धरान । अन्तर्राष्ट्रिय स्तरको नन्प्राक्टिसिङ मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान डाक्टर लाइसेन्स परीक्षामा नेपालका ३४ मेडिकल कलेजमध्ये दोस्रो हुन सफल भएको छ । भारतको आर्थिक सहयोगमा निर्माण भएको प्रतिष्ठानले भारतको प्रसिद्ध मेडिकल कलेज एम्सको अवधारणामा निर्माण भएसँगै दक्ष चिकित्सक जनशक्ति उत्पादन गर्दै आएको छ । नेपाल मेडिकल काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म लिएको डाक्टर लाइसेन्स परीक्षामा प्रतिष्ठानबाट एमविविएसतर्फ ७७ जना सहभागी भएकामध्ये ७१ जना उत्तीर्ण भएका छन् । यो उत्तीर्ण प्रतिशतका आधारमा ९२.२१ रहेको छ भने बिडिएसतर्फ ३९ मध्ये ३४ जना उत्तीर्ण भएका छन् । बिडिएसतर्फ प्रतिशतका आधारमा ८७.१८ हुन आउँछ । मुलुकभरिका ३४ वटा मेडिकल कलेजबाट डाक्टर लाइसेन्स परीक्षामा सहभागीहरुको परीक्षाफल जेठ १९ गते काउन्सिलले सार्वजनिक गरेको थियो । काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले जारी गर्नुभएको परीक्षाफलको विवरण अनुसार एमविविएसतर्फ ७६.७९ र बिडिएसतर्फ ८५.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रकाशित नतिजा अनुसार एमविविएसतर्फ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६ जना विद्यार्थी अनुत्तीर्ण भएका थिए । यसैगरी विराट मेडिकल कलेजबाट ६० जना विद्यार्थी सहभागी भएकोमा ३८ जना उत्तीर्ण र २२ जना अनुत्तीर्ण भएका छन् । चितवन मेडिकल कलेजबाट ५८ जना विद्यार्थी सहभागी भएकोमा ५४ उत्तीर्ण र ४ जना अनुत्तीर्ण, कलेज अफ मेडिकल साइन्सबाट ६६ जना सहभागी भएकोमा ४४ जना उत्तीर्ण र २२ जना अनुत्तीर्ण, देवदह मेडिकल कलेजबाट ३४ जना सहभागी भएकोमा २६ जना उत्तीर्ण र ८ जना अनुत्तीर्ण, गण्डकी मेडिकल कलेजबाट ५१ जना सहभागी भएकोमा ४४ जना उत्तीर्ण र ७ जना अनुत्तीर्ण, जानकी मेडिकल कलेजबाट ४१ जना सहभागी भएकोमा २६ जना उत्तीर्ण र १५ जना अनुत्तीर्ण, काठमाडौँ मेडिकल कलेजबाट ६६ जना सहभागी भएकोमा ५२ जना उत्तीर्ण र १४ जना अनुत्तीर्ण, केयु स्कुल अफ मेडिकल साइन्सेसबाट ७१ जना सहभागी भएकोमा ६३ जना उत्तीर्ण र ८ जना अनुत्तीर्ण, किस्ट मेडिकल कलेजबाट ७९ जना सहभागी भएकोमा ६० जना उत्तीर्ण र १९ जना अनुत्तीर्ण, लुम्बिनी मेडिकल कलेजबाट ८२ जना सहभागी भएकोमा ६४ जना उत्तीर्ण र १८ जना अनुत्तीर्ण, महाराजगञ्ज मेडिकल क्याम्पसबाट ५६ जना सहभागी भएकोमा ४७ जना उत्तीर्ण र ९ जना अनुत्तीर्ण, मनिपाल कलेज अफ मेडिकल साइन्सेसबाट ५४ जना सहभागी भएकोमा ४० जना उत्तीर्ण र १४ जना अनुत्तीर्ण, नेशनल मेडिकल कलेजबाट ८१ जना सहभागी भएकोमा परीक्षाको समयमा एक जना अनुपस्थित रहेको, ४४ जना उत्तीर्ण भएको र ३६ जना अनुत्तीर्ण भएका छन् ।


