धरान/ सांस्कृतिक, आर्थिक र सामाजिक हिसाबले आफ्नो पहिचानलाई जीवन्त राख्न छथर समाज धरानले धरान १५ बनाएको संग्राहालयको शनिवार एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ ।
छथरे समाजको बार्षिकोत्सवको अवसर पारेर संग्रहालयको उद्घाटन किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनले गर्नुभएको हो ।
धनकुटा र तेह्रथुम जिल्लाका २१ गाविसमा बसोबास गर्ने छथरे लिम्बु समुदायले आफ्नो पुर्खाले प्रयोग गर्ने गरेका हतियार, सांस्कृतिक पर्वमा प्रयोग हुने विभिन्न प्रकारका समाग्री, खानामा प्रयोग हुने सामाग्री लगायत १८३१ साल अघि लिम्बुवान भूमिमा प्रयोग गरिएका हातहतियारहरु, लालमोहर, मुद्रा समेत संग्रहालयमा राखिएका छन् ।
संग्रहालयमा १ सय भन्दा बढी सामाग्रीको राखिएका छन् । संग्राहालयमा राखिएका सम्पूर्ण साम्रागीको संकलन भने लिम्बुवानका अग्रज भरत सुब्बाले गर्नुभएको हो । दशक अगाडिदेखि छथरे बासीहरुको इतिहासलाई जीवन्त राख्ने सोच राखी संकलन गरिएका सामाग्रीहरु यस स्थानमा राखिएको संकलनकर्ता भरत सुब्बाले जानकारी दिनुभयो । अन्य संग्रहालयमा नरहेका सामाग्रीहरु संकलन गरी नीजि स्तरबाटै यो संग्राहालय स्थापना गरिएको संकलन कर्ता सुब्बाको भनाई छ ।
समाजको अगुवाईमा संग्रहालय निजी स्तरबाट बन्नु अत्यन्तै उत्तम भएको कार्यक्रमका प्रमुख अतिथि एवम् किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनले बताउनुभयो । बन्द, हड्ताल जस्ता कुरामात्र आन्दोलन नभई आफ्नो इतिहासलाई जीवन राख्न
गरिएको प्रयास समेत लिम्बुवानीहरुका लागि आन्दोलन भएको उहाको भनाई छ । यसले इतिहासमा छथरे लिम्बुहरुले प्रयोग गर्ने विभिन्न प्रकारका सामाग्री, सांस्कृतिक पहिरन र पहिचान झल्काउने विविध प्रकारका सामाग्री राख्न नीजि क्षेत्रबाट जुन प्रयास गरिएको त्यो सह्रानीय भएको उहाको भनाई छ ।
पूर्वमा बस्ने छथरे लिम्बुहरुको पहिचानलाई जोगाइराख्न समाजले एक कोठे भवनको १५ लाखको लगानीमा निर्माण गरिएको हो । संग्रहालय स्थापना गर्नु गौरवको कुरा भएको पूर्व राज्यमन्त्री हरिराज खेवाले जानकारी दिनुभयो । उहाले आफ्नो इतिहासलाई जीवन्त राख्दै छथरे समाजले नीजि लगानीमा संग्रहालय राख्नु एउटा आन्दोलनको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
विशेष गरी लिम्बुहरुको हतियार चेप्सा, गुप्तीकुञ्ज, सेरीलुङ तथा पुरानो लिम्बु सम्बन्धी लालमोहरु यस संग्राहालयमा राखिएको छ ।
धरान १६ निवासी झप्तमान खजुम पारघरी लिम्बुको आर्थिक सहयोगमा निर्माण भएको यो संग्रहालय संरक्षणका समाजले लागि एक समिति समेत गठन गरिएको छ । समितिले छथर क्षेत्रमा रहेका ऐतिहासिक स्थलको प्रचारप्रसारमा समेत जोड दिने भएको छ ।
त्र
