एकसय पचासौ मोति जयन्तिमा गजल तथा कविता वाचन

एसेभी चुतियाा देखा है आपने ।
कपडा जलाके अपना लगे आग तापने ।।
माथि उद्धृत गरिएका अंशहरु अध्ययनका क्रममा बनारस बस्दा मोतिराम भट्टद्वारा हिन्दीमा लेखिएका समस्या पूर्ति
हो । हामीले भर्खरै १ सय ५० औं मोति जयन्ति मनाएका छौं । आइतबार कुसे औासीका दिन आाशु कवि एवम् गजलकार मोतिराम भट्टको १ सय ५० औीं जन्म जयन्तिमा गीत गजल र कविता वाचन गर्दै मुलुकभरि मनाइयो ।
बनारसमा अध्ययनका क्रममा बस्दा मोतिराम भट्टको संगत भारतका विख्यात कवि भारतेन्दु हरिष्चन्द्रसाग भएको थियो । १४ बर्षकै उमेरमा माथि उद्धृत अंशहरु लेख्ने मोतिराम भट्ट नेपाली गीत, गजलका सुत्रकार नै मानिन्छन् । मोतिराम भट्टको १५० औं जन्म जयन्तिसागै मोति सस्मरण समिति धरानले आफ्नो ४० औं साधारणसभा समेत सम्पन्न गरेको छ । धरान उपमहानगरपलिकाको हाताभित्र रहेको मोति भवनमा आयोजित मोति जयन्ति एवम्
साधारणसभामा धरानका एक दर्जन भन्दा बढीले गीत गजल तथा कविता वाचन
गरेका थिए । त्यसरी गीत, गजल तथा कविता वाचन गर्नेहरुमा प्रतीक्षा वान्तवा, करुणा राई, सुमित्रा शाक्य, श्रेष्ठ
परिक्रमा, सन्तोष थेवे, अम्बिका राई, जय श्रेष्ठ ‘शान्ति’, अम्बिका शाक्य लगायत
रहनु भएको थियो ।
उज्वल विहानी नेपालका अध्यक्ष धराने माइलाले राष्ट्रिय गीत गाउनु हुादा कार्यक्रममा उपस्थित सबै भावुक बनेका थिए । मोतिराम भट्टको जीवनलाई नेपालका साहित्यिक विद्वानहरुले दुई कालखण्डमा बााडेर हेर्ने गरेका छन् । वि.सं. १९३६ देखि वि.सं. १९४४ लाई पूर्वार्ध र वि.सं. १९४५ देखि वि.सं. १९५३ लाई उत्तरार्ध । यो १६ बर्षको अवधिमा मोतिराम भट्टले नेपाली साहित्य विद्यामा ठूलो गुन लगाउनु भएको छ । कवि शिरोमणि साहित्य साधना समाज धरानका अध्यक्ष शिद्धिकर्ण शर्माको प्रमुख आतिथ्य तथा मोति सस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका पूर्व सभापति बद्री पलिखे, उप–प्राध्यापक भवानी शंकर भट्टराई, केशव वाग्ले, कृष्णनारायण पलिखेले मोतिराम भट्टका बारेमा प्रकाश पाुर्नभएको थियो ।

तपाईको प्रतिक्रिया