घण्टाघरबाट हेर्दा

बाख्रे हार्नुको कारण पत्ता लाग्यो
आफन्ै घर ध्वस्त बनँएर खरानी ताप्दै गरेको लाउरेसका सभापति बाख्रे थापा हार्नुको कारण पत्ता लाग्यो रे । चुनाउ सिद्धिएपनि डेढ महिनापछि चुनाव लड्ने लुर समेत नभाका आच्या बाख्रेका पवक्ता समेत रहेका मुसुे शर्माले गहन अध्ययन, अनुसन्धान पछि यो कुरा पत्ता लगाएछन् । बाख्रे थापाले चुनाव हार्नुको मुख्य कारण सिंगापुरमा राजानीको उपचार गराएर बसेका ल्यापल्यापे काजी र मोरङमा आफ्नै चुनावमा हस्याङफस्याङ गरेर बसेका शेखराउले चलखेल गरेर हो रे । मुसे बाजेले क्या गज्ज्बको कुरा पत्ता लगाएछन् । सर्लाहीको जनताले भोट नदिएर हारेका होइनन् रे । अमरेशको अगाडि Ïयाउसो देखएर चुनाव हारेको होेइन रे । बाहिर बसेर शेखराउ र ल्यापल्यापे काजले चलखेल गर्दा बाख्रे काजीले चुनाव हार्छन् भने झुम्राकै सभापति रै’छन् । हुन त बाख्र काजी थुतुने बाध मात्र हुन भन्ने कुरा सबैलाई थाहा छ । तिनको थुतुनोले गर्जीनिमात्र जान्या छ, बाँकी त उही ऐजन ऐजन ।
घण्टी टिनीनिन बजाउँ है
इन्धनको भाउ बढाएर सरकारले छलाङ्ग मा¥या छ । नेपाली जनता गदगद छन् । खुशीले उफ्रेका छन्, नाँचेका छन् । जनता गदगद नभाका भए सडकमा आउथे, टायर बाल्थे, रेलिङ तोड्थे, अर्काको घरमा ढुंगा हान्थे । यस्तो केही गरेका छैनन्, गर्लान जस्तो पनि छैन । गदगद भएसी’ गर्न कुरा पनि आएन । खुशी खुशी पम्पमा गएर तेल भरेका छन्, दौडिएका छन् । इन्धनको मूल्यमा सरकारले मारेको छलाङ्गमा समर्थन गरेका छन् । जेहोस् राजनैतिक दलका भाते सीगठनहरु त सडकमा आउलान् कि भन्ने लाग्या थियो । ती पनि तैचूप मैचूप भएर बस्या छन् । हिला पहिला त मेरीबास्सै भाते संगठनहरु झण्डा, डण्डा लिएर सडकमा कम्ता रत्यौली खेल्दैनन् थिए । बजार पसल बन्द गराउथे, यातायात बन्द गराउथे, टायसर बालेर आकाशै कुइरीमण्डल बनाउथे । अब भने तिनका ह्याउ सिद्धिएछ । हुन त विचराहरुले के पो गरुन ? मालिकहरु सत्तामा हुँदा यसो त¥याकतुरुक झथ्र्यो । खाइपिइ गरेर दौडन्थे । अब त्यस्तो स्थिति रहेन । गाह«ै छ बरु टिनिनिन घण्टी बजाएर बसेकै वेश । कि कसो हौ ?
क्या गजब छ
हाम्रा घरेलु मन्तरीका फूर्तिफार्ति हेर्दा अबचाहिँ देशले कोल्टे फेर्ला जस्तो छ । देश उत्तानो परिसक्या थियो अब केही हुछ होला जस्तो छ । अब हेरौ न गुण्डा अँठ्याउन, भ्रष्टाचारी समाउन घरेलु मन्तरी आफै दौडिन थाल्या छन् । तर अचम्म लाग्दो कुराचाहिँ के देखियो भने घरेलु मन्तरीले एकसय जना गुण्डा अँठ्याउँदा असी प्रतिशत गुरुङ्ग, तामाङ्ग, रार्इी भेटियो भने एक सय जना भ्रष्ट समाउँदा ९० प्रतिशत बाहुन, क्षेत्री भेटियो । जेहोस् गुण्डागर्दीमा गुरुङ,
राई, तामाङले वर्चस्व जमाएका रै’छन् भने भ्रष्टाचारमा बाहुन क्षेत्रीले स्वर्ण पदककै हासल ग¥या रै’छन् । यस्तो आंकडा देखेर घरेलु मन्तरी सुधन गुरुङ्ग पनि दंगदाश छन् रे ।
क्या गजबको नियम

जे जे उल्कापात नेपालमै हुन्छ । घण्टी बजाएर सिंहदरबार छिरेका दिपक कुमार साहलाई बालेन साहले जोरलात्ती बजाएर सिींहदरबारको रिङबाट आउट गर्देछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भाका साहले आफ्नी श्रीमतिलाई रातारात स्वास्थ्य बोर्डमा सदस्ये बनाएछन् । सुशासन दिने, परिवारवाद, नातावाद, कृपावाद, चाकडीवाद, फरियावाद के के वादको केही नमान्ने बालेन साहलाई त्यो कुरा पाच्य हुने कुरै भएन । हुनु पनि हुँदैन । मन्तरी साहले आफ्नी जोइलाई नियुक्ति गरेपछि रिङबाट आउट त गर्नैप¥यो । तर घण्टे पार्टीीले गल्ति गरे सांसदलाई पmिर्ता बालाउने भने राइट टु रिकल भन्थ । खै त्यो आजसम्म हुन सक्या छैन । गल्ति गरेसी’ मन्त्री मात्र चैट्ट भएर त भएन सांसद पद पनि चैट हुनुप¥यो । त्यसैपनि १५ दिन मन्त्री साहले एमविविएसमा भर्ना गरिदन्छु भनेर विद्यार्थीहरुसँग करोडौ रुपयाँ असुलेको जगजाहेर छ । मन्त्री पद जाने सांसद पद चाहिँ नजाने जेहोस् नेपालमा गज्जबकै नियम छ ।
भातेहरुले आन्दोलन गर्ने रे
निर्वाचनबाट थला परेका नेतपालका पुरान राजनीतिक पार्टीका भाते संगठनहरुले संयुक्त आन्दोलन गर्ने रे । सरकारले पुराना दलका भाते संगठनहरु सबै खारेज गर्न निर्णय गरेपछि उनीहरुले संयुत्तः ान्दोलन गवर्ने ध्वाँस पिटेका छन् । सरकारले राम्रै काम गनबर्् खोज्या हो, किन चाहियो भाते संगठन ? भाते संगठनको आँडमा चन्दा उठाउने, निर्वलहरुलाई धम्क्याउने, ठेकेदारहरुबाट असुली गर्ने, आफ्नै कलेज तोडफोड गर्ने, कलेजका पदाधिकारीहरुलाई अपमान गर्ने, थुन्ने, कलेजमा ताल्चा लगाउने भन्दा अर्थोक काम नगर्ने भएसी’ सरकारले त्यस्ता संगठनहरु नै खरोज गर्ने भा’ हो । सरकारको निर्णयको विरुद्ध उत्तर, दक्षिण, पूर्व, पश्चिम फर्किएका भाते संगठनहरुले संयुक्त आन्दोलन गर्ने धम्की द्या छन् । अब एक्लै एक्लै आँदोलनमा जाने ल्याकत नभएसी’ सयुक्त रुपमा त जानैप¥यो । आखिरी इज्जतको सवाल जो छ ।
प्रचण्डाउ लापत्ता
छेपारो झै रंग फर्ने खप्पिस मानिएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डाउ एक हप्तादेखि लापत्ता भा’छन् । सरकारले खप्रओ, विख्यात लेखकलाई पक्राउ गरेसी’ गणतन्त्र ल्याउने शत्तिध्m एक ठाउँमा उभिएनौ भने यो सरकारले कसैलाई छोड्दै भन्दै थिए । एकाएक लापत्ता पो भएछन् । सरकारले सम्पत्ति शुद्धिकरणमा छोरी, ज्वाई, आफू समेतलार्य पक्राउ गर्ने तयारी गरसी प्रचण्डाउ लापत्ता भाङ्घ हुन् । विचाराले घण्टे पार्टीसँग टाँसिन जोडबल ग¥या थिए । अब घण्टे पार्टीको नेतृत्व पनि मैले नै गर्नुपर्ने जस्तो छ भन्दै डंका पिट्दै थिए । अपाmै माकुसरी जालमा पर्ने छनक पाए । विगतमा लाउरेस र झालेमालेलाई झै हल्लाउन सकिन्छ भनेर निक्कै प्रयास गरे । तर प्रचण्डाउलाई घण्टे पार्टीले घाँस नहालेसी निराश भा’थे । लापत्ता हुनु अगाडि नि हल्लाफुल्का थर्काउदै थिए । म फेरि जंगल पस्न बाध्य नहुनु नपरोस् भनेर तर त्यस्ता धम्क्याइले कुनै छारो नमर्ने बुझेकछन् । आखिरी बालेन्द्र साहको सरकार न प¥यो ?
संसदमा बोल्दै बोलेनन् रे
जेनजी आन्दोलनका बला शितल निवास छाडेर चम्पट ठोकेका राष्ट्रपति लामचन्द्रे बाजेले अस्तिका दिन संसदमा कनी कनी ताइ न तुइँको भाषन दिएछन् । तर पर्धानमन्तरलिे संसदमा बोल्दै बोलनन् भनेर एकथरिले किन टाउको दुखाएका होलान् ? बोलेर देशको विकास हुने भए विगत ३५ बर्षदेखि बोल्नेहरुले के लछारपाटो लगाए ? या गर्छु र त्यो गर्छु भनेर बोलेकैल थिए । त्यसलैले यसपटक नेपाली जनताल नबोलिकन खुसु्खुस काम गर्नलार्य अत्याधिक वहुमत दिए । संसदमा पर्धानमन्तरी किन बोल्नु ? निर्वाचनको बेलामा पनि उनी बोल्या थिएनन् । दौडिने काम मात्र रे । अरु बुंगाहरु उत्पातैसँग बोल्थे । बोल्नेलाई जनताले उत्तानो पारिदिए । अब बोल्ने हैन गर्ने बेला हो भन्ने कुरा तिनलई कस्ले सम्झाइदिने ? कथनी भन्दा करीमा जोड दिनुपर्छ है ।
अन्तेमा
ज होस धरानले यसपटक गज्जबकै सांसद पाएको छ । अस्तिका दिन त धराने सांसद हर्कुले सभामुखलाई नै धम्की दिएछन् । जहिल्यै सांसदहरुले देश र आफ्ना ठाउँको समस्या राख्यो सभामुखले चैट चैट माइक काट्न थाले । आफ्ना कुरा सांसदहरलाई भन्नै नदिने । पहिलाका सभामुखहरुले त त्यसो
गरे गरे अहिलेका अर्याल् बाजेले नि त्यसै गर्न थाले । हैन सांसदहरुले संसदमा धक फुकाएर पनि बोल्न नपाउनु ? मसुोले तार काटेझै माइक काटिहाल्नु ? हदै भएसीि सांसद हर्कले भन्देछन्् बोल्दा बोल्दै माइक काटिएमा हाते माइक लिएर आउँछु । क्या गज्ज्ब । हर्कुका धक्बीपछि सभामुखको बोल्ती निै बन्द भएछ । दुई तीन मिनेट बोल्ने समय दिन्छन् । उठेर खाकखुक र खुकखुक गर्दा गर्दै तीन मिनेट चिलिम हुन्छ । अनि भुत्राको बोल्नु ? के बोल्नु ? अब भने बोल्न चाहने सांसदहरुले सभामुखको नियन्त्रणको माइक होइन झोलामा आफ्नै्र हाते माइक लिएर जाने तयारी थाल्या छन् । जे होस् हर्कु भन्या हर्कु नै हुन् । आखिरी धराने सांसद न ठहरिए ।

तपाईको प्रतिक्रिया