घण्टाघरबाट हेर्दा

भीरको चिण्डो
बिना मासमको बाँसुरी बजाउने शर्तमा सिंहदरबार छिरेकी सुस्ला आमै भीरको चिण्डो उँधो र न उँभो देखिएकी छन् । केही ठग, धुन्धुकारी, बाह्य भरिाहरुको उक्साहटमा काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर लम्किएकी छन् । त्यत्रो पर्धान न्यायाधीश भैसकेकी विचरीले बुढेसकालमा अपजसको बरमाला नै लगाइन् । नेप्लिज जनताले निर्वाचन चाहेकै थिएनन् । परिचालित भरियाहरुलाई सत्तामा पुग्ने सिढी बनाउन किन गा’की होलिन् ? भरियाहरुले जनतालाई उल्लु बनाइरहको छन्, धर्मको खिल्ली उडाइरहेका छन्, इतिहास मास्दैछन्, सँस्कतिका धज्जी उडाइरहेका छन् । आमैचाहिँ ताली ठोक्नमै मग्न छिन् । भन्नेले त भन्थे सुरुला आमै इतिहासकै खराब पात्र भनेर हो कि क्या हो ? नत्र राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाइलाई हप्ता हप्ता दिनमा बोलेकै भरमा कर्यापझ्याप गर्न किन निर्देशन दिन्थिन् ? निर्वाचनपछि आमैको कि हस्तिनापुरको राज हुन्छ कि त चपरी मुनिको बास ।
घण्टेहरुको अराजकता
पराईका बुई चढेर मैमत्त भएका घण्टेहरुको अराजकताले यतिबेला सबै सीमा पार गरेको छ । ममफली बदाम, कुल्फी बेच्नेले बालबालिका लोभ्याउने सडमा घण्टी बजाउँदै हिडेका घण्टेहरुले दाङको तुलसीपुरमा अस्तिका दिन ठूलै परिक्रम देखाएछन् । कहिले जेल फोडेर भागेर परिक्रम देखाउँछन्, कहिले लाखौ सहकारी निक्षेपकर्ताको करोडौ रुपैया चप्काएर पराक्रम देखाउँछन्, कहिले सिंहदरबार जलाएर पराक्रम देखाउँछन्, कहिले सर्वोच्च अदालत जलाएर पराक्रम देखाउछन्, कहिले राष्ट्रपति भवन जलाएर पराक्रम देखाउँछन, कहिले प्रहरी कार्यालय जलाएर पराक्रम देखाउँछन्, कहिले सहकारी भवन जलाएर पराक्रम देखाउँछन् । जे होस् पराक्रम देखाउनचाहिँ घण्टेहरु खप्पिस छन् । चन्द्रेको बाबु इन्द्रले पनि तिनीहरुसँग पराक्रम देखाउन सक्दैनन् । अस्तिका दिन त झन दाङको तुलसीपुरमा रहेको राजा वीरेन्द्रको् शालिकमा चढेर अराजकता देखाएछन् । कसैलाई सम्मान गर्न जानिदैन भने अपमान किन गर्नु ? कस्ले सम्झाओस् घण्टेहरुलाई ?
घण्टेका शुक्राचार्य मग्न

