धरान/आइतबार विश्व पर्यटन दिवस २०१५ मुलुकभरि मनाइएको छ ।
नेपालमा भने विश्व पर्यटन दिवस सविधान निर्माणसंगै अब पर्यटन विकासको माध्यमबाट आर्थिक फड्को मार्ने अपेक्षाका साथ पर्यटन दिवस मनाइएको छ ।
धरानमा समेत नया सविधान निर्माणसंगै मुलुकले आर्थिक पर्यटनको विकासमा फड्को मार्ने अपेक्षाका साथ धुमधामका साथ विश्व पर्यटन दिवस भव्यताका साथ मनाइएको छ ।
सुनसरी पर्यटन प्रवद्र्धन समिति धरानले आयोजना गरेको दिवसमा
धरानमा अध्यनरत पर्यटनसम्बन्धी चासो राख्ने व्यक्ति, कलेजमा होटल म्यानेजमेन्ट अध्ययरत विद्यार्थी र पर्यटनव्यवसायीको संयुक्त र्यालीको आयोजना गरिएको थियो । धरान उपमहानगरपालिकाबाट शुरु गरिएको र्याली धरान ४ पुरानो हस्पिटलमा गएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने अधिकांशले नेपालमा नया संविधान जारी संगै पर्यटन विकासले फड्को मार्ने अपेक्षा व्यक्त गरे । मुलुको आर्थिक विकासको कडी नै पर्यटन भएकोले अब सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
कोणसभामा बोल्दै सुनसरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण अग्रवालले नेपालमा आएको महाविनासकारी भुकम्प र राजनीतिक परिस्थितिले पर्यटन व्यवसायीलाई विगतमा हत्तोत्साहित पारेको भएपनि नेपालमा जारी भएको नया संविधानसंगै पर्यटन व्यवसायमा आशा समेत पलाएको बताउनुभयो ।
धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले नया सविधान निर्माणसंगै पर्यटनको ढोका खुलेका भन्दै यसमा उपमहानगरपालिका एक्लैले गरेर केही नहुने बताउदै धरानलाई पर्यटन विकासका लागि सबैको साथ सहयोगको खाचो भएको बताउनुभयो ।
यस्तै सुनसरी पर्यटन प्रवद्र्धन समिति धरानका कार्यवाहक अध्यक्ष महेन्द्र प्रधानले नेपाल सरकारले पर्यटनको क्षेत्रलाई प्राथमिकतामा साथ राखेकोले अब पर्यटनको क्षेत्रमा निराश हुने दिन गएको बताउनुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायी एलिना मगर, होटल एसोसिएसन अफ
धरानका अध्यक्ष सुवर्ण पलिखे, सुनसरी पर्यटन प्रवद्र्धन समितिका सचिव बासु बराल लगायतले अब नया संविधानसंगै पर्यटन विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।
