घण्टाघरबाट हेर्दा

फुइयाँको निर्देशन
हाम्रो देशमा अहिले एउटा उखान बडो प्रचलित छ, त्यो के भन्देखि ठूलो माछा माझीले समात्छ अनि सानो माछा अख्तियारले । अब हेरौ न ताइा न तुइाको फाइफुई गर्दै अख्तियारका पदाधिकारीहरु दौडन्छन् । ठूला माछा समाउन यिन्का हातै अगाडि बढ्दैनन् । बढोस पनि कसरी तीन ठूला माछाको कृपाले यिन्का हाइफाइ चल्या छ । अस्तिका दिन अख्तियारका केही स्वााठहरुले खेलकुदमन्त्री पुरुषोत्तमलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएछ । अख्तियारले निर्देशन दिएको देख्दा घण्टाघरलाई पेट मिचीमिची हाास्न लाग्यो । फइय्यााको निर्देशन
दिनु ? खेलकुद मन्त्रीले केचाहिा गर्‍या छन् र ? केशव विष्टलाई खेलकुदको सदस्य सचिव त नियुक्ति गर्‍या हुन् । केशवले साफ खेलमा १५ लाख लिएर खेलाडी भगाउन सहयोग गरे रे । त्यस्तो पनि कहीा आरोप हुन्छ ? भुकम्प पीडितको त्रिपाल खरिदमा २५ करोड डकार्ने सहरी विकास मन्त्री, सचिवलाई क्लिनचिट दिने अख्तियार लाटाको धोती सावित भा’छ । कि कसो हौ ?
विद्याको थुतुनो
हातलाई भन्दा थुतुनोलाई सकसक भनेझै हिजो आज विद्या भण्डारीको थुतुनो अलि ज्यादै चल्या देखिन्छ । हुन त भण्डारीको स्वभाव पहिलादेखि नै अलि प्यार प्यार नै हो । अस्तिका दिन तिन्ले भन्या संविधान २८ गते जारी भएरै छाड्छ रे । हावा गफ गरेर नेता भएकाहरुले देशको हुर्मतै लिइसके ।
राजधानीमा बसेर थुतुनो चलाउनु भन्दा तराईतिर झरेर यसो टोड्का खोल्दा हुन्थ्यो नि । सुरक्षाकर्मी परमधाम भा’छन्, आन्दोलनकारी लड्या छन्, झालेमाले र अरु पार्टीका कार्यालयमा आगो दन्केको छ, सरकारी कार्यालय भस्मिभूत भा’छ, महिनौदेखि सवारी साधन चल्या छैनन्, गोली चल्या छ, सर्वसाधारण मारिएका छन् । विद्यालाई जे सुकै होस् बोल्दियो अनि पेपर टाइगर बन्यो बस । संविधान जारी भिएमा खप्रओ पर्धानमन्तरी बन्छन् अनि आफूले मालदार मन्त्रालयको मन्त्री पड्काउला भन्ने दाउ होला । कसलाई के को धन्दा कसलाई के को धन्दा
घर ज्वाईालाई खानकै धन्दा भनेको यही हो ।
दश प्रतिशतको विरोध रे
हिजो अस्तिसम्म यो अलि अलि सद्दे देखिएका सञ्चारमन्त्री मिनेन्द्र रिजाल पनि खुस्के जस्तो छ । यसो अगाडि डा. लेख्ने रिजाल बुद्धिमानी नै होलान् भन्या त यी पनि समरस्वााठ नै निस्केछन् । अस्तिका दिन तिन्ले भनेको कुरा सुन्दा घण्टाघरलाई कुरी कुरी लागेर आयो । नेपालका १० प्रतिशत जन्तालेमात्र संविधान जारी गर्ने कुराको विरोध गर्‍या रे । ९० प्रतिशत जनता विरोभमा उत्रेका छन् । १० प्रशित स्वााठको स्वार्थल आज देशमा जताततै प्वााल पर्‍या छ, एउटा प्वााल टाल्यो अर्को प्वाल ह्वाङ्गै । संविधान जारी नै नगर्दा यो अवस्था छ जारी गरेपछि के होला ? विचार गरेर बोलेस है ।
सबैलाई समेट्नु रे
काम न काजका शितल निवासका राष्ट्रपति हिजोआज भेटघाटमा अलि व्यस्त हुन थाल्या छन् । सरकारी मामा खायो, सरकारी निवासमै लडीबुडी गर्‍यो
सरकारी दाम च्याप्यो क्या हाइसञ्चो शितल निवासका राष्ट्रपतिलाई । संविधान जारी हुने करा हिजो आज जोडतोडले उठ्न थालेपछि यिन्ले कहिले कोसाग, कहिले कोसाग वार्ता थाल्या छन् । सोक र सुर्ता भोक न भकारी भनेजस्तो शितल निवासे राष्ट्रपतिलाई । तर हिजो आज आज अलिकति चिन्ता गर्न थाल्या छन् । आठ बर्षदेखि सिन्को नभााची ढलीमली गर्दै आएका जादवलाई कतै संविधान जारी भएमा पद छोड्नु पर्ने चिन्ताले भित्रभित्रै खान थाल्या छ । त्यसैले कहिले माकुनेलाई बोलाएर भलाकुसरी गर्छन्, कहिले प्रचण्डाउलाई बोलाएर भलाकुसारी गर्छन्, कहिले मधेशवादी दललाई बोलाएर भित्र भित्रै उचाल्छन् । सबैलाई समेटेर संविधान बनाउनु भन्छन् । ओखर र पांग्रा जस्ता दलका सबै नेतालाई समेट्न सकिदैन भन्ने जादवलाई भलिभााती थाहा छ, अनि किन सबैलाई समेट्नु भनेर अर्ति द्या होलान ?
