धरान । मोटरसाइकलमा लागूू औषध ल्याउदै गरेका अवस्थामा मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ ।प्रहरी चौकी सिशुवा धरमपुरबाट खटिएको चेकिङ टोलीले गत माघ ४ गते १४ः३० बजे जिल्ला सुनसरी, भोक्राहानरसिंह गाउँपालिका वडा नं. ०८ स्थित सिशुवाधरमपुरमा भारतबाट भुटाहा तर्फ आउँदै गरेको मोटरसाइकलमा सवार ४२ वर्षीय नौसाद आलमलाई रोक्ने क्रममा चेकजाँच र खानतलासी गरेको थियो । चेकजाँचका क्रममा निजको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६.३८ ग्राम फेला परेको थियो । सोही क्रममा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

प्रहरीले उनलाई लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
