तराईमा बम पडिकन थाल्यो

विराटनगर/सीमांकनको विषयलाई लिएर मधेशवादी दलहरुको आन्दोलन पछिल्ला केही दिन यता आएर हिासात्मक बन्न थालेको छ ।
आन्दोलनकै द्रवियानमा विराटनगरका चार ठाउामा बम विस्फोट भइसकेका छन् । एक हप्ता अगाडि विराटनगरको एक प्लाष्टिक्स उद्योगमा विस्फोट भएको थियो । त्यसपश्चात विराटनगर शाल्ट ट्रेडिङ्ग अगाडि, रानी र आइतबार विराटनगर १५ स्थित एस.लाल. एण्ड सन्स पेट्रोल पम्पमा विस्फोट गराइएको छ ।
चारै ठाउामा सुतली बम प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय मोरले जनाएको छ । आइतबार सााझ ७:१५ बजे पेट्रोल पम्पमा गराइएको सुतली बम विस्mफोटमा परी तीन जाना घाइते भएका छन् । मोरङ्ग प्रहरीका अनुसार विस्फोटमा
विराटनगर १३ शान्ति चौकका २४ बर्षीय निरज साह, सोही वडा पिपल चौकका ३६ बर्षीय अजय पाण्डे र विराटनर १५ का तपेश दाश घाइते भएका छन् । यसभन्दा अगाडि भएका तीन वटा विस्फोटमा कुनै भौतिक तथा मानवीय क्षति भएको थिएन । आइतबारको विस्फोटमा घाइते मध्ये साहको दाइने कुम र दाहिने हात, पाण्डेको ढाडमा र दाशको अनुहारमा गहिरो चोट लागेको छ । उनीहरु सबैको विराटनगरका विभिन्न अस्प्तालमा उचपचार
भइरहेको छ । वम फस्फोटका कारण पेट्रोल पम्मको पिल्लरमा सामान्य क्षति पुगेको छ ।
दैनिक हुने बन्दका कारण दिनभरि विराटनगरका पेट्रोल पम्पहरुले सााझ ५ बजेपति मात्र सर्वसाधारणलाई पेट्रोल वितरण गर्दै आएका थिए । आइतबार पनि पेट्रोल लिन लाइन लागेको अवस्थामा बम विस्फोट गराइएको थियो । वम विस्फोट भएपछि मोटर साइकल चालकहरुमा भागदौड मच्चिएको थियो । एस लाल एण्ड सन्सका सञ्चालक सत्यनाराययण विडलाका अनुसार मोटर साइकल चालक पेट्रोल भर्न लाइन लागेको समयमा एक्कासी विस्फोट भएको थियो । पेट्रोल पम्पमा विस्फोटन भएपनि विराटनगसकारका सबै पेट्रोल पम्मपहरुले प्रशासनसाग सुरक्षा माग
गरेका छन् ।

तपाईको प्रतिक्रिया