घण्टाघरबाट हेर्दा

गाडमे दम नही
हिन्दीमा एउटा उखान छ गाँडमे दम नहीँ हक किसिसे कम नहीँ । झालेमालेले आन्दोलन गर्ने रे । आन्दोलन अरबौ भष्टाचार गरेका विष्णु पौड्याललाई जोगाउन रे । निर्वाच्नमा जनताले जोर लात्ती हानेर बारीको पाटामा पुर्याइसक्दा पनि झालेमालेको चेत नखुलेको देख्दा घण्टाघरलाई मेरा बाबुले घ्यु खाथे हात सुँघ सुँघ भन्ने उखान याद आयो । हाम्रो मुलुक नि गज्जबको छ ,अन्त भ्रष्टचारीलाई कारबाही गर, भ्रष्टाचारीलाई फाँसीदे भनेर आन्दोलन हुन्छ, यहाँचाहिँ छोड, विनाशर्त छोड भनेर आन्दोलन हुन्छ । बालेन सरकार न परे । किन छोड्थे ? चौखुर्राएर खोरमा जाकेका छन् । सडकमा ज्याला लिएर बुरुक बुरुक उफ्रनेहरुको यतिबेला कन्तविजोग भा’छ । आन्दोलनमा आएकाहरुको भविष्यमा सन्तानै नहोला जस्तो पो देखियो । प्रहरीले जाजकानी र पिखछुवाडा ताकिताकी बजाएपछि स्थायी बन्ध्याकरण निश्चित । सुम्लो उठ्ने गरी दनक भेटिएपछि पौड्याल छोड आन्दोलनमा जानेहरु फेरि कहिल्यै नफर्किने गरी कुले ठोका छन् । झालेमालेलाई यतिबेला बुढी मरी भन्ने भन्दा पनि काल पल्केला कि भन्ने चिन्ताले सताएको छ । सत्तामा बसेर राइँदाई गर्न झालेमालेका सबैका नाम खोरमा जाकिने वेटिङ लिष्टमा परेको छ ।
घण्टी बजाउँदै हिड्ने होइनौं
नेपालका पूर्व विध्वंशकारी प्रचण्डाउले अस्तिका दिन बडो गज्जबको कुरा गरेछन् । हामी घण्टी बजाउदै हिड्ने होइनौं भनेछन् । वात त प्रचण्डाउले सोह«ैआना ठीक गर्या हुन् । अरु सबै दलका नेताले आषाढ ७ गते चितवनमा गएर घण्टी जोडजोडले बजाए । तिनलाई खपिसक्नु भएन । अस्तिका दिन Ïयाट्टै भने हामी घण्टी बजाएर हिड्ने होइनौ । घण्टी बजाउनेमा प्रचण्डाउ पर्दैै पर्दैनन्, प्रचण्डाउले घण्टी बजाए भने इज्जतै कहाँ रहन्छ र ? मन्दिर भत्काउने, घण्टी फुटाउने, पूजारी सिध्याउने, पण्डितको खोपडी फोड्ने, मन्दिरको सम्पत्ति कब्जा गर्ने, सुन ओसार्न भरिया राख्ने काम पो हो त । जाबो घण्टी पनि कसैले बजाउँछ ? घण्टाघरचाहिँ प्रचण्डाउको कुरामा सहमत छ ।
भोगटे नि कुले ठोकेछन्

‘आइलभयु केपी बा’ भन्दै गुनगान गाउने गुण्डुतिरका भोगटेले पनि कुले ठोके रे नि त । हुन त बेलैमा कुले ठोकेकै राम्रो । देशैभरि घण्टीमात्र बजेका छ । घण्टीको आवाज सुन्यो कित भोगटेको नौनारी गलेर आउँछ । पालैपालो खोरमा जाकिने योग परेको तिन्ले बुझेछन् क्यारे । गिरिबन्धुको, एनसेलको, पासपोर्ट छपाइको, चेजययरको, उपचार खर्चको, ऐजन ऐजनका फाइल धमाधम खुल्दै गएसी’ अब भोगटेले आफ्नो केही गरि नचल्ने रै’छ भन्ठानेछन् । प्रहरीले भोगटे खोज्न विशेष अप्रेशन नै चलाएको छ रे । बा सत्तामा हुँदा भोगटेको सानो रवाफ थिएन । आफू भन्दा बाहेककालाई तिनले झिनामसिना नै ठान्थे । हाम्रा बाबु बाजेले त्यसै भन्या थिएनन् । कहिले सासुको पालो कहिले बुहारीको पालो ।
ठूलो मान्छेलाई बोलाइएनछ
धरानमा अस्तिका दिन नयाँ बसपार्कको उद्घाटन भयो । तर धरानका सबैभन्दा ठूलो मान्छे मान्ये हर्कुलाई बोलाइएन छ । यसमा चाहिँ घण्टाघरको पनि साह«े ठूलो आपत्ति छ । त्यत्रो उद्घाटन गर्दा झिना, मसिना, ऐरे गैरे मान्छेलाई मात्र बोलाउनुचाहिँ निको भएन । धरानका सबैभन्दा ठूलो मान्छे मै हुँ भनेर नाकमा औँला लगी लगी परिचय दिएको कुरा भुल्नु हुन्थेन । धरान नगरपालिकामा ४५ करोड रुपैया बेरुजु गरी गरी काम गर्ने, क्युआर कोडबाट पैसा मागी मागी दार्चुलाको ठूलो खोल्सीमा राज्यले नै दिएको लठ्ठाहरु प्रयोग गरेर पुल बनाउने, श्रमदाताहरु भोकै नबसुन भनेर चन्दा उठाइ उठाइ मासुभात खुवाउने, गोडातीनेक सिट भए नि संसदमा सबैको पसना छुटाइदिने, घरी क्वाँ क्वाँ रोइदिने, घरि खित्का छाडेर हासिदिने, प्रवल कलाकारिता भएका, धरानका बाटाघाटा बनाउन बजेट छुट्याइदिएका, बसपार्क निर्माणमा सिन्का समेत नभाँचे नि योगदान दिएका यस्ता व्यक्तिलाई उद्घाटनमा नबोलाउनु घोर अन्याय हो । ठूलो मान्छलाई नबोलाउनुको रहस्यचाहिँ के रै’छ । ठूलो मान्छे आयो भने आफूहरुको कद घट्छ भनेर हो कि क्या हो ? अब ठूलो मान्छेको भटाभट स्टाटस आउन थालेसी चेत्छौं, कि कसो हौ ?
स्थानीय निर्वाचनमा उमेद्वार
पुरानो Ïलप फिल्मको क्विेल बोकेर, पुरानै पात्र, पुरानै कथा बोकेर हिडेका लाउरेस, झालमाले, पूर्व आओवादी, मधेशवादी दलहरुको यतिबेला चिन्ता बढेको छ । चिन्ता बढ्नु पनि स्वभाविकै हो । यी दलले यसपटक स्थानीय निर्वाचनमा उठ्ने उमेद्वारै नपाउलान् भन्ने देखियो । पहिला पहिला त स्थानीय निर्वाचनमा उठ्न उमेद्वारको डाक बढाबढ हुन्थ्यो । पुराना पात्रका नन्दीभृँगीहरु टेन्टर आवहान गर्थे । वडाध्यक्षका लागि २० लाख सम्मको डाक बढाबढ हुन्थ्यो, अध्यक्ष र मेयरका लागि करोडको बार्गेनिङ्ग हुन्थ्यो । स्थानीय लाउकेहरुको दिनैपिच्छे भोज भतेर चल्यो । अरुबेला कोदो माइसिन तन्काउन नपाउनेहरु रेडलेबल र ब्लाकलेवल भन्दा तल झर्दै झर्दैनन् थिए । अब पुराना अनुहार, पुरानै कथा साम्यवाद, समाजवाद, लोकतन्त्र, गणतन्त्र भनेर भट्याउनेहरुलाई मतदाताहरुले गन्नै छाडे, कार्यकर्तले छोड्दै हिँड्न थाले । क्या दिन थिए ती, फलानो तिमी अघि बढ हामी तिम्रो साथमा छौ भन्नेहरु कहिँ कतै भेटिदैन । बक्त वक्त कि वात है ।
मच्चिए मच्चिए थच्चिए
कहिले काँग्रेस, कहिले मधेशवादी दल चाखेर रास्वपातिर धाइफल ठोकेका मनिष झा चितवनकाा महाधिवेशनबाट ठण्डाराम भएका छन् । विचरा मच्चिए मच्चिए अन्तेमा थच्चिए । महामन्त्रीमा उमेद्वारी द्या थिए । रास्वपामा आफूलाई उपल्लै दर्जाको ठान्थे । थुतुनो अलि बढी चलाउने, अरुलाई गन्दै नगन्ने झा महामन्त्रीमा उत्तानोचित्त भएसी’ यतिबेला साइजमा आएका छन् । औँला दिँदा डुडुलै निल्न खोजेपछि उत्तानो त परिन्छ नै । थपक्क नेतृत्वसँग सल्लाह गरेर अरु पदमा उमेद्वारी द्या भए इज्जतको धज्जी त उड्ने थिएन । केन्द्रीय सदस्य जितकै थिए । हल्ला गर्नका लागि त्यही पद काफी थियो । अझ बढी हल्ला गर्ने पदको सपना देख्न नहुने थियो । यतिबेला विचरा रोइलो गर्दैछन् मलाई षड्यन्त्रपूर्वक हराइयो भनेर हुन त हार्नेहरुले भन्ने नै यही हो । हारेपछि षडयन्त्र देखिहाल्छन् । कि जित्या भए म काविल थिएँ, सक्षम थिएँ अनि जिते भन्छन् । अब मनिष झा के गर्दा हुन् ? नतृत्वको आलोचना गरेर बस्छन् कि खै त्यो क जाति कन्याएर बस्छन् ? हेर्दै जाम †
हैन डकार्न पनि कति सक्या
यो मुलुकमा इमान्दार मान्छे पाउनै गाह«ो भयो । अझ पुराना दलसँग जोडिएकाहरु त दुर्गन्धितहरु भटाभट पक्राउ पर्न थालेसी अब आश्चर्य नमाने हुनेभयो । अस्तिका दिन एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पालाई पनि प्रहरीले क¥यापझ्याप बनाएछ । हेर्दा त सोझा सोझा, इमान्दारै देखिन्थे । एन्फाको अध्येक्षे हुँदा तिन्ले पनि ८ करोड भ्याइ दिएछन् । हुन त यो मुलुकमा अरुले अरब खबर भ्याएका छन् तिन्ले जाबो ८ करोड त भ्याएछन् । भ्रष्टाचारकी महारानी जुआर राणाको निकट भन्थे । सँगतै गलत भएसी सद्धे मान्छे पनि बेइमान हुँदो रै’छ । दुई बर्ष अगाडि नै तिनका खाइ धन्दाको उजुरी अख्तियारमा परेको थियो । तर सेर्पालाई कस्ले छुने ? जसले छोयो त्यसलाई शनि दशा लाग्ने निश्चित थियो । हुन त ढिलोचाँडो हो पाप धूरीबाट कराउँछ भन्थे हो रै’छ ।
अन्तेमा
यतिबेला नेपालमा भ्रष्ट र अपराधी हरुमा वैचनी र छट्टपट्टी देखिएको छ । आफूले गरेका जघन्य अपराध र भ्रष्टचारवापत हुन सजायबाट बच्न प्रचण्डाउले नेपालका अर्का कुख्यात अपराधीको साथ र संरक्षण खोज्न थाल्या छन् । हुन त जोगीको घरमा सन्यासी पाहुना भन्छन् भ्रष्ट र अपराधीले साथ सहयोग खोज्नै आफूजस्तै अपराधीको त हो । सज्जनसँग पुग्न त उनीहरको आँटै हुँदैन । आफ्ना मुन्सी अजय सुमार्गीका विषयमा सरकारले अनुसन्धान टोली नै गठन गरेर छानविन थालेपछि प्रचण्डाउलाई फड्को भएको छ । विरामी भएर अस्पताल नै भर्ना हुनुप¥यो । सरकारले सुमार्गी भाग्न नसकून भनेर पासपोर्ट रद्ध गरेर निगरानी बढाएपछि प्रचण्डाउले सामाजिक सञ्जालमा एमाले र हामी मिल्नुपर्छ, मिल्दैछौ भनेर बोल्या बोल्यैछन् । जेहोस् वर्तमान सरकारले भ्रष्टहरुको फाइल धमाधम खोल्न र अनुसन्धान गर्न थालेपछि विचराहरुको अपानवायु नै बन्द भएको छ ।

तपाईको प्रतिक्रिया