वर्तमान कठपुतली सरकारले आफ्नो सक्कली अनुहार देखाउन थालेको छ । विगतमा दलका भ्रष्ट सत्तासीनहरुले जुन रवैया देखाएका थिए वर्तमान एनजिओ, आइएनजिओ,बारबरा फाउण्डेशन, एमआइ सिक्स, सिआइए, एमएसएस गुलाम तथा एजेण्ट सरकार जसको योगदानले सत्तामा पुग्यो उसैप्रति निशाना साँध्न थालेको छ । वर्तमान विदेशी दलालहरुको इसारामा नाच्ने सरकार झmण्डै दुई महिनाको अवधिमा यति ओलोचित यति निकम्बा, जनघाति, विश्वास गर्न अयोग्य र दुर्गन्धित होला भन्ने कल्पना कसैले गरेका थिएनन् । संविधान त अवैध सरकार जेनजी आन्दोलनको बलमा बनेको हो । जेनजी कलिला युवाहरुको
रगतको धाराले बनेको यथार्थ वर्तमान अक्षम, निकम्बा, नालायक सरकारले भुसुक्कै विर्सिदा आज चौतर्फी आक्रोस देखिएको छ । जेनजी युवाहरुले सडकमा आफू बलिबेदीमा चढ्नु अगाडि जुन माग राखेर आन्दोलन गरेका थिए ती कुनै पनि माग यत्तिका दिन वितिसक्दा सम्बोधन हुन सकेको छैन । संवोधन होला भन्ने आशा पनि कसैले गर्न छोडिसकेका छन् । जेनजीले उठाएका जेन्यन मागहरुमा भ्रष्ट नेताहरुलाई हदैसम्मको कारबाही, २०४६ साल प्रश्चात पटक पटक सरकारमा बसेर नाटकीय ढंगले आर्जन गरेका अकूत सम्पत्ति जफत, उनीहरुको आफन्तको सम्पत्ति सुद्धीकरण, प्रदेशसभा खारेज, राष्ट्रियसभा खारेज, संवैधानिक राजसंस्थाको स्थापना लगायतका रहेका थिए । तर वर्तमान सरकार प्रमुख आज आम जनभावना, जेनजीका माग विपरीत चल्नमै उद्यत देखिन्छ । यहाँसम्म कि सक्कली जेनजीलाई उनले चिन्ने घृष्टता समेत गर्न छाडेकी छन् । नक्कली जेनजीहरुसँग अर्थात आपराधिक पृष्टभूमि भएकाहरुसँग उनी दैनिक छलफलमा व्यस्त हुन्छिन् । नक्कली जेनजीहरुको आदेश, निर्देशन अनुसार काम गर्नु उनको दिनचर्या बनेको छ । नक्कली जेनजीहरुले दिएको निर्देशन उनी अक्षरस पालना गर्नमै व्यस्त छिन् । सयौ घाइते जेनजीहरुले पटक पटक भेट्न खोज्दा उनी भेट्न दिदिनन् । काठमाण्डौको माइतीघरमा उनलाई झक्झक्याउन भेला भएका जेनजीहरुलाई निर्ममतापूर्वक धरपकड, लछारपछार, कुटपिट गर्न आदेश दिन्छिन् । आफू संविधान भन्दा बाहिर गएर काम नगर्ने कथित जवाफ दिन्छिन् । तर उनले हेक्का राखिनन् उनी वर्तमान संविधान अन्तर्गत अन्तरिम सरकारको प्रमुख भएकी होइनन् । जब उनी संविधान अन्तर्गत सरकार प्रमुख बनेकी होइनन् भने उनले संविधानभन्दा बाहिर गएर काम गर्दिन भन्नु आफूमा घोर षड्यन्त्रको गन्ध आउनु हो । वर्तमान सरकारको यही रवैवा रहेमा विगतमा शासकहरुको जुन दुर्गति भयो सोही दुर्गति उनले समेत भाग्नुपर्ने निश्चित छ । चाडपर्वपश्चात आम नागरिक सडकमा उत्रिन्छन्, उनीहरुलाई कसैले रोक्न सक्दैन । विगतका शासकहरु झैँ राज्यका सुरक्षा निकाय प्रयोग गरेर आन्दोलन दबाउने कुचेष्टा गरेको या सोच बनाएको भए क्षम्यको पात्र रहने छैनन् । आम नागरिकमा आक्रोस छ, वितृष्णा छ, घृणा छ त्यसको सही सम्बोधन बेलैमा गर्दा बुद्धिमानी हुनेछ । उनले बुझ्नुपर्छ उनको पहिलो कर्तव्य जन भावना अनुरुप चल्नु । निर्वाचन गराउन उनलाई जेनजीहरुले सरकारमा पठाएका होइनन् ।
