पारेपछि मालवाहक ट्रक, लगायत ढुवानीका साधन दर्जनौको संख्यामा भारततर्फै रोकिएका छन्।
जलेश्वर,मटिहानी र सम्सी नाका बुधबार सााझैदेखि ठप्प छ। त्यहाा पनि एसएसबीले दिल्लीको आदेश भन्दै मालवाहक ट्रकलाई नेपाल छिर्न रोक लगाएको छ। व्यवसायीका अनुसार एसएसबीले बुधबार अपरान्हदेखि नै ढुवानी ठप्प पारेको हो ।
स्थानीय मनोज साहले बिहान निकै कडाइ गरे पनि दिउासोदेखि केही खुकुलो गरेको बताए। ‘व्यक्तिगत सामान ल्याउनेलाई भने दिउासोदेखि केही खुकुलो गरेको छ,’ उनले भने पहिले जस्तो सजिलै आउजाउ गर्न सकिने अवस्था छैन ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लले सिमासिल नै गरिएकोबारे उताबाट औपचारिक जानकारी नआएको बताए ।
‘महोत्तरीको सिमावर्तीक्षेत्रमा आवतजावतमा रोक लगाइएकोबारे मैले पनि सुनेको छु,’ प्रजिअ काफ्लेले भने ‘यसबारे सितामढी र मधुवनी जिल्लाका स्थानीय प्रशासनसाग वुझ्ने काम भइरहेको छ ।’
भारतले बिहार राज्यमा असोज २५ देखि कात्तिक १९ सम्म ६ चरणमा हुन लागेको राज्यसभा निर्वाचनको सन्दर्भ जोडदै सीमावर्ती तनाव र हिंसाजन्य गतिविधिबारे गत साता पनि विज्ञप्तिमार्फत सचेत गराएको थियो ।
सीमावर्ती मधुबनी र सीतामढी जिल्लामा यस अघि चुनाव हुादा ३ दिन अघिमात्र सीमा बन्द हुने गरेको थियो । मधुबनी र सीतामढीमा चुनाव हुन अझै १ महिना बााकी छ। यसपटक छिट्टै नाका बन्द गर्नुको कारण खुलेको छैन ।
त्र

तपाईको प्रतिक्रिया