भुक्ने मात्र हो ?
नेप्लीज कााग्रेसका सभासद अमरेशकुमार सिंहले कैलालीको टिकापुरमा देश टुक्र्उयाउने, परस्पर सद्भाव भड्काउने अभिव्यक्ति दिएको भन्दै कााग्रेसले
कारबाहीको लम्बेतान पत्र काट्यो । दुई चार दिन अमरेशको खुशै चर्चा भयो । २४ घण्टाभित्र कारबाही गर्ने पनि भनियो । तर रात रहे अग्राठ पलाए । पार्टी सभापति सुशिल दा’ले समेत अमरेश माथि कडा कारबाही हुन्छ भने फुइय्यााको कारबाही हुनु । अमरेशलाई कारबाही गर्ने कुरा पानीमा अपान वायु छोडेजस्तो फोका उठे जस्तो मात्र भयो । अपान वायुका पानीका फोका फेरि अराए जस्तो । आखिरी नेताहरु भुक्नेमात्र त हुन नि । अमरेशलाई कारबाही गर्ने ह्याउ भए पो ?
अधिकारमर्की लापत्ता
मुलुकमा यत्रो तान्डव नृत्य
भइरहेको छ देशका डलरे अधिकारकर्मि र बुद्धिजीविहरु लापत्ता भा’छन् । अरु बेला ठूलठूलो हाब्रो च्यातेर गर्जने अधिकारकर्मी र कथित बुद्धिजीविहरु लापत्ता भा’छन् । शान्तिपूर्ण आन्दोलनमा सिंहदरबारले कहिल्यै आाखा खोलेन तर जब रगत बग्छ, मान्छेका लाश यत्रतत्र छरिन्छन्, सिंहदरबारका मुखियाहरुको घरमा आगो लाग्छ अनिमात्र सिंहदरबार निन्द्राबाट व्युझन्छ । तर अधिकारर्मी र कथित बुद्धिजीविहरु त्यसबेला अलि अलि भएपनि हाब्रो च्यात्थे । यस पटक त चालचुलै छैन । धर्म बेच्न नेताहरुलाई युरोपियन देशहरुले माल दिएझौ कतै अधिकारर्मी र कथित बुद्धिजीविहरुलाई डलर, युरो, स्टलिङ्ग पौण्ड, कोच्याइद्या त छैनन् ? अरु बेला मुखबाट बोल्न नभ्याए पाइखाने खाल्डोबाट भएपनि बोल्नेहरु मौन किन त ? यसमा पनि घोर षड्यन्त्र छ जस्तो घण्टाघरलाई लाइराछ ।
विदेश भ्रमण
दुई साता लामो अमेरिका भ्रमण गर्न जान सुशिल कोइराला खुट्टा उचाली रा’छन् । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै । देश जलिरहेको छ, नागरिक मरिरहेका छन् तर काइराला अमेरिका नगई नछाड्ने भा’छन् । कोइराला राष्ट्रसंघको महासभमा माग लिन र उपचार
गराउन जान लाग्या रे । नहुने बेला गन्हाउने मुख भन्या यही हो । अब सुशल दा’ले राष्ट्रसंघीय महासभामा भाग लिदा के हुने , नलिदा के हुने ? त्यहाा गएर दा’ले के भन्लान् ? न दााले बोलेको बुझ्छन् । नेपालका प्रधानमन्त्री कस्ता लठेउरा रै’छन भनेर वित्थामा खिसीटिउरीमात्र गर्छन् । अर्कोै कुरा उपचार गराउन अमेरिका किन धाउनु ? त्यत्रा विधि हस्पिटल खोल्ने लाइसेन्स दा’ले दिएकै छन् नि । आफैले हस्पिटल चलाउने स्वीकृति दिादा पनि दा’लाई यहााको उपचारमा विश्वास किन नभाको होला ?
अन्तेमा
झालेमालेका अध्येक्षे केपी ओलीको स्तुति गान गाउादा गाउादा बल्ल बल्ल यसो पर्यटनमन्तरी बन्या कृपासुर शेर्पाका पनि रिाजनीति दिन सद्धिए जस्तो छ । अस्तिका दिन उन्ले खसीको मासु भाग लगाएजस्तो राज्य बााड्न नसकिने कुरा गरेपछि जातजातिको आधारमा कसैले टाउकै फोडे पनि राज्य नपाउने भनेछन् । पहिचान र जातका नाममा राज्ये चाहियो भनेर मुलुकाा यत्रो रडाको मच्चिरा’छ । यी शेर्पालाई चाहिा किन बढ्ता जान्ने भएर बोल्नु पर्‍या होला ? यसैलाई भन्छन् बोकाको मुखमा कुविन्डो । किसो हौ ।

तपाईको प्रतिक्रिया