भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानमा भारतको ७९ औं स्वतन्त्रता दिवस मनाइयो भारतको लागि यो उत्सव मात्र नभएर त्याग, बलिदान र अटल देशप्रेमको प्रतिक हो– मेजर भरत कनौजिया

धरान । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले अगष्ट १५ भारतका लागि उत्सवमात्र नभएर त्याग, बलिदान र अटल देशप्रेमको प्रतीक भएको बताउनु भएको छ । मेजर कनौजियाले उक्त कुरा दुतावासको पेन्सन वितरण कार्यालय धरानको प्रांगरणमा आयोजित ७९ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै बताउनु भएको हो । सम्बोधनका क्रममा मेजर कनौजियाले भन्नुभयो भारतको स्वतन्त्रता दिवसको अवसरमा उपस्थित सबैमा शुभकामना व्यक्त गर्दछु । आज हामी भारतको ७९ औ स्वतन्त्रता दिवस मनाइरहेका छौं । आजको दिन बीर सहीदहरुको स्मरण गछौ्र । जसले राष्ट्रको स्वतन्त्रता र स्वाभिमानको रक्षार्थ आफ्नो जीवन अर्पण गर्नुभयो, त्यस बलिदानमा नेपालका बीर गोर्खा सैनिकहरुको योेगदान पनि विशेष रुपमा उल्लेखनीय रहेको छ । चाहे युद्ध भूमिमा होस् या शान्ति स्थापना मिशनमा होस गोर्खा सैनिकहरुले सदैव अदम्य शाहस, अनुशासन र निष्ठाको परिचय दिएका छन् । उहाँले भन्नुभयो सौर्य र योगदानको कदर गर्दै भारतको इतिहासमा उनीहरुको नाम सुनौलो अक्षरमा लेखिएको छ । हामी सदैव गर्वका साथ स्मरण गरिरहने छौं । भूपूहरुको योगदानको कदर गर्दै यस कार्यालयले भूपूहरुको हक हितका लागि विभिन्न गतिविधिहरु गर्दै आएको छ । जस अनुरुप हाल आएर पूर्वाञ्चलमा बसोबास गर्नुहुने १६ हजार भूपू सैनिक तथा तिनका आश्रितलाई यस पेन्सन वितरण कार्यालयले पेन्सन वितरण गर्दै आइरहेको छ । यतिमात्र नभएर पिपिओ धरान परिषरभित्र एभरेष्ट बैंक लिमिटेड र नेपाल स्टेट बैंक लिमिटे्डको बैंक काउन्टर सञ्चालन गरी वित्तीय कार्यलाई सहज र सुलभ बनाएको छ । कोशी प्रदेशका जिल्लाहरु जस्तै ओखलढुंगा, खोटाङ्गको दिक्तेल, सोलुखुम्बु, इलाम, ताप्लेजुङ्ग, पाँचथर, भोजपुर, तेह्रथुम, संखुवासभा, मोरङ्ग, झापा, धनकुटा र उदयपुर जिल्लाका गरी ३१ स्थानमा पेन्सन शिविर सञ्चालन गरेर भूपू तथा तिनका आश्रितहरुलाई सेवा प्रदान गर्दै आएको छ । यसका साथै इसिएचएस (एक्स सर्भिस मेन कन्ट्रिव्युटर हेल्थ स्किम) लाई भारतीय सेना र आसाम राइफल्सका पेन्सनरहरुलाई स्वास्थ्य उपचार प्रदान गरिदै आएको छ । यसका साथै विभिन्न कल्याणकारी योजनाहरुबाट समेत उहाँहरुलाई सेवा प्रदान गरिदै आएको छ । पूर्वमा सूर्य आइकेयर, मञ्जुश्री सुपर स्पेसियालिटी आइ हस्पिटल धरान, विरानगर अस्पताल प्राइभेट लिमिटेड, विएमसी हस्पिटल विर्तामोड र पूर्वाञ्चल क्यान्सर हस्पिटल विर्तामोडलाई इसिएचएस लोन आवद्ध गरी स्वास्थ्य उपचार सेवामा सहजीकरण गरिएको समेत मेजर कनौजियाले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो पिपिओ धरानमा आउनुहुने अशक्त पेन्सनरहरुको