यसैगरी नेपाल मेडिकल कलेजबाट ६१ जना सहभागी भएकोमा ५२ जना उत्तीर्ण र ९ जना अनुत्तीर्ण, नेपाली आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसबाट ८८ जना सहभागी भएकोमा ७९ जना उत्तीर्ण र ९ जना अनुत्तीर्ण, नेपालगञ्ज मेडिकल कलेजबाट ६३ जना सहभागी भएकोमा ५४ जना उत्तीर्ण र ९ जना अनुत्तीर्ण, नेपाल मेडिकल कलेज टिचिङ हस्पिटलबाट ९३ जना सहभागी भएकोमा २ जना अनुपस्थित, ५१ जना उत्तीर्ण र ४० जना अनुत्तीर्ण भएका थिए । पाटन एकेडेमी अफ हेल्थ साइन्सेसबाट ८ जना सहभागी भएकोमा ६ जना उत्तीर्ण र २ जना अनुत्तीर्ण, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसबाट ६५ जना सहभागी भएकोमा एकजनाको परीक्षा रोक्का भएको थियो भने ४८ जना उत्तीर्ण र १७ जना अनुत्तीर्ण भएका थिए । यसपटकको डाक्टर लाइसेन्स परीक्षामा २० वटा मेडिकल कलेजबाट एमविविएसमा १ हजार २ सय ५४ जना विद्यार्थी सहभागी भएका थिए । यसैगरी बिडिएसतर्फ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३९ जना डाक्टर लाइसेन्स परीक्षामा सहभागी भएकोमा ३४ जना उत्तीर्ण र ५ जना अनुत्तीर्ण, चितवन मेडिकल कलेजबाट २५ जना सहभागी भएकोमा २२ जना उत्तीर्ण, ३ जना अनुत्तीर्ण, कलेज अफ मेडिकल साइन्सेसबाट ३१ जना सहभागी भएकोमा २८ जना उत्तीर्ण र ३ जना अनुत्तीर्ण, गण्डकी मेडिकल कलेजबाट १३ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण, कान्तिपुर डेन्टल कलेजबाट ४१ जना सहभागी भएकोमा ३५ जना उत्तीर्ण र ६ जना अनुत्तीर्ण, काठमाडौँ मेडिकल कलेजबाट ४१ जना सहभागी भएकोमा ३८ जना उत्तीर्ण र ३ जना अनुत्तीर्ण, केयु स्कुल अफ मेडिकल साइन्सेसबाट ४३ जना सहभागी भएकोमा ४१ जना उत्तीर्ण र २ जना अनुत्तीर्ण, किस्ट मेडिकल कलेजबाट १८ जना सहभागी भएकोमा १६ जना उत्तीर्ण र २ जना अनुत्तीर्ण, एमबी केडिया डेन्टल कलेजबाट १३ जना सहभागी भएकोमा १३ जना नै अनुत्तीर्ण, महाराजगञ्ज मेडिकल क्याम्पसबाट २१ जना सहभागी भएकोमा २० जना उत्तीर्ण र १ जना अनुत्तीर्ण, नेपाल मेडिकल कलेजबाट ३८ जना सहभागी भएकोमा ३७ जना उत्तीर्ण र १ जना अनुत्तीर्ण, नोबेल मेडिकल कलेजबाट १५ जना सहभागी भएकोमा ७ जना उत्तीर्ण र ८ जना अनुत्तीर्ण, पिपुल्स डेन्टल कलेजबाट ३९ जना सहभागी भएकोमा ३२ जना उत्तीर्ण र ७ जना अनुत्तीर्ण, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसबाट २४ जना सहभागी भएकोमा २० जना उत्तीर्ण र ४ जना अनुत्तीर्ण भएका थिए । यस पटकको बिडिएस परीक्षामा १४ वटा कलेजका ४ सय जना विद्यार्थी लाइसेन्स परीक्षामा सहभागी भएका थिए ।

