धरानमा तामाङ समुदायले सोनाम ल्होसार धुमधामका साथ मनाए

धरान । सबै जातजातिको आ आफ्नो भाषा, सँस्कृति हुन्छ । यसै क्रममा तामाङ समुदायले सोनाम ल्होसारलाई महत्वपूर्ण र मौलिक पर्वको रुपमा हेर्ने गर्छन् । राज्यले समेत सबै जातजातिका चाडपर्वलाई राष्ट्रिय पर्वको रुपमा लिएर सो दिन विदा समेत दिन थालेको छ । अहिले सबै जातिले सबै जातिको डपर्वलाई आत्मसात गर्दै सामुहिक रुपमा पर्व मनाउने प्रचलन बढेर गएको छ । तामाङ समुदायले आफ्नो नयाँ वर्षका रूपमा सोनाम ल्होसार हर्षोल्लासका साथ मनाएका छन् । तामाङ पात्रोअनुसार नयाँ वर्षको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा परिवार तथा आफन्तबीच शुभकामना आदान(प्रदान गर्ने प्रचलन छ ।

ल्हो (वर्ष) र सार (नयाँ) शब्दबाट बनेको सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो । यस अवसरमा गुम्बा तथा मठ(मन्दिरमा पूजा(अर्चना गर्ने, लामा गुरुबाट आशीर्वाद लिने, डम्फु बजाउँदै तामाङ सेलो नाचगान गर्ने परम्परा रहेको छ । यसै क्रममा धरानमा समेत भानुचौकमा तामाङ घेदुङ संघ
सुनसरीको आयोजनामा धरानमा समेत सोमबार भव्यताका साथ सोनाम ल्होसार मनाइएको छ । कार्यक्रम अगाडि ¥यालीसहित पुगेका तामाङ समुदायले भानुचौकमा आएर कार्यक्रमको आयोजना गरेका हुन् । सो अवसरमा संघका सुनसरी अध्यक्ष लेखबहादुर तामाङले सोनाम ल्होसारमा १२ वर्षे पशु चक्रअनुसार नयाँ वर्ष प्रवेश गर्ने विश्वास गर्न जानकारी दिनुभयो । यस पर्वले तामाङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको तामाङले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै धरान उपमहानगरपालिकाका कावा प्रमुख अइन्द्रविक्रम बेघाले सबै जातजातिको साँस्कृतिक पर्व त्यस जातिको मात्र सम्पत्ति नभई राष्टूको सम्पत्ति भएकोले सबैका चाडपर्वलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संविधानमा सबै जातजाति, भाषा भाषी, साँस्कृतिक पर्वलाई प्रामिकतामा राखेका कारण स्थानीय सरकारले पनि सबैका चाडपर्वलाई सम्मान गर्ने बताउनुभयो । धरानमा भव्य रूपमा मनाइएको सोनाम ल्होसारले तामाङ समुदायको संस्कृति उजागर गर्नुका साथै बहुजातीय समाजबीच आपसी समझदारी र सहअस्तित्वको भावना अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया