र्वाञ्चलका सिभिल इन्जिनियरिङ् विद्यार्थीहरूको टेक फेस्ट हुँदै

इटहरी, माघ २१ — पूर्वाञ्चल इन्जिनियरिङ् क्याम्पस, धरानमा सिभिल इन्जिनियरिङ् अध्ययनरत विद्यार्थीहरूको तीनदिने टेक फेस्ट माघ २३ गतेदेखि सुरु हुने भएको छ। सिभिल इन्जिनियरिङ् विद्यार्थी सोसाइटी (CESS) को आयोजनामा हुन लागेको टेक फेस्टमा विद्यार्थीहरूले कक्षा कोठामा आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्यासमार्फत प्रस्तुत गर्नेछन्। कार्यक्रममा अटोकेड (ड्रइङ् तथा डिजाइन सफ्टवेयर), इट्याब्स (संरचनात्मक विश्लेषण तथा डिजाइन), सर्वेक्षण, फाइलामार्फत दूरी मापन, कागजको पुल निर्माण तथा पप्सिकल स्टिक प्रयोग गरी पुल निर्माणजस्ता विविध प्राविधिक अभ्यासहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।


तीन दिनसम्म सञ्चालन हुने टेक फेस्टमा ६ वटा कलेजका २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहनेछ भने १० भन्दा बढी प्रतिस्पर्धात्मक तथा प्रदर्शनीमूलक इभेन्टहरू समावेश गरिएका छन् । कार्यक्रमले विद्यार्थीहरूबीच सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धा, सहकार्य र व्यावहारिक अनुभव आदान–प्रदानको महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया