इटहरी । विगत २७ बर्षदेखि पूर्वेली ग्राहकहरूको किनमेलको मुख्य थलो र पहिलो रोजाइ बन्दै आएको गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला अत्याधिक चाप बढेको छ । पूर्वाञ्चलमै पहिलो पटक इटहरीमा सञ्चालनमा ल्याइएको यो् डिपार्टमेन्ट स्टोरमा सहुलित मूल्यमा खाद्यान्न, इलेक्ट्रोनिक्स सामानदेखि लत्ताकपडाहरुमा पाइने भएकोले पनि ग्राहकहरुको विश्वास जित्दै गएको हो । गर्मी होस् या जाडो या डिपार्टमेन्ट स्टोरमा भर्खरका नवजात शिशुदेखि बयस्कहरूका लागि देशी तथा विदेशी ब्राण्डका कपडाको खोजीमा ग्राहकहरूको ठूलो संख्या पुग्न थालेसँगै अत्याधिक चाप बढेको हो । सहुलियत मूल्यमा विना बागेर््निङ कपडाहरु पाउने भएकोले पनि गोरखामा भीड बढेको स्वयम् ग्राहकहरु बताउने गर्छन् । पूर्वी पहाडी जिल्ला पाँचथरको च्याङ्गथापुबाट आएकी सीता लिम्बूले भनिन् यहाँ भएका आफन्त भेटेर फर्कने क्रममा कपडा खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमा आएकी हुँ । च्याङ्गथापुमा १२ महिना नै अत्यन्तै चीसो हुने गरेको छ। बृद्ध–बृद्धा र नानीहरुलाई जोगाउनै गाह्रो छ ।

गोरखा डिपार्टमेन्टका बारेमा आफूले धेरै अगाडिदेखि सुन्दै आए तापनि आइपुगेकी थिइनँ । जस्तो सुनेकी थिएँ त्यस्तै पाएँ, उनले भनिन् । लिम्बूले भनिन् गुणस्तरीय र ब्राण्डेड सामान मात्र होइन, बाहिरी बजारभन्दा मूल्यमा पनि अन्तर पाएँ । उनले सुनाइन् बाहिरी बजारमा नपाइएका सामान मैले यहाँ पाएँ । लिम्बूको जस्तै कथन थियो तेह्रथुम म्याग्लुङकी जमुना गुरुङको । सोमबार गुरुङ पनि नानीहरूका लागि कपडा छनौटमा व्यस्त थिइन् । मलेसिया, थाइल्याण्ड, हङकङ, सिंगापुरबाट गोरखा डिपार्टमेन्ट स्टोरले कपडा मात्र नभएर आकर्षक सजावटका सामानहरू, गिफ्ट आइटम, फूल, जुत्ता, चप्पलहरू ग्राहककै चाहना बमोजिम आयात गर्दै आएको छ । ग्राउण्ड फ्लोरमा रहेको ग्रोसरी स्टोरमा समेत ग्राहकहरूको उल्लेख्य भीड देखिन्छ । गत वर्षदेखि औसत अघिल्ला वर्षको तुलनामा ग्राहकको चाप बढेको प्रति डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो ग्राहकको भीड एक वर्ष यता बढेकै हो । डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहक लक्षित सामान आयात गर्नु, सामानको गुणस्तरमा ग्राहकहरू विश्वस्त हुनु, मूल्य बाहिरी बजारभन्दा कम हुनु, हरेक सामानको निश्चित मूल्य निर्धारण हुनु, बार्गेनिङ्गको कुनै गुन्जायस नहुनुले पनि ग्राहकको चाप बढेको हुनसक्ने आचार्यको विश्वास छ । उता गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याएका आफ्ना अन्य शाखाहरू मोरङको विराटचौक, पथरी, झापाको दमकमा समेत ग्राहकको उल्लेख्य भीड हुने गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले सुनाउनुभयो । उहाँले भन्नुभयो यतिबेला सबै शाखाहरू राम्रोसँग सञ्चालन भइरहेका छन् ।
स्थानीय र पहाडी जिल्लामा प्रांगरिक मलको उच्च माग

आफ्नै कृषि फार्मबाट संकलन गरिएको काँचो गोबरबाट उत्पादन गरिएको प्रांगरिक मलको हाल स्थानीयदेखि पहाडी जिल्लाहरुमा यतिबेला उच्च माग रहेको छ । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ ल्याव टेष्ट गरेर गोवर पेलेर मल उत्पादन हुन्छ । त्यसमा अन्य आवश्यक केमिकल पनि हालिन्छ । यो मल हेर्दा चियापत्ति जस्तै हुन्छ जसले माटोको उर्वराशक्ति बढाउने काम गर्दछ । हाल यो मल पहाडका इलाम, भोजपुर, खोटाङ धनकुटासँगै स्थानीय कृषकले लगिरहेका छन् । उहाँहरुको माग धान्नै नसकिने भएको छ । यसका अलावा काँचो गोबर पेलेर निस्केको झोल मललाई फर्मलटेसन गरेर बनाइएका झोल मल ग्यालेनमा प्याक गरिएको छ । यो झोल मल १० लिटर पानीमा एक लिटर झोल हाल्दा पुग्छ । यो बाक्लो दही जस्तै हुन्छ ।
डिपार्टमेन्ट स्टोरमा आर्गनिक तरकारी

धरान÷पूर्वाञ्चलकै पहिलो र आम पूर्वेली उपभोक्ताका बीचमा विश्वासिलो ब्राण्ड बनिसकेको गोरखा डिपार्टमेन्ट स्टोरले दैनिक भान्सामा प्रयोग हुने हरियो आर्गनिक सागसब्जीको मूल्य बजार मूल्य भन्दा पचास प्रतिशत कम मूल्यमा आफ्ना ग्रााहकहरुलाई विक्री गर्ने गरेको छ । बजारमा हरियो सागसब्जी, आलु, गोलभेडा, काउली, ब्रो काउली, करेला, सिमी, गाजर, मुला लगायतका सम्पूर्ण सामानमा पचास प्रतिशत भन्दा कम मूल्यमा विक्री गर्न थालिएको स्टोरका प्रवन्ध र्निेशक बलराम आर्चाले बताउनुभयो । यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा सब्जीका आइटमहरु सबैभन्दा बढी खपत हुन थालेको छ । यसको प्रमुख कारण बजार मूल्य भन्दा अत्यन्तै कम मूल्यमा अगानिक सब्जी पाउनु नै हो । स्टोरले सब्जीका आइटमहरु सोझै किसानकहाँ पुगेर उठाउन थालेको छ । पहिला विचौलिया मार्फत सब्जी ल्याउँदा बजार मूल्यकै हाराहारीमा मूल्य निर्धारण गर्नुपरेको थियो । अब भने सिधै किसानबाट खरिद गर्दा उपभोक्ताले बढी मूल्य तिर्नु नपर्ने भएको छ भने किसानले समेत तत्काल आफ्नो उत्पादनको मूल्य पाउने भएका छन् । गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पाँच शााहरु मध्ये दुईवटा शाखा इटहरी र दमकमा सब्जी विक्री वितरण गदै आएको छ । यतिबेला बजारमा पाइने हरेक सागसब्जी यो स्टोरमा बजार भाउ भन्दा कममा पाइने भएकोले् पनि सागसब्जीमा ग्राहकहरुको भीड बढ्ने गरेको छ । यहाँ पाइने सबै सब्जीजन्य कृषि सामाग्रीहरुको समेत यही मूल्य बजार भाउ भन्दा कम भएकोले भीड हुने गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
