विश्व रेविज दिवसको अवसरमा कुकुर र्‍याली

सेक्टेम्बर २८का दिन विश्व रेविजरोग दिवस पर्ने गर्छ । धरानमा समेत यो दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
दिवसकै अवसर पारेर पेड्स होम धरानले कुकुर र्‍यालीको आयोजना
गरेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताबाट निकालिएको कुकुर र्‍याली धरानको विभिन्न भागको परिक्रमा गरी भानुचौकमा आएर सम्पन्न भएको थियो ।
रेविज रोगका विषयमा विगतदेखि नै विविध कार्यक्रम गर्दै आएको पेड्स होमले रेविज रोगबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी दिन धरानमा रहेका ३५ वटा कुकुरलाई सहभागी गराई सचेतना कुकुर र्‍याली निकालिएको जानकारी दिनुभयो ।
विगतमा समेत कुकुरको जनसंख्या घटाउन कुकुरको बन्ध्याकरण गर्ने देखि लिएर कुकुरलाई रेविजविरुद्धको सुई दिन घरघरमा आग्रह गर्दै आएको पेड्स होमले निकालेको कुकुर र्‍याली हेर्न धरानको भानुचौकमा सर्वसाधारणका भीड लागेको थियो ।
यता विश्व रेविज रोगको अवसर पारेर जिल्ला पशु सेवा कार्यालय इनरुवा सुनसरी, पशुसेवा केन्द्र धरान, पोरलिभ नेपाल, धरानको संयुक्त आयोजानमा सचेतनात्मक मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ ।
धरान १३ अमरहाटमा रहेको पशुसेवा केन्द्र धरानको कार्यालयबाट शुरु भएको मोटरसाइकल र्‍याली समेत धरानको विभिन्न भागमा परिक्रममा गरी भानुचौकमै आएर समापन भएको थियो ।
रेविज रोगबाट बच्ने उपाय र यस रोगका बारेमा जानकारी नहुदा धेरै सर्वसाधारणजले ज्यान गुमाउने गरेकोले पनि सचेतनात्मक मोटरसाइकल र्‍याली गरेको जिल्ला पशु कार्यालय सुनसरीका बरिष्ठ प्राविधिक तुलानाथ महतोले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुमान अनुसार प्रति बर्ष २० लाख भन्दा बढी मानिसले रेविजरोग विरुद्धको भ्याक्सिन लगाउने गरेका छन्। संसाभर करिब ५० हजार मनिस बर्षेनी रेविज रोगका कारण मृत्युको शिकार हुने गरेका छन् । नेपालमा भने १८ हजार देखि २० हजार व्यक्तिले रेविज रोगविरुद्धको भ्याक्सिन लगाउने गर्छ भने भने १ सय भन्दा बढी मानिस रेविज रोगका कारण अकाल मत्युको मुखमा पुग्ने गरेको गरेको तथ्याकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया