प्रकाश सापकोटाको ‘सन्नाटामा सुस्केरा’ डेनमार्कमा विमोचन

धरान । सुनकोशी वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको डेनमार्क निवासी प्रकाश सापकोटाको ‘सन्नाटामा सुस्केरा’ कविता संग्रह भाद्र १ गते राजधानी कोपनहेगनमा विमोचन भएको छ । लामो समय डेनमार्क बस्दै आउनु भएका सापकोटाको उक्त कविता संग्रह डेनमार्कस्थित नेपाली राजदुत सु्ुम्निमा तुलाधरले शित शीर्षकको कविता वाचन गर्दै विमोचन गर्नुभएको थियो ।अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरले विमोचन कार्यक्रमको बन्दोबस्त मिलाएको थियो । समारोहमा कवि सापकोटाले सन्नाटाभित्र सुस्केरा कविता संग्रहमा समावेश भएका तीन फरक शीर्षकका कविता वाचन गर्नुभएसँगै डेनमार्कमै बस्दै आउनु भएका दिपकराज रिजाल, कृष्ण सागर, नविन पौड्याल, बुद्धि सापकोटा, रमेश घमिरे, राधाकृष्ण सापकोटा र नारायण चापागाईले पुस्तकमा समेटिएका कवितामाथि टिप्पणी गर्नुभएको थियो । समाजका अध्यक्ष पूर्ण बस्नेतले कविता संग्रहको समीक्षा गर्दै सहभागी सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने नेपाली पाठशाला कोपनहेगनका प्रशिक्षक दिपक कुमार तिवारीले सहजीकरण गर्नुभएको थियो ।

सोही विमोचन कार्यक्रममा यस भन्दा अगाडि अन्तर्राष्ट्रिय साहित्य समाजले आयोजना गरेको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सुनाइएको थियो । जसमा धादिङ्गका महान त्यागीको छाउगोठकी कामाख्या प्रथम, धनगढीका प्रेमप्रकाश सापकोटाको प्रेरणा द्वितीय र सिक्किमका गोपाल निसोधको वोनराई मेरा रहरहरु तृतीय भएको थियो । विजेता कविहरुलाई राजदुत तुलाधरले पुरस्कार सहित सम्मान गर्नुभएको समाजमा अध्यक्ष पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया