कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलोभन्दा बढी गाँजा बरामद

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ बाट ठूलो परिमाणमा लागू औषध गाँजा सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार असोज १९ गते राति विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धानबारीभित्र प्लास्टिकका १३ बोरामा लुकाइ–छिपाइ राखिएको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा फेला पारेको हो । गाँजा बरामदसँगै उक्त कारोबारमा संलग्न कोशी गाउँपालिका–७ निवासी ४५ वर्षीय दिनेश यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गाँजा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय भण्टाबारीमा राखिएको छ । प्रहरीले यस घटनालाई ठूलो परिमाणको लागूऔषध नियन्त्रण सफलताका रूपमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया