सुनसरीमा १०.५४ किलो गाँजा सहित सिटी सफारी र दुई जना नियन्त्रणमा

सुनसरी । लागू औषध ओसार–पसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले इनरुवाबाट ठूलो परिमाणको गाँजा तथा सवारीसाधनसहित दुई जनालाई नियन्त्रणमा ल्याएको छ । बिहान करिब ११ः३० बजे इनरुवा नगरपालिका–१, इनरुवा बजार लाइन क्षेत्रमा चेकजाँचका क्रममा प्र.१–०२००४ ह.१७७६ नम्बरको सिटी सफारी रोकी जाँच गर्दा उक्त सवारीमा रहेको एक ओटा जेब्रा झोलाभित्र १०.५४ किलोग्राम (१० किलो ५४० ग्राम) लागू औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले सो सवारी साधनसहित चालक अजमल अन्सारी (१९ वर्ष), हरिनगर–४ र साथमा रहेका आमिर अन्सारी (१५ वर्ष), हरिनगर–७ लाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान जारी राखिएको छ । प्रहरीका अनुसार गाँजा ओसार–पसार र कारोवारमा संलग्न रहेको प्रारम्भिक शंका रहेका यी व्यक्तिमाथि आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया