धरान/सुनसरी उद्योग वाणिज्य संघ धरानले विगत केही समय यता दैनिक जसो हुने गरेका बन्द, हड्तालले आम सर्वसाधारणको दैनिकी कष्टप्रद बन्दै गएको भन्दै एक अपिल जारी गरेको छ ।
अपिलमा उसले संविधान निर्माणको अत्यन्त महत्वपूर्ण घडीमा सबै राजनीतिक दल, वर्ग, समुदाय, पेशा, व्यवसाय मिलेर आ–आÏनो स्थानबाट सहयोग गर्नुपर्ने समयमा मुलुकका अधिकांश भागमा आ–आफ्नो अधिकार सुनिश्चित गर्ने नाममा जारी बन्द, हड्ताल प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ नयाा संविधान निर्माणको अन्तिम चरणमा केही दिन यता मुलुकभरि घटेका घट्ना त्यसमा पनि कैलालीको टिकापुरमा घटेको घट्ना र त्यसबाट मानवीय क्षतिप्रति संघ गहिरो दु:ख व्यक्त गर्दछ ।
नेपालीहरुको पहिचान भनेकै नेपाली नेपाली बीचको सदियौदेखि आपसी प्रगाढ सम्बन्ध, एक अर्काबीचको भातृत्वभाव, सामाजिक सद्भाव र मेलमिलाप नै हो । एक अर्कालाई आपत विपद पर्दा उदारभावले सहयोग गर्ने, दु:ख सुख एक आपसमा बाडचुड गर्नै हामी नेपालीहरुको संस्कार
हो । यही वैसाख १२ गते गएको महा विनाशकारी भुकम्पमा परी दु:खमा परेको अवस्थामा सबै नेपाली (हिमाल, पहाड,
तराई) एक जुट भई विपत्तिको अवस्थामा सबैले जातजाति, प्रदेश, क्षेत्र नभई सबैले
राष्ट्रिय भाव प्रदर्शन गरी सहयोग गरेको हामी सामु ताजै छ । यसलाई कहीा कतैबाट पनि खलल पार्ने काम नगरियोस् भन्ने समेत सुनसरी उद्योग वाणिज्य संघ सबैमा हार्दिक अनुरोध गर्दछ, विज्ञप्तीमा भनिएको छ ।
ठूलो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्ने भनेको नै संविधान निर्माणले हो । तसर्थ समयमै ंसंविधान जारी गरी प्राप्त उपलब्धी संस्थागत गर्ने कार्यमा कहीाकतैबाट
अवरोध नपुर्याई संविधान निर्माणको महान कार्यमा जुटन सबैमा आग्रह गर्दछौं । सबै प्रकारका असहमतिलाई वार्ता र संवादका माध्यमबाट हल गर्ने आव्हान गर्दै हप्तौदेखि जारी बन्द, हडतालका सबै कार्यक्रम फिर्ता लिई आम नेपालीको दैनिकीलाई सहज, उद्योग, कलकारखाना, यातायात निर्वाध रुपमा संचालन गर्ने वातावरण बनाउन नेपाल सरकार, राजनैतिक दलका सबैमा हार्दिक अनुरोध गर्दछौं । साथै अहिलेको अत्यन्त संवेदनशील घडीमा सबैमा धैर्यता र संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न सम्बन्धित सबैमा सुनसरी उद्योग वाणिज्य संघले आवहान समेत गरेको छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ,
निरन्तरको बन्दबाट नीजि क्षेत्रका उद्योगी, व्यवसायी लगायत राज्यले निकै ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ भने सर्वसाधारण नेपाली जनताले सास्ती व्यहकोर्नु परेको छ ।, बन्द हड्तालले देशभभरका उद्योग व्यवसाय नराम्ररी प्रभावित भएका छन् । आजको अत्यन्तै यस्तो परिस्थितिमा केही राजनैतिक दलहरुले आफ्नो राजनैतिक उद्देश्य पूर्ति गर्नका लागि आयोजना हुने कार्यक्रमको नाममा चन्दा संकलन गर्न थालेको, चन्दा नदिएमा संघातिक हमलाको समेत धम्की दिने गरेकोले निजी क्षे थप त्रसित हुन पुगेको छ । यस्ता चन्दा तथा धम्कीको सुनसरी उद्योग वाणिज्य संघ घोर आपत्ति जनाउादछ । यस्ता जबरजस्ती चन्दा उठाउने कार्य तुरुन्त बन्द गर्न समेत सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।
