प्रजिअ मिश्र बारा सरुवा

धरान । अत्यन्तै मिलनसार तथा जिल्लाको शान्ति–सुव्यवस्था कायम गर्न निरन्तर लागि पर्नुहुने सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र बारा जिल्लामा सरुवा हुनुभएको छ । जेनजी आन्दोलन पश्चात असंवैधानिक ढंगले गठन भएको वर्तमान अन्तरिम सरकारले जनभावना अनुरूपका कामभन्दा पनि झिनामसिना काममा समय व्यतीत गरेको छ । कार्तिक ९ गते सरकारले एकै पटक ३० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू फेरबदल गरेको छ । सुनसरीमा मिश्रको ठाउँमा गृहमन्त्रालयका सहसचिव बासुदेव घिमिरेलाई पदस्थापना गरिएको छ । यसैगरी रुपन्देहीका टोकराज पाण्डेलाई लमजुङ, कैलालीका कृष्णप्रसाद लम्साललाई नवलपरासी, हिरालाल रेग्मीलाई सुस्ता पश्चिमबाट कैलाली, महोत्तरीका नारायणप्रसाद रिजाललाई दोलखा, दैलेखका भोला दाहाललाई पर्सा, पर्साका तोयानारायण सुवेदीलाई अर्घाखाँची, उदयपुरका प्रेमप्रसाद लुइँटेललाई धनुषा, डडेलधुराका जनार्जन गौतमलाई कपिलवस्तु, लमजुङका माधवप्रसाद पोखरेललाई रुपन्देही, जुम्लाका केदारनाथ शर्मालाई अध्यागमन कार्यालय अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, अर्घाखाँचीका गोपालप्रसाद अर्याललाई गृहमन्त्रालय, रौतहटका विनोदकुमार खड्कालाई धनकुटा, कपिलवस्तुका दिलबहादुर तामाङलाई बाँके, सिन्धुलीका दिनेशसागर भुसाललाई रौतहट, अछामका आनन्द साउँरालाई गुल्मी सरुवा गरिएको छ ।

यसैगरी गुल्मीका विष्णुप्रसाद कोइरालालाई अछाम, झापाका गोपालकुमार अधिकारीलाई काभ्रेपलाञ्चोक, भक्तपुरका नमराज घिमिरेलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई ललितपुर, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका युवराज कट्टेललाई मोरङ, ललितपुरका सुमन घिमिरेलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग, गृहमन्त्रालयका सहसचिव गोगनबहादुर हमाललाई बर्दिया, बाराका प्रकाश पौड्याललाई क्षति यथार्थ जाँचबुझ, मोरङका इन्द्रदेव यादवलाई महोत्तरी, काभ्रेपलाञ्चोकका उमेशकुमार ढकाललाई भक्तपुर, धनकुटाका शिवराम गौतमलाई झापा, धनुषाका शंकरहरि आचार्यलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । त्यसैगरी सिराहाका बसन्त अधिकारीलाई मकवानपुर, मकवानपुरका सुकुम श्रेष्ठलाई सिन्धुली, गोरखाका रामराज कट्टेललाई सर्लाही, सर्लाहीका तुलसीबहादुर श्रेष्ठलाई गोरखा र अध्यागमन कार्यालय भैरहवाका अध्यागमन अधिकृत खिमबहादुर रायमाझीलाई जुम्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

तपाईको प्रतिक्रिया