तीन दलका नेताहरुले जनतालाई अधिकार दिन नचाहादा मुलुक मुठभेडतर्फ गइरहेको छ आफ्नो हक, अधिकार र पहिचानका लागि धरतीपुत्र थारुहरु पनि आन्दोलन गर्न बाध्य भएका हुन्

धरान/मधेशी जनअधिकार
फोरम नेपाल प्रजातान्त्रिकका अध्यक्ष एवम् पूर्व गृह तथा उप प्रधानमन्त्री विजयकुमार गच्छदारले कााग्रेस, एमाले र माओवादीका नेताको व्यक्तिगत स्वार्थका कारण थारु समुदायसागै अन्य समुदाय सशक्त आन्दोलनमा उत्रिएको बताउनु भएको छ ।
अध्यक्ष गच्छदारले उक्त कुरा थरुहट/थारुवान संयुक्त सघर्ष समिति सुनसरीले सोमबार इटहरीमा आयोजना गरेको वृहत विरोध सभालाई सम्बोधन गर्दै बताउनुभएको हो । कााग्रेस, एमाले र माओवादीकै सत्ता स्वार्थ, हठ र व्यक्तिगत स्वास्र्थका कारण मुलुक मुठभेडतर्फ
गइरहेको भन्दै समयमै उनीहरुलाई सच्चिन चेतावनी समेत दिनुभयो ।
उहााले भन्नुभयो थारुहरुले आफ्नो पहहचान, हक, अधिकारका लागि सााकेतिक विरोध सभामात्र गरेका हुन् । आफूले अन्तिम समयसम्म पनि देशले रुन नपरोस, देशको अस्मिता संकटमा नपरोस्, जनताले रुन नपरोस् भनेर हर सम्भव प्रयास गरेको स्मरण गराउादै अझ पनि आफ्नो प्रयास जारी रहने उहााले प्रष्ट पार्नुभयो । अध्यक्ष गच्छदारले भन्नुभयो सधैको बन्द र हड्तालले देश र जनताको हित गर्देन तर अधिकार प्राप्तिको लडाई भएकोले यो आवश्यक पनि छ । सविधानसभाबाटै संविधान बन्नुपर्छ, यो २००७ साल देखिको नेपालीको सपना हो । यसका लागि तीनतिर मुख फर्काएर बसेका, पानी बाराबारको अवस्थासम्म पुगेका तीन दलका नेताहरुलाई आफूले एक ठाउामा राखी जेठ २५ गते १६ बुादे समति गराएको तर सहमति अनुरुप नभई तीन दल अगाडि बढेपछि आफू हाल अलग हुुनुपरेको गच्छदारको भनाई थियो ।
संविधानसभबाट संविधान नबने यहाा कसैको पनि हक अधिकार सुनिश्चित हुन सक्दैन । थारुहरुद्वारा आयोजित वृह विरोध सभालाई पहिलो पटक सम्बोधन गर्न आउनु भएका गच्छदारले सत्तामा बसेकाहरुले जनतालाई अधिकार दिन नचाहेको समेत बनाउनुभयो । देशमा हाल उत्पन्न भएको राजनीतिक समस्याको समाधान राज्यले निश्चित मापदण्ड पूरा गरेर गर्नुपर्छ । सत्तामा बस्नेले आफ्नो स्वार्थ सुरक्षित गरेर होइन । भुगोल, सास्कृति, भाषाभाषी, सबैलाई मिलाएर समाधान खोज्नुपर्नेमा त्यो हुन नसकेकोमा उहााले दु:ख व्यक्त गर्नुभयो । अध्यक्ष गच्छदारले पटक पटक दोहोर्‍याउनु भयो संविधानसभाबाटै संविधान बन्नुपर्छ । अब जनताको सपना साकार हुन केही समय समात्र रहेको भन्दै गच्छदारले संविधान सबैलाई स्वीकार्य हुनुपर्छ । हिमाल, पहाड, मधेशमा बस्ने सबैलाई स्वीकार्य हुने संविधान बन्नुपर्छ ।
उहााले इटहरीको प्रस्रग कोट्याउदै भन्नुभयो आज इटहरीको जनसंख्या ७४ हजार पुगेको छ । मलाई यस ठाउाबाट तीनपटक यहााका जनताले निर्वाचित गराउनुभयो । त्यसबेला इटहरीमा १२ हजार मतदाता थिए भने १८ हजार जनसंख्या थियो । २१ बर्ष अगाडि इटहरीमा थारु समुदायको बाहुल्यता रहेको थियो । आज यहाा क्षेत्री, बाहुन, राई, लिम्बु, मुस्लिम सबैको बसोबास छ । थारु यहााका धरतीपुत्र भएकोले उनीहरुको आन्दोलनमा हर सम्भव सहयोग गर्न पनि उहााले सबैमा आग्रह गर्नुभयो ।
सो अवसरमा मधेशका धरतीपुत्रलाई अमान्य हुने गरी संविधान आए त्यो दुई दिन पनि नटिक्ने चेतावनी थारु आन्दोलनका अगुवा गोपाल दहितले दिनुभएको थियो । उहााले भन्नुभयो वहुसंख्यक जनताको भावनालई सेना र प्रहरीबाट कुल्चिएर संविधान जारी गरिए त्यो कुनैपनि हालतमा लागू हुन सक्दैन । थारु, मधेशी, जनजातिहरुको अधिकार कााग्रेस, एमाले र माओवादीले खोजी खोजी कटौती
गरिरहको दहितको आरोप थियो । आज हामीले न्याय, पहिचान, अधिकार कटौति गरेकैले सााकेतिक विरोध जनाएका हौं , उहााले आक्रोस व्यक्त गर्दे भन्नुभयो हिजो विभिन्न प्रलोभनमा पारेर जति लुट्नुभयो अब लुट्न पाइदैन । अब थारु, मुस्लिम, राई, लिम्बु, मगर,गुरुङ्ग पनि बौद्धिक क्षमता भएका छन् । आफ्नो अधिकारका लागि यी समुदाय सडकमा आइसकेकाले गर्दा सचेत रहन उहााले कााग्रेस, एमाले र माओवादीका नेतालाई चेतावनी दिनुभयो ।
कुरितलाल चौधरीको अध्यक्षतामा सम्पन्न उक्त वृहत विरोध र्‍यालीमा माओवादी सभासद अमनलाल मोदी, ननुवालाल चौधरी लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया