भारतको ७७ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति मुर्मुद्वारा राष्ट्रको नाममा सन्देश

एजेन्सी (नयाँदिल्ली) । भारतको ७७ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रको नाममा सन्देश दिनुहुँदै भारतको संविधान विश्व इतिहासमा आजसम्मकै सबैभन्दा ठूलो गणराज्यको आधारग्रन्थ भएको बताउनु भएको छ । गणतन्त्रको पूर्वसन्ध्यामा राष्ट्रको नाममा उहाँले जारी गर्नुभएको सन्देशमा गणतन्त्र दिवसको राष्ट्रिय पावन पर्वले हामीलाई हाम्रो अतीत, वर्तमान र भविष्यको दशा र दिशा अवलोकन गर्ने अवसर दिन्छ । स्वतन्त्रता संग्रामको बलमा १५ अगस्त १९४७ को दिन हाम्रो देशको दशा बद्लियो । भारत स्वतन्त्र भयो र हामी आफ्नो राष्ट्रिय नियतिका निर्माता बन्यौं । राष्ट्रपति मुर्मुले सन्देशमा २६ जनवरी १९५० बाट हामीले आफ्नो गणतन्त्रको संवैधानिक आदर्शका दिशामा अगाडि बढ्न थाल्यौं । यसै दिनदेखि हाम्रो देशको संविधान पूर्ण रूपमा लागू भयो । लोकतन्त्रको जननी भारत भूमि उपनिवेशवादी शासनको विधिविधानबाट मुक्त भयो र हाम्रो लोकतान्त्रिक गणराज्य अस्तित्वमा आयो । उहाँले दोहो¥याएर भन्नुभयो हाम्रो संविधान विश्व इतिहासकै सबैभन्दा ठूलो लोकतान्त्रिक गणराज्यको आधारग्रन्थ हो । संविधानमा निहित न्याय, स्वतन्त्रता, समानता र बन्धुत्वको आदर्श हाम्रो गणतन्त्रले परिभाषित गर्दछ । यही आदर्श संविधान निर्माताहरूको भावना देश एकताको बलियो आधार हो । सन्देशमा उहाँले लौह पुरुष सरदार बल्लभ भाई पटेलको १५० औं जन्मजयन्ति सम्पूर्ण देशबासीले उत्साहपूर्वक मनाएर उहाँको १५० औं जन्मजयन्तिको पावन अवसरसँग जोडिएका स्मरणोत्सव आज पनि मनाइँदैछ । यस्ता उत्सवले देशबासीमा राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउँछ । उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्म हाम्रो प्राचीन सांस्कृतिक एकताका तानावाना हाम्रो पूर्वजहरूले नै बुनेका हुन् । यही सांस्कृतिक एकताले आज पनि हाम्रो लोकतन्त्रलाई जीवन्त बनाएको छ् र प्रत्येक भारतीय नागरिकलाई एक आपसमा जोडेको छ । पछिल्लो ७ नोभेम्बरदेखि हाम्रो राष्ट्रिय गीत बन्दे मातरमको रचनाको १५० साल पूरा भएकोमा उत्सव पनि मनाइँदै आएको छ ।

भारत माताको स्वरूपको बन्दना यो गीतले जनजनमा राष्ट्रप्रेमको सञ्चार गर्दछ । राष्ट्रियताका महाकवि सुब्रमन्य भारतीले तमिल भाषामा बन्दे मातरमको भावार्थमा आधारित रचना गरेर यस भावनालाई थप व्यापक स्वरूप प्रदान गर्नुभएको थियो । यस प्रकार बन्दे मातरमको भावनालाई जनमानसबीच अझ गहिराइमा जोडेको छ । अन्य भारतीय भाषामा पनि यो गीतको अनुवाद लोकप्रिय भएको छ । श्री अरविन्दोले बन्दे मातरमको अंग्रेजी अनुवाद गर्नुभयो । मुख्य रूपमा बंकिम चन्द्र चट्टोपाध्यायद्वारा रचित बन्दे मातरम हाम्रो राष्ट्र बन्दनाको प्रतीक हो । यो राष्ट्रिय बन्दनाको शौर्य र गौरवको दुई दिन पहिला अर्थात् २३ जनवरीमा देशबासीले नेताजी सुभाषचन्द्र बोसको जन्मजयन्तिका अवसरमा सादर श्रद्धाञ्जली अर्पित गरेर स्मरण गरेका थिए । सन् २०२१ बाट नेताजी जयन्तिलाई पराक्रम दिवसको रूपमा मनाइँदै छ । यसले देशबासी, विशेष गरेर युवा वर्गलाई यहाँको अदम्य देशभक्तिको प्रेरणा प्राप्त गर्न सकून्, नेताजी सुभाषचन्द्र बोसले दिनुभएको नारा जय हिन्द हाम्रो राष्ट्रिय गौरवको उद्घोष हो । राष्ट्रपति मुर्मुले महिलाहरूको सशक्तिकरणलाई देशको सर्वाङ्गीण विकासमा एक महत्वपूर्ण स्तम्भको रूपमा मान्यता दिनु भएको थियो । उहाँले सम्बोधनमा हाम्रा दिदीबहिनी र छोरीहरू परम्परागत रुढीवादी विचारलाई त्यागेर हर क्षेत्रमा नयाँ उचाइ छुँदै हुनुहुन्छ । देशमा १० करोडभन्दा धेरै स्वयं सहायता समूहसँग जोडिएका महिलाहरूले विकासको नयाँ परिभाषा लेखेका छन् । यसले के देखाएको छ भने महिलाहरू अब खेती–किसानदेखि अन्तरिक्ष अनुसन्धानसम्म, स्वरोजगारदेखि सुरक्षाबलसम्मका हरेक क्षेत्रमा आफ्नो पहिचान बनाइरहेका छन् । सम्बोधनको अन्त्यमा उहाँले भन्नुभयो विशेष रूपमा खेल क्षेत्रमा महिलाहरूले उल्लेखनीय प्रगति हासिल गरेका छन् । विश्वस्तरमा हाम्रा
छोरीहरूले क्रिकेट, सतरञ्ज जस्ता खेलमा नयाँ मापदण्ड स्थापित गरेका छन् । पछिल्लो वर्ष नोभेम्बरमा भारतका महिला क्रिकेट टिमले आईसीसी महिला विश्वकप र ब्लाइन्ड महिला टी–२० ले विश्वकप जितेर इतिहास रचेका थिए । यसका अलावा सतरञ्ज विश्वकपको फाइनलको प्रतिस्पर्धामा पनि भारतका दुई जना छोरीले प्रतिस्पर्धा गरे, जुन खेल जगतमा महिलाहरूको बढ्दो भूमिकाको प्रमाण हो ।

तपाईको प्रतिक्रिया