विदेशीलाई सरकारी नियुक्ति
ल्यापल्यापे काजीकजिनिका भान्से हली शरण महतले अस्तिका दिन एउटा बडो गज्जबको कुरा गरे । त्यस्तो गज्जबको कुरा ल्याउने तिनको गोवर भरिएको दिमागले सोच्नै सक्दैन । भान्सामा काजी किजिनीले गरेको वार्ता सुनेपछि बाहिर आएर उनले भट्याएका मात्र होलान् । जेहोस आइडिया चै गज्जबको छ । अबदेखि नेपालको सरकारी सेवामा विदेशीलाई नियुक्ति दिनुपर्छ रे । स्वदेशका युवाहरु सबै विदेशतिर झोला झ्याम्टा बोकेर लस्करै लागेर चल्दिएपछि सरकारी निकाय त्यसै खाली राख्ने कुरा पनि भएन । विदेशलाई सरकारी सेवामा जागिर दिँदा नजराना पनि डलरमै झर्ने निश्चित छ । रकम आर्जनका लागि देशाँ कम्ति मेहनत गर्नुप¥या छैन । भिजिट भिषामा ह्वार ह्वार्ती युवा बेच्दा नि पुग्या छैन । नेपालीलाई भुटानी शरणार्थी बनाएर कुम्ल्याउँदा पनि पुग्या छैन, सार्वजनिक जग्गा आÏनो बनाउँदा पनि पुग्या छैन । बेश्यालय खोल्न गरेको प्रस्ताव पनि विपक्षी असतिहरुले विरोध गरेर टिक्न दिएनन्, उद्योग धन्दाहरु त पहिल्यै हजम बनाएकै हुन् । दातृ राष्ट्रहरुसँग ऋण लिएर कुम्ल्याउँदा पनि पुगेन । अब त्यही एउटा बाटो छ विदेशीलाई सरकारी निकायमा नियुक्ति दिएर कुम्ल्याउने । त्यसले नि नपुगे विदेशीलाई सरकार चलाउन ठेक्का दिने । जे गरे नि हुन्छ । यहाँ बोल्नेवाला कोही छैन ।
धिक्कारकर्मीहरुको धन्दा
नेपालका धिक्कारकर्मीहरुको धन्दा यतिबेला दिन दुगुना रात चौगुनाको रÏतारमा फस्टाएको छ । फस्टाउने भयो नि बोल्दा पनि डलरमा व्यापार हुने भएपछि । अब हेरम न अस्तिका दिन धिक्कारकर्मीहरु नेपालका सहकारी ठग नटवरलालललाई थुनेको रुपन्देही जेलमा पुगेछन् । ठगलाई जेलमा सानो कोठामा राखिएको, विस्तारा पनि राम्रो नभएको, कोठामा एसीको सुविधा नदिएको जस्ता नानाथरिका कुरा गरेछन् । जेल भन्या जेल हो भन्ने कुरा तिन्लाई थाहा
रहेनछ । ठग, भ्रष्टाचारी, दलाल, गुण्डा, हत्याराहरुलाई सजय दिन जेलमा राखिन्छ भन्ने पनि तिनले बुझेका रै’नछन् । सहकारी ठग नटवरलाललाई राखिएको कोठा देखेर तिनले तीखा टिप्पणी गरेछन् । अब अदालतले ठग, भ्रष्ट, हत्यारा, दलाल, बलात्कारीलाई सजाय तोक्दा फलानो पाँचतारे होटलको एसी सहितको सुविधा भएको कोठामा लगेर राख्नु भनेर आदेश दिनुपर्ने भएको छ । नत्र धिक्कारकर्मीहरुको डलरको व्यापारलाई अगाडि बढाउने देखिएको छ ।
प्रकाश भुजेलहरुको राइदाई
आफूले भने अनुसारको माल नझर्ने भएपछि नेपालका दाजु, भाउजु र देवरहरुले प्रकाश भुजेलजस्ता झाक्रीलाई बढावा दिएर रामेश जस्तालाई देशै छाड्न बाध्य बनाउने गरेका छन् । उल्फाको धन फूपूको श्राद्ध त्यसै भन्या होइन । यो मुलुकमा राम्रा मानिस बसून, योग्य मानिस बसून, सक्षम मानिस बसून, देशको समुन्नतिमा योगदान दिऊन्, देशलाई समृद्ध बनाउन् भन्ने त दाजुभाउजु पहिल्यैदेखि चाहँदैनन् थिए । अब यसमा दुवैलाई दुई देवरहरुले दह«ोसँग साथ दिएका छन् । पहिला पहिला त दुई जना देवरहरुले केही गर्छन् कि भन्ने घण्टाघरलाई लाग्या थियो । ती पनि विस्तारै सडियै निस्किए । थुतुनोले आकाश पाताल छेड्ने तर धन्दाचाहिँ उही लुड्याउने । पहिला पहिला पो राजाहरुले पलायन भएका योग्यहरुलाई फकाएर ल्याउँथे अहिले उल्टो भा’छ । गन्हाउने तन्त्र भन्या यस्तै हुँदो रै’छ क्यारे ?
भूमाफिया आयोग बनाउँ रे
पर्धानमन्तरी खप्रओको सरकारले रातदिन पसिना बगाएर भूमि आयोग बनाएको छ । अब भूमि आयोगले भूमि नभाकाहरुलाई कटेरो हाल्ने भूमि उपलब्ध गराउला भन्ने लाग्या थियो । तर भूमि आयोगका रÏतारै उल्टो देखिन थाल्यो । अस्तिका दिन मधेशका एकजना तगडै नेताले पर्धानमन्तरी खप्रओलाई राम्रो सुझाउ दिएछन् । भूमि आयोग होइन भूमाफिया आयोग बनाउनु् । ती नेताको सुझाउ घण्टाघरलाई सोह«ैआना जायज लाग्यो । यहाँ भूमाफियाहरुकै बोलवाला छ । सिंहदरबारमा छिरेकाहरु ठुलै प्लटिङ्ग हान्न्छन्, प्रदेश सरकारका पनि राम्रै भ्याइदिन्छन् । स्थानीय तहमा भएकाहरु समेत झिनामसिना ओगटी हाल्छन् । गिरीबन्धु, धनगढी, लिचिबारी, वाल्वाटार, पतञ्जली जस्ता ठूलाले भ्याएकै छन् । भूमाफिया आयोग नाम राखेपछि टन्टै साफ । कसैले औला ठड्याउने आँट पनि गर्दैन । नाम भूमाफिया आयोग भएपछि त्यसले गरेको काममा सबैले चित्त बुझाउनै पर्छ । न अदालतमा मुद्धा लाग्छ न वकिलहरुले बहस गर्नुप¥यो न पेसी चढ्ने र सर्ने रोग हुन्छ । क्या हाइसञ्चो । बरु चाँडै भूमि आयोगको नाम परिवर्तन गर्नतिर सांसदहरु लाग्नुप¥यो । दुई तिहाई बहुमतले पास हुनेमा शंकै छैन ।

पर्धानमन्तरीको बोल्ड निर्णय
जे होस् हाम्रा पर्धानमन्तरीलाई चाहिँ मान्नैपर्छ । उनी निर्णय गर्दैनन् गर्दैनन् गरिसकेपछि बोल्डै निर्णय गरिदिन्छन् । नेपाललाई दूधमा आत्मनिर्भर बनाउन उनले अस्तिका दिन बोल्ड निर्णय गरेका छन् । अब एक किसानले १० वटा भैसी पाल्नुपर्छ रे । एक लाख किसाले व्यवसायिक भैसी पालन गर्नुपर्छ रे ।
करनी र कथनमा फरक पर्छ भन्ने कुरा पर्धानमन्तरी खप्रओलाई ज्ञानचाहिँ रै’नछ । कि बुझ पचाएर पो बोल्या हुन् कि ? व्यवसायिक रुपमा भैसी पाल्ने किसानै नेपालमा कहाँ रहे र ? सबै भिजिट भिषामा बेचिइ सकिएका छन् । फेरि भैसी पालेर कस्ले दुःख गर्ने ? भकारो सोहार्ने, घाँस काट्ने, भिखारी जस्तो घर घरमा पु¥याएर कस्ले झन्झट गर्ने ? जमिन कस्ले दिने, पशु आहारा कस्ले दिने ? सिंहदबारेहरुको भर छैन । तर बोकाको आयात गरेको दूध किन्यो बजायो, कि कसो हौ ?
मनोहराका सम्पन्न सुकुम्बासी
झालेमालेको भोट बैंक मनोहराका सुकुम्बासी भनाउँदाको घरमा बालेनको डोजर चलेसी’ वाल्वाटारमा खल्लीबल्ली मच्चिएको छ । झालेमालेका कतिपय नेताहरु भक्कानिएका छन्, कतिपयको मुटुको धड्कनै बन्द होला जस्तो भा’छ रे । अहिलेसम्म बा र बाका झोलेहरुले संरक्षण गरेर ती भोट बैंक हुकुम्बासीहरुलाई जोगाएर राख्या थिए । बालेनका अघिल्तिर तिनको केही लागेन । बर्षौदेखि अरुको जग्गा कब्जा गरेर आलिसान महल बनाएरबसेका हुकुम्बासीहरुलाई लखे्ट्दा र तिनका महल भत्काउँदा कसैले कठैसम्म भनेनन् । मनोहरा छेउका सुकुम्बासीहरु धनाढ्य सुकुम्बासी रै’छन् । राजधानीका अन्यत्र भएका घर भाडामा लगाएर मनोहरामा बस्या रै’छन् । कसैको करोडौका बैंक ब्यालेन्स, कसैका सैयौ तोला सुन, कसैका घरमै लाखौ रुपैया, घरमा एसी जडान, नीजि गाडी । वाह † सुकुम्बासी भन्या त यस्ता पो हुन त । सुकुम्बासी भनेर हेप्नी † संसारकै धनाढ्य सुकुम्बासी खोज्नु प¥यो भने मनोहरा फाँटमा गए हुने भयो । अब बालेन र बाका बीचमा थुतुनो युद्ध मात्र चल्ने हो कि धम्साधम्सी पर्ने हो ?
हली रामले जेल जानु पर्दैन
रोलेक्स रातो महंगो घडी छु मन्तर गरेर आफ्नो खल्तिमा भिœयाउने हलिराम खतिवडाले जेल जानु नपर्ने भएको छ । निजामति कर्मचारीको विद्येयक बनाउँदा हलिरामले राम्रो जोहो गररेछन् । हुन त हलिराम जोहो गर्नचाहिँ खप्पिस छन् । हल्का दायाँ बायाँ गर्दा राम्रो अर्थोपार्जन हुने भएपछि हलिराम मात्र नभएर अरुका पनि तीन नेत्र बल्नु स्वभािवा हो । राज्य व्यवस्था समितिको सभापति भएर कुलिङ्ग पिरियड सट्यासुटुक हँटाएका हलिरामले पहिला त बडो पूmर्ति लगाएका थिए । गल्ति गरेको भए जस्तोसुकै सजाय भोग्न तयार छु । विस्तारै तिनको स्वर मलिन हुँदै गयो । कुलिङ्ग पिरियड हँटाउन हलिरामले भूमिका खेलेको छानविन समितिले औँला ठड्यादियो । त्यसपछि उनको अनुहार बाँदरको पिँध जस्तो भाथ्यो । तै पनि पद छोड्ने नामै लिएनन् । घोœक्याएरै निकाल्ने सुइँको पाएसी’ बल्ल तल्ल समितिबाट राजीनामा दिए । त्यस्तो अपराध गर्दा नि हलीरामले जेल जानु नपर्ने भएको छ । अरु भए मुन्टिएर जेल जानुपथ्र्यो लाउरेसका न परे । लाउरेस भन्या सत्ता पक्षीय हो । सत्ता पक्षकाले ठगे पनि, लुटे पनि, बलात्कार गरे पनि, भ्रष्टाचार गरे पनि, मान्छे बेचे पनि जेलचाहिँ जानुपर्दैन ।
अन्तेमा
नेप्लीज लाँउरेसका नेता शेखराउले अस्तिका दिन गज्ज्बको गफ हान्दिए । शेखराउ कहिलेकाँही गज्जबै गफ हान्दिन्छन् । उन्ले भन्या सार्वजनिक जग्गा देख्यो कि झालेमालेलाई औडाहा हुन्छ रे । हो कि क्या हो ? जहाँ जहाँ सार्वजनिक पर्ति जग्गा छन् त्यहाँ त्यहाँ झालेमालेका अरिंगाल, झोलेहरुले खम्बा गाँडेका छन् । खम्बा मात्र गाँडे त हुन्थ्यो नि आलिसान महल नै बनाएका छन् । झालेमालेको सिको गरेर नेपालमा अरु कमनिष्ठा भएकाहरुले पनि झण्डा गाँड्ने, खाँवाखुट्टी गाँड्न्े, जालझेल गरेर आÏनो नाममा पार्ने काम गर्दै आएका छन् । जहाँ खाली जग्गा, पर्ति जग्गा त्यहाँ झालेमाले र अरु कमनिष्ठा भएकाहरु पुगिहाल्छन् । जे होस् शेखराउले सत्या कुरा गर्दैछन् । अब बाका झोले, मनेका झोलेहरु एक पटक शेखराउको खैरो खन्न उर्तेलान जस्तो छ ।
