धरान वितरक संघको अध्यक्षमा विजय मानन्धर

धरान । धरान वितरक संघको तीन बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। हालै सम्पन्न संघको अधिवेशनबाट विजय मानन्धर अध्यक्षमा चयन भएका छन्। नयाँ कार्यसमितिमा उपाध्यक्षमा रामबहादुर श्रेष्ठ र विक्रम शर्मा चयन भएका छन्। त्यसैगरी सचिवमा प्रकाश विमली, कोषाध्यक्षमा नगेन्द्र खवास तथा सह–कोषाध्यक्षमा अजयकुमार जयसवाल चयन भएका छन्। सह–सचिवको जिम्मेवारी कविता लिम्बुले पाएकी छन्।
कार्यसमिति सदस्यहरूमा सन्तोष अग्रवाल, नसरुद्धिन मिया, दिनेश अधिकारी, चन्दनकुमार गुप्ता र रचना जैन चयन भएका छन्।

अध्यक्ष मानन्धरले संघलाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै वितरकहरूको हकहित संरक्षण, व्यवसायिक सुदृढीकरण तथा आपसी सहकार्यलाई अझ मजबुत बनाइने बताए। उनले संघमार्फत धरान तथा आसपासका क्षेत्रका वितरकहरूको आवाजलाई संगठित रूपमा अघि बढाउँदै व्यावसायिक समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गरिने उल्लेख गरे। नयाँ कार्यसमिति २०८५ सम्म रहने छ । अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संघलाई थप क्रियाशील बनाउँदै व्यवसायिक वातावरण सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया