धरान । सुनसरीको धरान–१३ फुस्रेमा अवस्थित पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत अति विपन्न विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पु¥याउने उद्देश्यले लक्ष्मी सनराइज बैंकले खेल सामग्री सहयोग गरेको छ । बैंकले २ वटा भविबल, २ वटा फुटबल, ५ सेट व्याडमिन्टन, व्याडमिन्टन खेल्दा प्रयोग गर्ने एउटा नेट, व्याडमिन्टन खेल्दा प्रयोग हुने प्वाँख, ६ वटा लुडो चेस बोर्ड, बास्केट बल दुईवटा, बास्केट बल खेलमा प्रयोग गरिने नेट २ वटा, पाँच वटा टिटी व्याड, १० वटा रोप, टिटी प्याड एक गरी २४ हजार ७ सय १० बराबरको सामाग्री विद्यालयलाई प्रदान गरेको हो ।


बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न विद्यालयहरूमा यस्ता सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत यस पटक पब्लिक माध्यमिक विद्यालय फुस्रेलाई आवश्यक खेल सामग्री प्रदान गरिएको लक्ष्मी सनराइज बैंक धरान शाखाका शाखा प्रवन्धक सन्जोग राज भण्डारीले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद गतिविधि महत्वपूर्ण भएकाले विद्यालयस्तरमै यस्ता सहयोग र्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । सहयोगप्रति विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम शर्मा निरौलाले लक्ष्मी सनराइज बैंकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा विद्यालय र बैंकबीच सिक्काका दुई पाटा जस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन विद्यालयकी मावि इन्चार्ज सबिता राईले गर्नुभएको थियो ।


