धरानमा लागूऔषध कारोबारमा संलग्न दुई युवक पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१५ कन्चनलाइनस्थित एक खाजा घरबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शिखर खाजा घरमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको टोलीले मंगलबार राति ९ः२० बजे छापा मारेको थियो । सो क्रममा स्थानीय ३१ वर्षीय अजय खड्गी र ३१ वर्षीय विशाल राईलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनीहरूको खानतलासी गर्दा ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन २९० ट्याब्लेट र डिकोलिक ३२० ट्याब्लेट बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया