धरान । धरानको तीव्र शहरी विकासले पुराना सांस्कृतिक पहिचान नामेट हुदै जाँदा देवीथान क्षेत्रलाई सुरक्षित गर्न स्थानीय समुदायले ठोस कदम चालेका छन् । धरान–१८ स्थित यस ऐतिहासिक थलोमा ज्येष्ठ नागरिक पार्क निर्माण गर्ने निर्णय देबिथान संरक्षण तथा व्यवस्थापन समितिको १९ औँ साधारण सभा तथा ७औँ अधिवेशनले शुक्रवार पारित गरेसँगै यसको पुनर्जीवनको बाटो खुलेको हो । साधारणतया देवीथान गाउँ घरमा हुने गरेको छ । देवीथानलाई गाउँघरमा महत्वकासाथ लिने र भगवानको स्वरुप मानेर पूजाआजा गर्ने गर्छन् । सहरीक्षेत्रमा भने यस्ता देवीथान कमै देख्न पाइन्छ । सबै जातजाति बसोबास रहेको धरानमा समेत एउटा पुरानो देवीथान छ । जुन देवी धरान धरान १९ मा रहेको छ । बर्षौदेखि स्थानीयको संरक्षणमा यो देवीथान नामेट हुनबाट जोगिएको छ । अझ स्थानीयले यसलाई पुनजीर्वित बनाउने अभियान अगाडि सारेका छन् । धरान १८ मा रहेको देवीथाको करिब २ कट्ठा १८ धुर क्षेत्रफल जग्गालाई व्यवस्थित र संरक्षरण गर्दै जेष्ठ नागरिक पार्क निर्माणका लागि धरान पमहानगरपालिकाबाट ३४ लाख र वडा कार्यालयबाट ६ लाखसहित ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष प्रवीण राईले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कले देवीथानलाई धार्मिक–सांस्कृतिक महत्वसहित सामुदायिक विश्रामस्थलको रूपमा विस्तार गर्ने लक्ष्य राखिएको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताउनुभयो । सभामा समितिका विशिष्ट सल्लाहकार तथा पूर्व समितिका पूर्व सचिव तिलक राईले युवापुस्ता संरक्षणमा सक्रिय नहुँदा संस्था सञ्चालनमै चुनौती परेको उल्लेख गर्दै परम्परागत स्वरूपमा इतिहास जोगाउनु नयाँ पीढी पनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । पुराना पुस्ताले जोगाएको ऐतिहासिक धार्मिक स्थललाई युवा पुस्ताले पनि संरक्षणमा ध्यान दिन सकेको खण्डमा देवीथान नामेट भएर नजाने र भावी पुस्तालेपनि यसको मूल्य बताइएको थियो । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले संस्थाको निरन्तर उन्नतिमा सामूहिक भूमिकाको आवश्यकतामाथि जोड दिनुभयो । उहाँले पुराना नेतृत्वको अनुभव र युवाहरूको उत्साह जोडिन सके संस्थागत विकास थप सहयोग पुग्ने बताउनुभयो ।

देवीथान परिसरमा रहेको बहुउद्देश्यीय भवनमा हाल विभिन्न सामाजिक संस्थाका कार्यालयदेखि वडा कार्यालयसम्म सञ्चालन भइरहेकाले यहाँको गतिविधि दिनप्रतिदिन बढ्दै गएको उहाँको भनाइ थियो । सोही अवसरमा समितिको नयाँ नेतृत्व पनि चयन गरिएको छ । रेवतीरमण राई पुनः सर्वसम्मत अध्यक्ष बन्नुभएको छ । १३ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्ष ज्योति राई, सचिव खेमराज राई, सहसचिव सुमेश पोख्रेल, कोषाध्यक्ष टकमाया लिम्बु तथा सदस्यहरू दिवन राई, सिता राना राई, सङ्गीता राई, दुर्गा प्रसाद राई, निर्मल राई, कुविरजंग राई, सरिता गोतामे र किरण खराल रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष रेवतीरमण राईले देवीथानले स्थानीयको भावनालाई एकै ठाउँमा ल्याउने काम गरेको बताउनुभयो । स्थानीय समाजसेवी, जेष्ठ नागरिकले संरक्षण गर्देआएको देवीथानको सरक्षणमा पछिल्लो समय युवा पुस्ता समेत अग्रसर बनेका छन् । अहिले यो देवीथान सरक्षणमा सबै जातजाति, भाषा, भाषी, धर्म संस्कृति र पहिचान भएका सबैले आत्मसात गरेर लागि परेका छन् । भावीपुस्तासम्म देवीथानको इतिहास, महत्वको विषयमा जानकार गराउने अभिप्रायले यसलाई नामेट हुन नदिने अभियानमा उनीहरु अग्रसर देखिएका छन् ।