नेपालका पूर्व आतंककारी आयाराम गयाराम भट्टराई आच्या घण्टेका गुरु शुक्राचार्य यतिबेला मख्ख छन्, मग्न छन् । घण्टेहरुले गुरुलाई भावि राष्ट्रपति बनाउन जो आश्वासन दिएका छन् । त्यही आश्वासनमा गयाराम यतिबेला उडान भरिरहका छन् । शितल निवास छिरमला, उपरखुट्टी लगामला, विदेशीसँग गफ जोतमला, रातो कार्पेटमा हिडमला, सुरक्षेकर्मीको विहान बेलुकै सलोट खाउँला, हिस्स परेको हिसिलासंग विदेश भ्रमणमा जामला । घण्टेका शुक्राचार्य गरुको सोचै यतिबेला यत्ति नै छ । हुन त यहाँ भन्दा बढी सोच्ने दिमाग पनि त हुनुप¥यो नि ? घण्टाघरलाई त चिन्ता लाग्न थाल्या छ । घण्टेहरुको कुनै भर हुँदैन । पछि सोल्यात लोपारी दिए भने विचराको हविगत के होला ?
भटाभट छोडदै
यतिबेला मुलुकभरि घण्टे पार्टीका नेताहरुले घण्टे पार्टी धमाधम छोड्न थाल्याछन् । किन छो्डया होलान् ? अरु पार्टीमा बस्दा दाम र नाम कमाउन नसकेकाहरु त्यतातिर गा’थे । फेरि के परेछ कुन्नि ? माथ्लोघरे माइला बा भन्दै थिए महावेइमान माने महा ठगसँग झिनामसिना बेइमानहरु लामो समयसम्म टिक्न बस्न नै सक्दै्नन् । घण्टेका झापाका ठूलै नेताले छोडेछन्, मधे्श प्रदेशका सस्थाकहरुले पारापाचुके गरेका छन्, बागमतिको हालत पनि त्यस्तै छ, गण्डकीतिरकाहरुले पनि सम्बन्ध विच्छेद गरेछन् । निर्वाचन सम्ममा ठगको मुख्य नाइने र सर्लाहीतिरको साहुजीमात्र रहलान् जस्तो पो छ । एकै दिन २८ जनाले त्यो पनि उपल्लो ओहदामा बसेकाहरुले परित्याग गर्न थालेसी’ अब घण्टा देशेरैभरि फुट्ला जस्तो पा छ । लहै प्रभु के के गर्छौै ?
पर्यटक उमेद्वारका विजोग
भोजपुरमा केही गरी नचलेसी मालको सहारामा दुई पटक सुनसरी क्षेत्र नं. ४ बाट कमाल गरेका पर्यटक उमेद्वार अज्ञानी कार्कीको विजाग हुने देएिको छ । नाकै काटिने अवस्था आएसी’ कार्कील भोक्राहा गाउँपालिकाका अध्यक्ष, कर्मचारी, कोशी गाउँपालिकाका अध्यक्ष, कर्मचारीहरुलाई भोट मागिदिने खेतला नियुक्ति गरेछन् । राम्रै रोजीरोटीको व्यवस्था हुने भएसी उनीहरु कार्यालय नै छोडेर झोला बोकेर गाउँ छिरेछन् । पदमा भएको व्यक्ति र कर्मचारीले कसैको पक्षमा विपक्षमा प्रचारप्रसार, मत माग्ने काम गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ भन्थे । यतातिरचाहिँ निर्वाचन आयोगले के गर्ला ? घण्टाघर हेर्याहेर्यै छ ।
निर्वाचनको मुखैमा कफ्र्यु
निर्वाचनको मुखैमा रौतहटमा कÏर्यु लागेछ । प्रहरीका गाडी जलेछन्, घरघरमा आगो सल्केछ । शान्ति सुव्यवस्था कायम गर्ने भन्दै प्रशासनले कÏर्यु लगाएछ । उता काठमाण्डौको आरआर क्याम्पस अगाडि बरिष्ठ घण्टेको पुत्ला दहन भएछ, खै कता कता फलानोले फलानोलाइ पिँधमा पुल्ठो बालेर लेखेछन् । जेहोस् निर्वाचन जस्तो भएको छ, एक अर्कामा नजुधी, टायर नबाली, कÏर्यु नलगाई, गाडी घोडा नजलाई, एकल अर्काेलाई सक्तो सराप नगरी, तापरे ठनक्कै एक अर्कामा हातखुट्टा नभाँची, एकले अर्काको पार्टी कार्यालय तोडफोड नगरी, एकले अर्काका झण्डा नजलाई, हाम्लाई भोट निदिने विदेशी दलाल हुन् भनेर भाषन गर्ने उमेद्वार नहुन्ज्याल निर्वाचन शान्तिपूर्ण हुनै सक्दैन । त्यसैका लागि त त्यत्रा म्यादी प्रहरी भर्ना गर्या कुरा बुझ्नु पर्दैन ?
जाँड र केरासँगै
एकताका प्रचण्डाउ भनेसी’ जनता डरले काँप्थे । ती भन्दा ठूलो् हाउगुजी नै अरु कोही थिएन । अहले विचराको हालत कहाँ गईस हराउने विलाउनेको देशमा जस्तो भा’छ । रोल्पातिर गएर चुनावमा खडा भा’छ तर पूरै बेखखर जस्तो । एकपटक दिन सबैको आउँदो रै’छ । निर्वाचनमा पनि विचराको हरिविजोगै छ । मतदातालाई प्रभावित पार्न भने सबै प्रकारका नाटक मञ्चन भने गरिरा’छन् । हुन त नाटक गर्न तिनलाई कस्ले भेट्ने ? क्षणभरमै खित्का छाडेर हाँस्दिन्छन्, क्षणभरमै तिरिक्क आँशु झार्दिन्छन् । यतिबेला त के सम्म गर्न थाल्या छन् भने मतदाताको घरमा गएर लोकल ठर्रा केरासँग पनि चपाइदने ।
अन्तेमा
निर्वाचन अगावै उत्तानो पर्ने छाँटकाँट देखिएका लाउरेस पार्टीले नै खरिद गरेका बाख्र साहेवले अस्तिका दिन रुन्चे स्वरमा चैत्रको पहिला हप्ता नै काँग्रेसको नेतृत्वमा सरकार बन्छ भनेछन् । हतार नगर बाख्रे साहेव ? मनको लड्डु घ्युसँग खाएका राम्रो होइन । घण्टेको शैलीमा अगाडि नै पर्धानमन्तरीको प्रत्यासी भनेर मादल बजाउदैमा जनताले नि पत्याउनु पर्यो नि ? घण्टे र बाख्रे एउटै अफिसबाट परिचालित हुन् भन्ने कुरा मतदाताले बुझिससकेका छन् । काठमाण्डौका जनताले नपत्याएपछि सर्लाहीतिर झरेकालाई मतदाताले टुरिष्ट उमेद्वारको पगरी भिराइदिएका रै’छन् । मधेशका मतदाता लाटा छैनन् । पशुपतिनाथलाई थुतुनोमा आएजति सक्तो सपार गरेको मतदाताले विर्सेका छ्रैनन् । त्यसैले हतार नगर है ।

तपाईको प्रतिक्रिया