सुविधालाई मध्यनजर गर्दै ¥याम्प निर्माण गरी सहज बनाइएको छ । यस कार्यालयले भूपू तथा तिनका आश्रित परिवारका लागि खाजा घरको सेवा, निःशुल्क वाइफाइ, सवारी पार्किङ्ग सेड, खुल्ला जिम, मिनी बस सेवाको विस्तार गरी भूपूहरुलाई सेवा उपलब्ध गराउँदै आएको छ । यसका अलावा अन्तर भूपू व्याडमिन्टन प्रतियोगिता, भलिवल प्रतियोगिताको आयोजना गरी स्वस्थ्य र आपसी सम्बन्धलाई बलियो बनाउने काम गरेको छ । सामाजिक उत्तरदायित्वलाई मनन गर्दै रक्तदान शिविर, निःशुल्क स्वास्थ्य शिविरहरु पनि सञ्चालन गर्दै आएको छ । यसैगरि डिजिटल सेवाको प्रवद्र्धन गर्दै अभिलेख व्यवस्थापनमा आधुनिकीकरणका लागि दुई वटा कम्प्याक्टर जडान गरी दस्तावेजहरुलाई सुरक्षित, व्यवस्थित र सुलभ पहुँचयोग्य बनाइएको छ । पेन्सन वितरण कार्यालय धरानले भूपू सैनिक र तिनका आश्रित परिवारको हकहितका लागि पहिलो प्राथमिकता दिएको छ । आगामी दिनमा पनि यसको निरन्तरता रहने प्रतिवद्धता उहाँले जाहेर गर्नुभएको थियो । सम्बोधन अगाडि मेजर कनौजियाले पेन्सन वितरण कार्यालयको परिसरमा रहेको बीर सैनिकहरुको स्मारकमा पुष्पाहार अर्पण गर्दै झण्डोत्तोलन गर्नुभएको थियो । सशस्त्र प्रहरी बल बराह बाहिनी को्शी प्रदेशका डिआइजी कुमार न्यौपानेको प्रमुख आथित्यमा आयोजित उक्त समारोहमा वीरगति प्राप्त गर्नुभएका शहीद परिवारका श्रीमति (वीर नारी) हरुलाई सम्मान गरिएको् थियो । त्यसरी सम्मानित हुनुहुने बीर नारीहरुमा 5/11 GR का नायक नरबहादुर राईकी श्रीमति रेखामाया राइनी, 3/9 GR का मानबहादुर क्षेत्रीकी श्रीमति रुपा क्षेत्री,4/5 GR का पर्भा बहादुर गुरुङ्गकी श्रीमति कालीमाया गुरुङ्ग, 7/8 GR का प्रकाश चन्द्र थापाकी श्रीमति जितमाया थापा र बलिमान गुरुङकी श्रीमति मनमाया गुरुङ्ग हुनुहुन्थ्यो । यसैगरी श्रावण १९ गतेदखि २१ गतेसम्म भएको अन्तर भूपू समिति व्याडमिन्टन प्रतियोयोगिताका विजेता, उपविजेता तथा वेष्ट प्लेयर खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा भूपू समितिहरुबीच भएको प्यानेल्टी सुट आउटका विजयी खेलाडी टिम इटहरीलाई पुरुरस्कृत गरिएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी, सशस्त्र प्रहरी ४ नं. गण सुनसरीका एसपी निर्मल कुमार थापा, ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी विनोद घिमिरे, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, नेपाल भारत मैत्री संघका अध्यक्ष सरोज श्रेष्ठ, इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगु, सशस्त्र प्रहरी धरानका डिएसपी सञ्जिव पौड्याल, नेपाल प्रदेश प्रहरी कार्यालय धरानका डिएसपी चिरञ्जीवि दाहाल, ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापा लगायत भारतीय पूर्व सैनिक, विभिन्न सामाजिक संघ संस्थामा आवद्ध व्यक्तित्वहरु, उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया