सदियौं देखी महिलामाथी हुने अन्याय, अत्याचार एवं उत्पीडनको विषयमा केन्ऽित रहेर निर्माण गरीएको वृत्तचित्र महिला को विशेष प्रिमियर गरिएको छ ।
सांस्कृतिक, राजनैतिक विभेदका शिकार महिलाको स्थितिमा केन्ऽित रहेरर असमानताको विरोधमा तयार पारीएको वृत्तचित्र एउटा संघर्षको पाटोमात्रै भएको र पुरुष विरोधी नभएको डकुमेन्टी्रकी निर्देशक कृष्णा पराजुलिले बताइन् ।
महिला को प्रिमियर शोमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी महिला बालबालिका महासाखा प्रमुख राधिका अर्याल प्रमुख अतिथिको रुपमा थिइन् ।
उनले यस्ता वृत्तचित्रले समाजालाई सचेत गराउन बताइन् । त्यस्तै प्रिमियर शोमा अतिथिका रुपमा पर्वतारोही शुस्मिता मास्के, सञ्चरकर्मि तथा महिला अधिकारकर्मी वविता बस्नेत, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय , साहित्यकार सुलोचना मानन्धर रहेका थिए ।
समारोहमा अतिथिहरुले वृत्तचित्र महिला लाई शुभकामना दिएका थिए । सो अवसरमा कार्यक्रम भने महिला वृत्तचित्रकी निर्देशक कृष्ण पराजुलीको सभापतित्वमा भएको थियो भने उनले स्वागत मन्तव्य ािददै डकुमेन्टि बारे प्रष्ट्याएकी थिइन् । कार्यक्रमको सञ्चालन डकुमेन्टिको एसोसीएर
डाइरेक्टर जेवी डी.सी. ले गरेका थिए ।
