राजसंस्था पुनस्र्थापनाको आन्दोलन निरन्तर : यातायातका सवारी साधनमा अवरोध नगर्ने अन्य दल मौन, एमाले संसद पुनस्र्थापनाको मागमा, राजसंस्थावादी राजसंस्था स्थापनामा अडिग

धरान । गत मंसिर १ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाऊँ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई मध्यरातमा वर्तमान असंवैधानिक टीके सरकारले गिरफ्तारी गरेपछि राजसंस्था पुनस्र्थापनाको आन्दोलन थप सशक्त रूपमा अगाडि बढेको छ । त्यसपछि प्रसाईलाई पक्राउ गर्नु गैरकानूनी भन्दै चार दिनपछि सर्वोच्च अदालतले रिहाइको आदेश दिएपछि उनी बाहिर आइसकेका छन् । प्रसाई गिरफ्तारी विरुद्धमा देशका प्रबुद्ध वर्ग, स्वतन्त्र नागरिक समाज, विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था लगायतले सरकारको चर्को आलोचना गरेका थिए । प्रसाईलाई थुनामा राख्नुपर्ने कानूनी आधार नदेखिएपछि अदालतले रिहा गरिदिएको थियो । खास गरेर भुइ मान्छेका आवाज उठाएर राजसंस्था पुनस्र्थापना, प्रदेश खारेज, संसदको संख्या घटाउनुपर्ने, राष्ट्रियसभा खारेज गर्नुपर्ने, १४ अञ्चल ७५ जिल्ला कायम गर्नुपर्ने, गरिबले २० लाखसम्म लिएको ऋण मिनाहा हुनुपर्ने, बैंकहरू राष्ट्रियकरण हुनुपर्ने, भ्रष्ट नेताहरूको सम्पत्ति जफत हुनुपर्ने लगायतका २७ बुँदे माग राखी मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए । प्रसाईको गिरफ्तारीपछि पनि महाअभियानले राजधानी लगायत देशका विभिन्न भागमा आन्दोलनलाई भने निरन्तरता दिएका थिए र हाल आन्दोलनले निरन्तरता पाएको छ । प्रसाईको अनुपस्थितिमा उनकै निर्देशनमा प्रधानमन्त्री स्तरीय वार्तामा १० बुँदे सहमति भएको र १५ दिनभित्र कार्यान्वयन गर्ने भनिएको छ । यस बीचमा हुने शान्तिपूर्ण आन्दोलनमा पूर्व–घोषित कार्यक्रम अनुसार यातायातका साधनहरूलाई १५ दिनसम्म अवरोध नगर्ने आन्दोलनरत पक्षले जनाएको छ ।


एकातिर जेनजी फोर मोनार्की सहित महाअभियानको आन्दोलनमा आम नागरिकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । काठमाडौँका नेवार समुदायहरू जुरुक्कै उठेका छन् । ललितपुर, भक्तपुर, काठमाडौँका नेवार समुदायहरूले आन्दोलनमा आफूहरूको पूर्ण समर्थन र सहभागिता रहने प्रष्ट पारिसकेका र सहभागिता जनाइसकेका छन् । मुलुक अभिभावकविनाको भयो, मुलुकका लागि स्थायी अभिभावक आवश्यक रहेको भन्दै राजसंस्था पुनस्र्थापनाका लागि आफूहरू जस्तोसुकै योगदान पु¥याउन तयार भएको प्रष्ट पारेका छन् । महाअभियानले हाल राजधानी लगायत देशका विभिन्न स्थानमा शान्तिपूर्ण प्रदर्शनलाई निरन्तरता दिएको छ । नेपाल तथा बाह्य देशका सञ्चारमाध्यमहरूले मोनार्कीका सम्बन्धमा खुलेर समर्थनमा समाचार प्रसारण गरिरहेका छन् । यता विगतमा दोस्रो ठूलो दलको हैसियतमा रहेको एमाले भने संसद पुनस्र्थापनाको माग गर्दै भाडाका कार्यकर्ताहरू जम्मा गरी प्रदर्शनका नाममा अराजकता मच्चाउने उद्यत रहेको छ । चौतर्फी आलोचना, घृणा र द्वेषका बीचमा एमालेका पूर्व युवा संघका अध्यक्ष महेश बस्नेत जहाँ गए पनि स्थानीय, जेनजीहरूद्वारा लखेटिन थालेका छन् । केही दिन अगाडि बाराको सिमरामा प्रजातान्त्रिक युवा संघको कार्यक्रममा पुगेका बस्नेत, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवालीलाई जेनजी युवाहरूले एयरपोर्टबाट लखेटेका थिए । प्रदर्शनले उग्र रूप लिएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश नै जारी गर्नु परेको थियो । त्यस क्रममा प्रहरी कार्यालय, सरकारी भवन आन्दोलनकारीहरूले जलाइदिएका थिए । एमाले–मुक्त मधेश अभियान नै यतिबेला मधेश प्रदेशमा सुरु भएको छ । एमालेका पूर्व संघीय मन्त्री एवम् पूर्व वाराका सांसद किसान श्रेष्ठको घरमा जेनजी युवाहरूले आगजनी गरी ध्वस्त बनाइदिएका छन् भने कपटपूर्ण ढंगले मधेश प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त भएका सरोज यादवको बद्रीवासस्थित घरमा जेनजी युवाहरूले आगजनी गरिदिएका छन् । लहानमा दैनिकजसो युवाहरूले राजसंस्था पुनस्र्थापनाको मागसहित एमाले–मुक्त मधेश अभियान नै चलाएका छन् । भर्खरै मात्र इटहरीको एक कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतमाथि जेनजी युवाहरूले दुव्र्यवहार गरेका थिए भने दुघवीमा युवाहरूले बस्नेत र एमालेका विरुद्धमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । बस्नेतलाई गन्तव्य स्थलसम्म आउन नेपाल प्रहरीले सुरक्षा दिनुपरेको थियो । हिजो मंगलबार मात्र एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको बुटवलमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन सूचना पाउनासाथ हजारौँ स्थानीय, जेनजी पुस्ताहरूले विहानैदेखि भैरहवा विमानस्थल घेराउ गरेका थिए । जेनजी र स्थानीयहरू स्वस्फूर्त रूपमा सडकमा उत्रिएपछि भैरहवा दिनभरि तनावग्रस्त बन्न पुगेको थियो । प्रदर्शनकारीहरूले ‘केपी ओली हत्यारा हो, महेश बस्नेत गुण्डा हो, हत्यारालाई फाँसी दे’ भन्दै नाराबाजी मात्र गरेका थिएनन्, सहरका विभिन्न स्थानमा टायर बालेर आवागमन समेत बन्द गराएका थिए । विध्वंस र क्षति रोक्न विहानैदेखि भैरहवामा सुरक्षाकर्मीहरूको ठूलो संख्या तैनाथ गरिएको थियो । उता हिजै सुर्खेत पुगेका महेश बस्नेत सुर्खेतबाट खदेइएका छन् । बस्नेत सुर्खेत आउने सूचना पाएपछि स्कूल–कलेजका विद्यार्थी र जेनजी युवाहरूले सुर्खेत विमानस्थल घेराउ गरेका थिए । बस्नेतलाई सुरक्षाकर्मीहरूले सुरक्षा दिएका थिए । वर्तमान विषम परिस्थितिमा देशका अन्य मुख्य दल र क्षेत्रीय तथा साना दलहरू चुपचाप बसेको अवस्थामा एमालेले केही पार्टीका युवाहरूको आडमा संसद पुनस्र्थापनाको माग राखी अभियान चलाउन थालेपछि यतिबेला राजधानी, मधेश प्रदेश र अन्यत्रबाट समेत लखेटिन थालेका हुन् ।
उता नेपाली कांग्रेस भने आफ्नै आन्तरिक उल्झनमा फसेको छ । खास गरेर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा निर्घात कुटिएका पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाकै कारण कांग्रेस आन्तरिक उल्झनमा फसेको कांग्रेस नेता लोकश ढकालले बताउनु भएको छ । यही अवस्थामा नेतृत्व हत्याउने दाउमा रहेका गगन थापा, विश्वप्रकाश शर्माहरूले विशेष महाधिवेशनको माग गरिरहेका छन् भने संस्थापन पक्षका अन्यले नियमित महाधिवेशन हुनुपर्ने कुरामा जोड दिएका छन् । वर्तमान अवस्थामा मुख्य नेतृत्व कमजोर हुँदा पार्टीको नेतृत्व कब्जा गर्न सकिने थापा र शर्माको बुझाइ छ ।

तपाईको प्रतिक्रिया