सुनसरीमा लागूऔषधसहित दुई युवक पक्राउ

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ राजपोखरीस्थित पूर्व–पश्चिम राजमार्गबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गत पुस २६ गते साँझ करिब ४ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच तथा खानतलासी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर जिल्लाको बेलका नगरपालिका–४ निवासी २६ वर्षीय सनम माझी र सोही नगरपालिकाको वडा नं. ९ निवासी २२ वर्षीय अनु क्षेत्री रहेका छन् । प्रहरीले उनीहरूको साथबाट लागूऔषध ट्रामाडोल ७ सय क्याप्सुल फेला पारेको जनाएको छ । लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया