धरान/भारतले सीमावर्ती क्षेत्रमा जारी राखेको अघोषित नाकाबन्दीको विरुद्धमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार इकाइले सोमबार धरानको भानुचौकमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।
दुवै विद्यार्थी संगठनले आ–आफ्ना व्यानर बोकी क्याम्पस पं्रागरणबाट शुरु गरेको र्याली लक्ष्मी चौक हुादै नाराजबाजी गर्दै भानुचौक पुगेको थियो । सो अवसरमा नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष प्रताप भट्टराई, नेपाल विद्यार्थी संघ, हात्तीसार क्याम्पस इकाइ सन्तोष भट्ट, अनेरास्ववियु क्याम्पस इकाई अध्यक्ष प्रणय उदास, नेविसंघका सन्तोष भट्टराई, अनेरास्ववियु क्रान्तिकारीका कावा अध्यक्ष रोशन गिरी, अनेरास्ववियुका जिल्ला अध्यक्ष एकनाथ दाहालले सम्बोधन गर्नुभएको थियो ।
