घण्टाघरबाट हेर्दा

बेकामे राष्ट्रपति
काम पनि छैन, काज पनि छैन, खानेबेलामा लाज पनि छैन भनेर हाम्रा बाबुबाजेले त्यसै भन्या हैन रै’छन् । अब हेरौ न शितल निवासमा उपरखुट्टी लगाएर बसेका हाम्रा बेकामे
राष्ट्रपतिलाई । सरकारले टिकापुर घटना पछाडि नेपाली सेनालाई गस्तीमा खटाउने निर्णय गर्‍यो । तर हाम्रा
राष्ट्रपतिले आफूलाई सोध्दै नसोधी, सेना परिचालन गर्‍यो, सेनाको परमाधिपति म हुा भन्दै उन्लाई भेट्न जानेहरुसाग
रााडे रुवाई गर्न थालेछन् । यिन्को रााडे रुवाई देखेर फर्कनेहरुले कठैबरा सम्म भन्दिए । बााकी त उही गुएलाको फूल । संविधान जसरी पनि जारी हुने सुइाको पाएका राष्ट्रपतिले आफ्नो पद धरापमा पर्ने बुझेरै हिजो आज सरकारका हरेक निर्णयको विरोध गर्न थाल्या हुन् रे । होला पनि ज्वाइा जस्तो बसेर , गमक्क फुलेर शितल निवासमा खाएको भोलि सपहीको गाउामा कहाा पाउनु ? कि कसो हौ ?
नमान्ने रे
मधेशवादी दलका नेताहरुले तीन दलका नेताहरुलाई ज्योतिष देखेछन् । कसरी देख्या होलान । तीन दलको ज्योतिष आजसम्म मिल्या छैन । पहिला तीन दलले जोखना हेर्दा माघ ८ गते नै संविधान जारी गर्ने भन्या थे, त्यसपछि चैत्रमा जारी गर्ने भने त्यसपछि जेष्ठ, अहिले फेरि आएर भदौभित्र जसरी पनि सविधान जारी गर्नेै भन्दैछन् । सिंहदरबार र बाल्वाटारभित्र बसेर हेरेको ज्योतिष पनि कही मिल्छ ? पचास लाखको अश्वासन देखाएर सडकमा मान्छे उफार्न थालेसी तीन दलका नेताहरु संविधान जारी गर्ने कि नगर्ने दोधारमा पर्‍या छन् । जारी गर्दा ताइन तुइाको संविधानले कसैको चित्त बुझाउन नसक्ने, नगरौ त यसो अलि अलि भा’को इज्जत पनि चैट हुने । विचाराहरुलाई यतिबेला संविधान भालुको कन्पट भा’छ । भालुको कन्पट समाइ हालियो अब छोडौ भने आफैलाई झम्टने भन्ने त्रास । चार लाख दिने भनेर उचाल्याहरुले भोलि टाउकामा केही नपाएसी ५० वटा टुटुल्का उठाएसी थाहा पाउाछन् लेखीहरुले । कि कसो हौ ?
अति भयो
देशाा काम भन्दा ज्यादा थुतुनो चल्न थालेपछि घण्टाघरका कन्सिरी हिजोआज रन्किन थाल्या छन् । जता गए नि थुतुनेहरुकै विगविगी । थुतुनोमा जे आयो त्यही फलाक्या छन् । हैन यसरी प्यार–प्यारे थुतुनो चलाउनेहरुलाई यो देशमा कारबाही गर्ने निकाय छैन ? अब थुतुनेहरुलाई कारबाही गर्छ छुट्टै मन्त्रालय नै गठन  गर्नुपर्ने भैसक्या छ । अब हेरौ न त्यो राजकुमार थारु (लेखी) ले अस्तिका दिन इटहरमिा आएर कम्ता थुतुनो चलाएनन् । थारुहरुका माग पूरा नभए प्रधानमन्त्री सुशिल दा’माथि नै भौतिक कारबाही गर्ने धम्की दिए ।  सुशिल दा’ मात्र हैन तीन दलका शीर्ष नेताहरु कसैलाई पनि बााकी नराख्ने रे । लौ है सुशिल दा’यो बुढेशकालमा लेखीले भन्या थपक्क मान्नु नत्र के गर्नुपर्छ आफै
जान्नु ? घण्टाघरको त सुझाउ मात्र हो, माने ठिकै छ नमाने नि घण्टाघरलाई लुतो न कन्याई ।
प्रचण्डाउको ठम्याइ
एमाउवादीबाट फूमाउवादी भएको माउवादीका अधयेक्षे प्रचण्डाउको कसैले वर्णन नै गर्न सक्दैनन् । फुमाउवादी माने फुट्याफुट्यै गर्ने माउवादी । फुट्दा फुट्दै फुमाउवादी अब बच्चा माउवादी पो बन्न पुग्या जस्तो छ । चौटिएर सिद्धिदै जाादा पनि प्रचण्डाउको चतुर्‍याई देखेर घण्टाघर पनि हिजो आज हैरान हुन थाल्या छ । यतिबेला फु माउवादी भित्र कलह नै कलह देखिएको छ । प्रचण्डाउ आफू बााचुन्ज्याल कसैलाई अगाडि बढ्नै दिादैनन । फुमाउवादी प्रचण्डाउसागै सिद्धिएला जस्तो छ । अब हेरौ न अध्येक्षे भएर राइदाइ गर्दै आएका प्रचण्डाउ बर्षमान पुन अगाडि बढ्न खोज्दा छिर्के लगाएर कृष्णबहादुर महरालाई अगाडि सार्छन्, महरा र पुन प्रचण्डाउसाग आगो हुन खाज्दा हरिबोल र अग्नी सापकोटालाई अगाडि सारिहाल्छन् । जे होस् प्रचण्डाउको बठ्याइलाई चाहिा मन्नै पर्छ वा †
अमरेश गायव
आफूलाई बडो स्मार्ट सम्झने, २०६२/०६३ को आन्दोलन पश्चात दुलोबाट निस्केर नेता भै टोपलेका अमरेश कुमार सिंह एकाएक बेपत्ता भएका छन् । स्याललाई काल आयो भने सहर पस्छ, मान्छेलाई काल आयो भने तथानाम बन्छ भन्थे हो रै’छ । त्यत्रो ठूलो  पार्टी त्यसमाथि पनि सत्तासीन नेप्लीज कााग्रेसका सभासद अमरेशलाई पार्टीले कारबाही गरेर जोरलात्ती हान्ने तयारी गरेपछि उनी एकाएक गायव भएका हुन् । कैलालीको टिकापुर घटनामा अमरेशको कनेक्सन देखिएपछि सोझा तोत्याङ्गग्रे सुशिल बालाई पनि लाटो रिस उठेछ । मधेशीहरुलाई आन्दोलनका लागि उचाल्दलै हिड्ने, मधेश छुट्टै देश बनाउने भन्दै अन्टसन्ट बोल्दै हिाडेका सिंहलाई घ्यु नपचेकै देखियो । कुकुरलाई घ्यु दिादा शरिरका रौा सबै खल्यात खुलुत खुइलिन्छ । अब अमेरश पनि पार्टीबाट त्यसैगरी खुइलेलान् जस्तो छ ।
नत्र वार्ता नगर्ने रे
दुई–दुई पटक मधेश आन्दोलन गरेका पूर्व मधेशी जनअधिकार
फोरमका अध्येक्षे अनि हाल संघीय फोरमका अध्येक्षे भै टोपलेका उपिन्द्र जादवले अस्तिका दिन भन्या जब सम्म सेना परिचालनको निर्णय फिर्ता हुादैन  तवसम्म सरकारसाग वार्ता नै नगर्ने रे । सेनाको बुट देख्दा एक कोष परै धोती मुत्नेले के आन्दोलन गर्नु ? मधेशको आन्दोलन छाडेर वार्तामा आउ भनेर सुशिल दा’ले आवहान गरेपछि जादवले त्यस्तो शर्त अगाडि सारेका हुन् ।
डन नेता
आश लागेको पठ्यांग्रो जेठाजु परेसी आजकालमा नखरमाउलीहरुको मनै अमिलो भएझै नेता पल्टिएका गगन थापाको नाम सुन्दा पनि हिजो आज सबका हात जुर्मुराउन थाल्या छन् । घैटे जस्ता डनलाई खेलाएर नेता भएका थापालाई सबैले डन नेता भन्न थाल्या छन् । अपराधीलाई
प्रहरीले सिध्याउादा डन नेताले कम्ता हंगामा मच्चाएनन् ।  घैटेलाई सहीद घोषना गर्नुपर्छ भन्दै ससदमा कुर्लिए, मानव अधिकार आयोगमा गएर उजुरी दर्ता गराए । अरु बेला खुब ठूलठूला भाषन गर्थे, अपराधीरुलाई कारबाही गर्नुपर्छ भन्थे आखिरी पर्दा पछाडि बसेर डनबाटै दायाा बायाा गर्दा रै’छन् । यत्रो दिन कमाएको इज्जत घैटेले चिलिम बनाइदियो । विचारा गनगने थापा ।

तपाईको प्रतिक्रिया